X wada

मुख्य समाचार

    Showing ८२१-८३० of २,९६८ items.
  • पुन: मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादव सर्वोच्चमा

    धनुषा,मंसिर २८ गते ।  धनुषा- ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन स् मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग,मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा,जिल्ला निर्वाचन कार्यालय धनुषा,प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।अनलाईन खवर बाट

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • २०० पटक पढिएको
  • आनुवांशिक श्रोत केन्द्रले घाँसका मुल विउ तथा मलखाद निःशुल्क वितरण गरे

    सिरहा,मंसिर २७ गते । उन्नत घाँसका विउहरुको मागलाई परिपूर्ति गर्ने उद्देश्यले सर्लाहीको रंजितपुरस्थित घाँसवाली आनुवांशिक श्रोत केन्द्रले यसपल्ट सयौं क्वीन्टल घाँसका मुल विउ तथा मलखाद निःशुल्क रुपमा कृषकहरुलाई वितरण गरेको छ । यस वर्ष वितरित मुल घाँस अन्तर्गत एक सय २० क्वीन्टल जैं, एक सय वीस क्वीन्टल टी ओ सेन्टी, ३ सय के.जी स्टाइलो, २ लाखनेपियर सेट (टुक्रा)। भेज, ज्वाइन्ट भेज, कुडजु लगायत रहेको कार्यालयले जनाइएको छ ।१, २, ३ र ४ प्रदेशका ४६ जिल्लाको कृषकहरुलाई वितरित उन्नत घाँसका विउ तथा मलखादले मुल विऊहरु उत्पादनमा बृद्धि भई विभिन्न जिल्लाका कृषकहरुलाई मागलाई परिपूर्ति गर्ने उद्देश्य रहेको घ

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • २८४ पटक पढिएको
  • अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

    बर्दिया,मंसिर २८ गते । बर्दियाको बढैयाताल गाउँपालिका २ बाट लागुऔषध सहित दुई जना पक्रउ परेको छ । पक्रउ पर्नेमा सोहि गाउपालिका १ डाँफेको १६ वर्षिय किशोर सहित २ जना लाई पक्रउ परेको छ ।  बढैयाताल गाउँपालिका(२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित २ जनालाई मंगलबार साँझ पक्रउ गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १२४ पटक पढिएको
  • प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक हुँदै

    काठमाडौँ, मंसिर २८ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा अपराह्न १ बजेपछि अन्तिम नतिजा घोषणा हुने आयोगले जनाएको छ। निर्वाचन आयोगले बिहीबार मङ्सिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने कार्यक्रम रहेको बताइएको छ। सोही दिन नै निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसअघि आयोगले अन्तिम नतिजा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १५४ पटक पढिएको
  • स्रोत नखुलेको नेपाली रुपियाँसहित एक भारतीय नागरिक

    ढल्केवर,मंसिर २८ गते । धनुषामा स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपियाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको विदेह नगरपालिका–९, इटहर्वास्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको टोलीले भारतको मधुबनी मगपट्टी–१ बिसोल बस्ने २३ वर्षीय उमेशकुमारलाई सो रकमसहित पक्राउ गरेको हो ।सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जाँचको क्रममा प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको टङ्कीभित्र लुकाई छिपाई राखेर नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको २४ लाख १७ हजार रुपियाँ बरामद भएको बताउनुभयो । बरामद रकम र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइएको जानकारी उहाँले दिन

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १७१ पटक पढिएको
  • सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापारीहरुले गरे घण्टौ तालाबन्दी

    सिरहा मंसिर ,२७ गते । सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापारीहरुले घण्टौ तालाबन्दी गरेको थियो । गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र व्यापारिहरु विच भएको विवादमा आक्रोशित व्यापारिक समूहहरुले तालाबन्दी गर्दा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कर्मचारीहरु लगायतका कार्यपालिका सदस्यहरु घण्टौ कार्यालय भित्र थुनिएका थिए ।  मंगलबार दिउँसो व्यापारिहरुले वजार व्यवस्थापन समिति गठन सम्बन्धि छलफलका लागि गाउँपालिका अध्यक्ष सत्य नारायण यादब र वडा नम्बर १ का अध्यक्ष भोगिन्द्र यादबलाई डाकेको थियो । तर सो बैठकमा नआएको देखेर व्यापारीहरुले फोन मार्फत सम्पर्क गरेर बोलाउदा वडा अध्यक्ष यादवले

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • १२५ पटक पढिएको
  • छोरीलाई सक्षम बनाउन सके दहजे र महिलाहिंसामा कमि आउने उप–मेयर साह

    सिरहा, मंसिर २७ । छोरीलाई सक्षम बनाउन सके दहजे र महिलाहिंसामा कमि आउने गोलबजार नगरपालिकाका उप–मेयर मानती साहले बताएकी छिन्। दलित महिला केन्द्र, नेपाल ९ऋम्ध्ल्० द्वारा ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा गोलबजारमा र्याली पछिको कोणसभामा मधेशमा दहेजको समस्या विकराल भन्दै गएको जनाउँदै न्यूनिकरणको लागि छोरीलाई शिक्षित बनाउन जरुरी रहेको बताएकी हुन्।समाजमा भएको आर्थिक तथा सामाजिक विकाससँगै दहेज प्रथापनि बढ्दै गएको उपमेयर साहले बताए। दहेज न्यूनिकरण गर्ने हो भने छोरीलाई शिक्षित, सक्षम तथा आर्थिक उन्नतिगर्न सक्ने बाटोमा लगाउनुपर्ने बताए। उनले भने, ‘जसले जे भनेपनि दहेजप्रथा न्यूनिकरणको लागि छोरि

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • १३७ पटक पढिएको
  • प्रहरीको गाडी दुर्घटना,इन्सपेक्टरसहित दुई जना घाइते

    पर्सा,मंसिर २७ गते । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् ।इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।वीरगञ्ज–ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जा

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • ११७ पटक पढिएको
  • बजारमा गुणस्तरहीन औषधि बिगबिगी, क्युरेक्स फार्मास्युटिकल्सको लाइसेन्स खारेज

    काठमाण्डौ,मंसिर २६ गते । नेपालमा गुणस्तरहीन औषधिको बिगबिगी रहेको खुलासा भएको छ । नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको गुणस्तरहीन भएको पाइएको हो ।औषधि व्यवस्था विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड ९भिटामिन सी आईपी ५०० ग्राम० को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो ।औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले विक्री वितरण प्रमाणपत्र नै रद्द गरेको जनाएको छ ।क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादित गर्दै आएको एस्कर्विक एसिड ९भिटामिन सी आईपी ५०० ग्राम० औषधिका विभिन्न ब्याजहरु राष्ट्रिय औषधि

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • २२३ पटक पढिएको
  • रानी नाकास्थित तस्कर र भन्सार कर्मचारीबीच झडप

    विराटनगर,मंसिर २६ गते । विराटनगरको रानी नाकास्थित तस्कर र भन्सार कर्मचारीबीच झडप भएको छ । इलाका प्रहरी सीमा कार्यालय अगाडि भारतको जोगबनीबाट भन्सार छलेर ल्याएको अवैध कपडा विराटनगर भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिदा झडप भएको हो।कर्मचारीहरूले एउटा भ्यानमा लोड गरिरहेको अवस्थामा शुक्रबार राति चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरी कार्यालय अगाडि राखेको अवस्थामा तस्करहरू आक्रमणमा उत्रिए ।स्थानीय महिला तथा बालबालिकासहित आएका तस्कर समूहले कर्मचारीहरूलाई लछारपछार गर्दै सवारी, कपडा र नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाएर लगेको भन्सार कार्यालयको सीसीटीभी फुटेजमा देखिएको छ । तर नेपाल प्रहरी र सशस्त

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १८१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२