जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएका छन् । केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो । उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी शुक्रबार धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण गराएको हो । शिक्षकहरुको तलबभत्ताको लागि आन्दोलनरत शिक्षकहरुले धर्ना दिँदै शिक्षा शाखा प्रमुख विश्वनाथ याद
सिरहा,चैत्र २५ गते ।सहकारी क्षेत्रको सूचना तथ्यांकहरुलाई नियमित, विश्वसनीय बनाई एकीकृत व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले सिरहाको लहानमा तालिम संचालन गरेको छ । सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली तालिममा मधेश प्रदेशको सात जिल्लाका ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) आयोजनासँग सहकार्य गर्ने सहकारीहरुको सहभागिता रहेको छ । यो तालिमले सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गर्न र गरिवी निवारण कार्यलाई दक्ष र प्रभावकारी गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने तालिम सहकारी विभाग, सहकारी प्रशिक्षण त
अनुभक्त चौधरीसिरहा,चैत्र २५ गते ।सिरहाको मिर्चैया नगरपालिका वडा नं.७ छ घरियाबाट वेवारिसे अवस्थामा रहेको पचास बोरा सरकारी अनुदानको युरिया मल फेला परेको छ । विशेष सुराकीको आधारमा लुकीछिपी अनुदानको मल बाहिर लान लागेको सूचना पाएपछि छापा मार्दा उक्त अनुदानको युरिया मल फेला परेको हो । हालसम्म मल मेरो हो भन्ने कसैले दावी नगरेको जनाइएको छ । फेला परेको मल आज मिर्चैया नगरपालिकाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरी आवश्यक कानुनी प्रक्रिया पश्चात मल स्थानीय कृषकहरुलाई बाँड्ने मिर्चैया नगरपालिकाका कृषि तथा सहकारी प्रमुख धननज्य महतोले जानकारी दिनुभयो । रसायनिक अनुदानको युरिया मल हाहाकार
सिरहा,चैत २४ गते । जिल्ला सदरमुकाम सिरहामा रहेको चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्ससँग विभिन्न मितिमा पटक पटक लिएको सरसमानको भुक्तानी दिनमा आलटाल गर्दै आएको रहस्य खुलेको छ । माग पत्र जारी गर्दै चमाविका प्राचार्य मधुसुदन कर्णको हस्ताक्षरित माग पत्रको आधारमा विभिन्न मितिमा पटक–पटक भवन निर्माण सामग्री दिए वापतको रकम भुक्तानीमा विद्यालयले आलटाल गर्दै आएको नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्स सिरहाका प्रोप्राईटर रोशन कुमार यादवले रहस्य खुलाए ।छड, सिमेन्ट र डोरी लगायत विभिन्न निर्माण सामग्री दिए गराए वापत भ्याट सहित १७ लाख ४ हजार ५ सय ८१ पैसा ४
जनकपुरधाम, चैत २४ गते । नेपाल रेलवे सेवा आउँदो वैशाखदेखि जनकपुरधामको कुर्थाबाट नै सञ्चालनमा ल्याउने गरी बिहीबार कार्यतालिका सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० वैशाख १ गतेदेखि पहिलो पटक नेपाली भूमिबाट सिधै रेल सेवा सञ्चालन भएर जयनगरसम्म सञ्चालन हुन लागेको हो।अहिले जयनगरबाट गुड्दै आएको रेल जनकपुरधामको कुर्थासम्म आउजाउ गरिरहेको छ। जयनगरदेखि–जनकपुरधामको कुर्थासम्म दैनिक दुई पटक आउजाउ गर्दै आएको रेल सेवाको समय पनि परिवर्तन गरेर कुर्था र जयनगरबाट छुट्टाछुट्टै समयमा सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नयाँ तालिकाअनुसार रेल स
भरतपुर, चैत २२ गते । निर्वाचन कार्यालय चितवन क्षेत्र –२ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन उजुरीमा दावी नपुग्ने भन्दै खारेज गरेको छ । यो निर्णयसँगै चितवन क्षेत्र २ मा लामिछानेको उम्मेदवारी कायमै रहने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।रविविरुद्ध दायर तीनवटा उजुरीको टुङ्गो लगाउँदै कार्यालयले उम्मेदवारी कायम रहने निर्णय गरेको हो । “निवेदनमा मागदावि अनुसारको प्रमाण नपुगेपछि उम्मेदवारी कायमै रहने निर्णय भयो” आचार्यले भन्नुभयो ।यसअघि लामिछानेले पनि नागरिकता प्राप्तिका विषयलाई लिएर उम्मेदवारी खारेजीको कुनै कारण नभएको बताउनुभएको थियो
सिरहा,चैत्र २१ गते । मधेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक राज्यमन्त्रीले मंगलबार राजीनामा दिएका छन ।एमालेका भोतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुभन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जैद आलम र राज्यमन्त्री केशव राजले राजीनामा दिएको मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिएका छन । मुख्यमन्त्री यादवले सम्भवतः उपनिर्वाचन पछि पुनः मन्त्रीमण्डल गठन गर्ने जानकारी दिए । आज पश्चात रिक्त रहेका मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री यादवले मन्त्रीमण्डल गठन नहुनजेल आफै सम्हाल्ने
सप्तरी, चैत २१ गते । विधुत चोरी गरिरहेको आरोपमा मंगलबार जिल्लाको विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको छ । यो सँगै दुई महिनामा विधुत चोरी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १२५ पुगेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका –५ का २४ वर्षीय जयराम मण्डल, ५० वर्षीय देवनारायण मण्डल, ४० वर्षीय सन्तोष मण्डल छन् । यस्तै, राजगढ गाउँपालिका –४ का ६५ वर्षीय शिवप्रसाद साह, ५३ वर्षीय जगदेव यादव पनि पक्राउ परेको प्रहरीले जनाएको छ । विधुत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विधुतीय पोलबाट हुकिङ्गगरी विधुत प्रयोग
सप्तरी, चैत २१ गते । सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीले शर्मालाई ठगी गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।पक्राउ परेका शर्मा माथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता सिंहले बताउनुभयो । यता सरकारले गत शनिबार मात्र पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।
नरेशचन्द्र बरबरिया ,सिरहा चैत २० गते । सिरहाको माडर खैरटोका स्थित रहेकोबिओपीमा अब डिएसपीको दरबन्दी थप भएलगत्तै डिएसपीको रुपमा पवन पवन खडकाले कमाण्ड सम्हालेका छन् । नेपाल–भारत सीमासँगै रहेको माडर लगायत तीन सशस्त्र बिओपीलाई कमाण्डका लागि डिएसपी खडकालाई जिम्मेवारी दिएको हो । सीमासँगै रहेको बिओपी माडर(खैरटोका), बिओपी बरियारपट्टि, ईटाटार, लगडी गडियानी समेतको कमाण्ड लिएका हुन् । अबदेखि बिओपी माडरकै अधिनमा बाँकीका दुई बिओपी चल्ने भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी माडर) मा अन्तर्राष्ट्रिय प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार माडरमा डिएसपी धा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.