X wada

मुख्य समाचार

    Showing ९३१-९४० of २,९६८ items.
  • धनुषा क्षेत्र नं.२ ख बाट स्वतन्त्र उठेका उम्मेदवार यादवले पाए "लालटिन" चुनाव चिन्ह

    नरेशचन्द्र बरबरिया धनुषा , असोज २६ गते । धनुषा निर्वाचन क्षेत्र न.२ "ख"बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका काशिन्द्र यादवलाई लालटिन चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन आयोगले आज उम्मेदवारको नाम फिर्ता लिने , अन्तिम नामावली प्रकाशन गर्ने , निर्वाचन चिन्ह प्रदान गर्ने  कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन अधिकृतको कार्यालय धनुषाको बिदेह नगरपालिका तिनकौरियामा रहेको  क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवारहरुलाई  कार्यतालिका अनुसार निर्वाचन  बुधवार यादवलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको छ ।             

    • प्रकाशित मितिः असोज २६, २०७९
    • ३१० पटक पढिएको
  • सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

    सिरहा,असोज २० गते । बलात्कारको आरोप लागेका  नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित ​पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ  थिए ।उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको

    • प्रकाशित मितिः असोज २०, २०७९
    • १५४ पटक पढिएको
  • सन्दीप लामिछाने आज नेपाल आउँदै

    सिरहा,असोज २० गते । क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले बिहान १० बजे कतार एयरवेजको विमानबाट नेपाल आउने जानकारी दिएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनको भनाइ छ ।उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’उनले आ

    • प्रकाशित मितिः असोज २०, २०७९
    • १६८ पटक पढिएको
  • राजदेवी मन्दिरमा टिकटक बनाउन गएका धीरुभाईलाई रामधुलाई 

    जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा टिकटोक भिडियो बनाउन गएका एक युवकलाई रामधुलाई गरिएको छ ।राजा जनककी कुल देवी भनिएको राजदेवी मन्दिरमा आयोजक समितिले समेत टिकटोक बनाउन निषेध गरिएको बेला टिकटक बनाउन गएपछि धीरुभाई नामक युवकलाई रामधुलाई गरिएको हो । टिकटोकमा धीरुभाई नाम राखेर चलाउने धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर १ बघवन बस्ने ती युवकलाई टिकटोकमा निगरानी राख्ने युवकहरुले उनलाई कुटपिट गरेको हो । हिन्दुहरुको आस्थाको केन्द्र रहेको राजदेवी मन्दिरमा दर्शनार्थीहरुको भीडमा धीरुभाईले नियम निष्ठालाई मिचेर टिकटोक भिडियो बनाउन खोजेपछि सामुहिक रुपमा कुटपिट गरिएको हो । अश्लिल प्रकारको

    • प्रकाशित मितिः असोज १७, २०७९
    • २३२ पटक पढिएको
  • प्रसूतिगृह सञ्चालनमा नहुँदा गर्भवती महिला प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने बाध्यतामा

    रौतहट, असोज १७ गते । स्थानीयस्तरमै प्रसूति सेवा सहज तथा सुलभ बनाउन निर्माण गरिएको प्रसूतिगृह सञ्चालनमा नहुँदा रौतहटको गुजरा नगरपालिकाका गर्भवती महिला प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने बाध्यतामा छन् । सो नगरपालिकाको वडा नम्बर २ को कटानी बजारमा तीन वर्षअघि निर्माण सम्पन्न भइसकेको प्रसूतिगृह सञ्चालन भएको छैन । नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा तीनकोठे सो भवन ४१ लाख रुपियाँमा निर्माण गरिएको बताइएको छ । रङ्गपुर स्वास्थ्य चौकीको मातहतमा रहेको सो भवन सञ्चालनमा नआउनाको मुख्य कारण जिल्ला स्वास्थ्य कार्यालय रौतहटले प्रसूति सेवा सञ्चालनको अनुमति नदिएर ह

    • प्रकाशित मितिः असोज १७, २०७९
    • २९२ पटक पढिएको
  • सिरहाको माडरमा लोक नृत्य झिझियाको रौनक

    नरेशचन्द्र बरबरिया असाेज १६ गते । मधेशको प्रचलित  लोक नृत्यमध्ये झिझिया तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो झिझिया नाछ मधेशका बिभिन्न गाउँ वस्ती लगायत शहर बजारमा यतिबेला दशैको रौनक यतिबेला छाएको छ ।                                                                                          तान्त्रिक विधि अनुसार सन्तान र समाजको सुरक्षाक

    • प्रकाशित मितिः असोज १६, २०७९
    • ६३२ पटक पढिएको
  • अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान

    नरेशचन्द्र बरबरिया सिरहा असोज १६ गते । सिरहा नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  ३२ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको शुभ  अवसरमा सिरहाको पुस्तकालयमा आयोजित उक्त कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । सिरहा नगरपालिका सिरहा र शुनबर्षी बचत तथा ॠण सहकारी संस्था लि. को संयुक्त आयोजनामा सिरहा नगरपालिकाको  वडा.न १ देखी २२ वडाका  ५ जना जेष्ठ नागरिकलाई  दोसल्ला ओढाएर स-सम्मान गरेका हुन ।शिक्षा क्षेत्रमा उच्च योगदान रहेको भन्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका पुर्व सभापति सजाजसेवी लगायत विभिन्न क्षेत्रम

    • प्रकाशित मितिः असोज १६, २०७९
    • २३१ पटक पढिएको
  • गठबन्धनको नाममा हामी झोले भएर बस्दैनौँः युवा नेता बरबरिया

    जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले गठबन्धनको नाममा झोले भएर नबस्ने चेतावनी दिएका छन् । धनुषा जिल्लामा पाँच दलिय गठबन्धनको सिट बाँडफाँडमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आत्मसमर्पण गर्न खोजेको भन्दै आफू नेता कार्यकर्ताहरु झोले भएर नबस्ने बताएका छन् । आफ्नो अधिकारिक फेसबुक प्रोफाईलमा उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा सम्मानजनक सिट लिनुपर्ने भन्दै गठबन्धनको नाममा पार्टीले आत्मसमर्पण गर्न नमिल्ने उल्लेख गरेका छन् । पाँच दलित गठबन्धनमा धनुषाको ४ निर्वाचन क्षेत्रहरु मध्ये २, ३ र

    • प्रकाशित मितिः असोज १५, २०७९
    • २१८ पटक पढिएको
  • प्रदेश र स्थानीय तहमा आफूखुसी विदेश भ्रमण

    काठमाडौँ, असोज १५ गते । प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको छ । कानुनविपरीत सम्बन्धित कर्मचारी र पदाधिकारीको कार्यक्षेत्र नभएका कार्यक्रममा समेत प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेका हुन् ।  ठूलो सङ्ख्यामा प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी रूपमा विदेश भ्रमण गर्ने गरेको पाइए पनि यकिन तथ्याङ्क भने सङ्कलन नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी कविता फुयाँलले प्रदेश तथा स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी प्रदेश सरकारबाट

    • प्रकाशित मितिः असोज १५, २०७९
    • २०९ पटक पढिएको
  • नयाँ संसदको पहिलो बैठक सिंहदरबारको भवनमा बस्ने छैन

    काठमाडौं ,असोज १४ । ४ मंसिरको निर्वाचनबाट चुनिने प्रतिनिधिसभाको नयाँ बैठक सिंहदरबारस्थित नयाँ भवनमा बस्न नपाउने भएको छ ।संघीय संसद सचिवालयका अनुसार निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक गरेपछि बल्ल बैठकको तयारी सुरु हुन्छ ।२०७४ मा मंसिरमा चुनाव भएपनि फागुनमा मात्र बैठक बसेको थियो । ऐन कानुन आदिको तयारी गर्नुपर्ने भएकाले त्यसबेला ढिला भएको भन्दै संसद सचिवालयका एक अधिकारी भन्छन्, ‘अहिले चुनाव भएको एक डेढ महिनामा बैठक बस्न सक्छ ।’तर त्यो बेलासम्म सिंहदरबारमा संघीय संसदको नयाँ भवन तयार हुने छैन । संघीय संसदको भवन बनाउन १६ असोज २०७६ मा ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको थ

    • प्रकाशित मितिः असोज १४, २०७९
    • १६० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२