X wada

मुख्य समाचार

    Showing ७४१-७५० of २,९६८ items.
  • विमानस्थलको उद्घाटनमा पोखरामा सार्वजनिक विदा

    काठमाण्डौ,पुस १६ गते । ५० वर्षअघि पोखरेलीले देखेको सपना आइतबार पूरा हुने भएको छ । ५ दशक लामो उतारचढावपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै छन् । यही खुसीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्यादली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ । उनीसँगै तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम थियो तर उनी उपचारका लागि बाहिर छन् ।शुभा

    • प्रकाशित मितिः पुस १६, २०७९
    • १३७ पटक पढिएको
  • अनलाइन बाल सुरक्षा कार्यविधि मन्त्रालयमै अलपत्र

    काठमाण्डौ,पुस १६ गते । राष्ट्रिय बालअधिकार परिषद्ले डिजिटल माध्यमबाट बालबालिकालाई सुरक्षित राख्न ‘अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८’ बनाए पनि कार्यान्वयनमा आएको छैन ।परिषद्ले अनलाइनका माध्यमबाट बालबालिकामाथि बढ्दो दुर्व्यवहारलाई न्यूनीकरण गर्न अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८ को मस्यौदा बनाएको थियो । तर, हालसम्म कार्यविधि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमै अलपत्र छ ।मन्त्रालयले कार्यविधि स्वीकृत नगर्दा यो कार्यान्वयनमा आउन सकेको छैन ।मस्यौदा बनाउने कार्यमा संलग्न बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले अनलाइनबाट बालबालिकालाई सुरक्षित राख्ने कार्यविधि अलपत्र पर्न

    • प्रकाशित मितिः पुस १६, २०७९
    • ३१५ पटक पढिएको
  • गृह मन्त्रालय:राहदानी वितरण सहज बनाउन विज्ञको टोली गठन गर्‍यो

    काठमाण्डौ,पुस १६ गते । गृहमन्त्रालयले राहदानी, नागरिकता  र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ पहल थालेको छ । उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो ।मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ ।सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए।मन्त्रालय

    • प्रकाशित मितिः पुस १६, २०७९
    • १६४ पटक पढिएको
  • विदेह नगरपालिकाका मेयर बेचनद्वारा अनलाइनखबरकर्मी महतोलाई ज्यान मार्ने धम्की

    धनुषा,पुस १६ गते । समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले जनकपुरधाममा कार्यरत अनलाइनखबरकर्मी सैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिएका छन् ।मेयर बेचनले शुक्रबार मधेश प्रदेश सांसदहरुको शपथ समारोहमा समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई प्रदेश सभा परिसरमै धम्की दिएका हुन् ।तीन र चार महिनाअघि नगरपालिका कार्यालयमै पत्रकार मौसम झालाई लात्तिले छातीमा हिर्काएर हाड भाँचेको भन्दै उनले महतोलगायत ५र६ जना पत्रकारको हालत त्यस्तै बनाइदिने धम्की दिए ।‘तपाईंले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभयो । तपाईंको नाम त फस्टमै छ । आउनु होला नगरपालिकातिर लात्तीले हिर्काएर छातीको हाड

    • प्रकाशित मितिः पुस १६, २०७९
    • १२८ पटक पढिएको
  • गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

    काठमाण्डौ,पुस १६ गते । गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् ।हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन स

    • प्रकाशित मितिः पुस १६, २०७९
    • १३२ पटक पढिएको
  • मधेश प्रदेश सभाका १०७ प्रदेश सांसद पद तथा गोपनीयताको शपथ लिए

    धनुषा, पुस १५ गते । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् ।मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर र माला कर्णले सपथ लिन पाएनन् ।क्लस्टर विवादको कारण सर्वोच्च अदालतले दुबैजनालाई तत्काल शपथ नगराउन आदेश दिएकोले नगराइएको प्रदेश सभा सचिव रञ्जित यादवले बताए ।दुबैजना समानुपातिक सांसद हुन् । १० वटा दल र ५ स्वतन्त्र सांसदको प्रतिनिधित्व प्रदेशसभामा छ ।

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १६८ पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीले पठाएका बधाइपत्र हस्तान्तरण

    काठमाडौं, पुस १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।शुक्रबार राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाइपत्र हस्तान्तरण गर्नुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।प्रेस संयोजक शर्माकाअनुसार भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो । गोरखापत्र अनलाईन बाट

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १३८ पटक पढिएको
  • गृहमन्त्री : सरुवा-बढुवाका लागि नेताको घर गए कारबाही गर्छु

    काठमाण्डौ, पुस १५ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए ।गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए । उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १३४ पटक पढिएको
  • मधेश प्रदेश सभाले पुस १८ गते पहिलो अधिवेशन गर्ने

    धनुषा, पुस १५ गते । मधेश प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार विज्ञप्तिमार्फत् सो अधिवेशनका लागि आह्वान गर्नुभएको हो ।नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकबाट प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरुप नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख मिश्रबाट प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयक

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १६५ पटक पढिएको
  • एमडिएमएस प्रणाली कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौँ, पुस १५ गते । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रियामै रहनदिन निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।नेपाल

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १४४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२