X wada

मुख्य समाचार

    Showing ५७१-५८० of २,९६८ items.
  • शिक्षकको अनिश्चितकालीन धर्ना

    धनुषा, बैशाख २६ गते । शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक(कर्मचारी आन्दोलित भएका छन् ।धनुषाको बटेश्वर गाउँपालिका(४ स्थित  शिवशक्ति माध्यमिक नमूना विद्यालयका शिक्षक(कर्मचारी आर्थिक वर्ष २०७८र०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक(कर्मचारीहरू धर्नामा बसेका छन् ।वैशाख २४ गतेदेखि पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै  अनिश्चितकालीन धर्ना बसेको हो।   शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ । पहिलो चरणमा वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । पटक(पटक तलबभत्ता मागलाई बेवास्ता गर्दा विद्यालय

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • १७५ पटक पढिएको
  • गर्मीका कारण जनजीवन प्रभावित

    सिरहा, वैशाख २५ गते । तराई मधेशका सिरहा लगायतका जिल्लामा तापमान ४५ डिग्री सेल्सियस भन्दा बढी भएकोले यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा तराई मधेशमा जनजीवन प्रभावित बनेको हो । देशका तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन स्वास्थ्य कार्यालय सिरहाले अनुरोध गरेको छ ।गर्मीका कारण तराई, मधेशका स्थानिय बजारहरुमा ब्यापारको कमि संगै स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् । मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । सिरहा

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • २३२ पटक पढिएको
  • उखु किसानलाई उद्योगीले गरेनन् भुक्तानी

    सर्लाही, वैशाख २४ गते । उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् । सुरुमा केहीलाई भुक्तानी दिएर यी दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरूसँग सम्पर्कमै नरहेको गोडैता नगरपालिका–९ का किसान सीताराम यादवले गुनासो गर्नुभयो । “सुरुमा केही किसानलाई भुक्तानी दिइयो, त्यसपछि बाँकी किसानको पैसा दिन मिलले व

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • २१८ पटक पढिएको
  • सर्लाही सीडीओ कार्यालयमा आगलागी, सेवा अवरुद्ध

    सर्लाही, वैशाख १९ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको छ । मङ्गलबार बिहान विधुत सर्ट भई कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कार्यालयमा मङ्गलबार बिहान पौने ६ बजेतिर आगलागी भएको हो । आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी याद

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • २०४ पटक पढिएको
  • धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत माथि हातपात

    सिरहा,बैशाख १५ गते ।  धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि केही व्यक्तिले गालीगलौज गर्दै हातपात गरेका छन् ।उनीहरुले प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाएर खानी किन बन्द गरिस तथनाम भन्दै पानीको बोतल प्रहार गरेको कर्मचारीहरुले जानकारी दिएको छ । हातपात गर्न थालेपछि तत्कालै नगर प्रहरी प्रवेश गरी शर्माको समुहलाई बाहिर निकालेको थियो । कुटपिटको विरुद्ध नगरपालिकाका कर्मचारीहरु शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गरेको छ ।नगरपालिकाले वडा–१० स्थित अवैध रुपमा उत्खन्न भइरहेको ग्राभेल खानी बन्द गराएको थियो । त्यही विषयमा निहुँ खोज्दै कमल

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • ३८३ पटक पढिएको
  • १० वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने व्यवस्था गरिने

    काठमाण्डौ,बैशाख १२ गते । हाल पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था संशोधन गरि १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ ।नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको हो।पाँच वर्षमा छिटो हुने र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनाउनु भयो । ।पाँच वर्षमा नवीकरण

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • १९१ पटक पढिएको
  • उपनिर्वाचन बारा : चुनाव जित्नेमा ढुक्क यादव

    बारा,बैशाख १२ गते ।  जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवले कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा पुगेका छन् ।(जसपा) का अध्यक्ष यादवले चुनाव जित्नकै लागि आफूले उपनिर्वाचन लडेको पनि बताए । अहिले गणना भइरहेको छ । खुशी हुदै भने  बाराका जनताले मलाई आशिर्वाद दिएका छ ।चुनाव जित्नेमा आफू विश्वस्त  रहेको बारा २ का उम्मेदवार तथा (जसपा) का अध्यक्ष यादवले बताएका छन् ।  उनले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिदै अध्यक्ष यादवले आफू चुनाव जित्नेमा ढुक्क रहेको पनि बताए । ।मतगणनाको प्राप्त मतपरिणाममा यादव जनमत पार

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • ३०९ पटक पढिएको
  • कांग्रेस सांसदहरुले बजेटमा सांसद विकास कोष कार्यक्रम राख्न गरे माग

    काठमाण्डौ,बैशाख १२ गते ।आगामी बजेटमा सांसद विकास कोष कार्यक्रम राख्न नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसले आगामी बजेटबारे सल्लाह सुझाव लिन मंगलबार संसदीय दलको बैठक राखेको थियो ।सो क्रममा बजेटमा सुझाव पेश गर्दै सांसदहरुले सांसदले निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्रीसमक्ष माग गरेका बैठकमा सहभागी एक नेताले भने ।नाम उल्लेख नगर्ने शर्तमा ती सांसदले भने, ‘सबैजसोको जोड सांसद विकास कोषमा थियो ।’ अर्थमन्त्री डा. प्रकाशशरण महले भने बजेटमा स्रोत जुटाउन कठिन रहेको भन्दै भएका स्रोतबाट राम्रो काम गर्ने बताएका थिए ।२०७४ सालमा केपी शर्मा ओली नेतृत्वक

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • १७४ पटक पढिएको
  • धनुषाको यदुकूहा अस्पतालमा नर्सको लापरवाहीले एक सुत्केरीको मृत्यू

     धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक सुत्केरी महिलाको ज्यान गएको छ ।सो स्वास्थ्यकेन्द्रमा कार्यरत नर्स किरण मण्डलको लापरवाहीले सुत्केरीको मृत्यू भएको परिवारजनले आरोप लगाएका छन् । गत बैशाख ६ गते प्रसुति गराउन गएकी शहिदनगर नगरपालिका वडा नं. ४ महुलिया बस्ने सितेश मुखियाकी २८ बर्षिय श्रीमति पूजा मुखियालाई प्रसुति हुँदा अत्यधिक रक्तश्राव सुरु भएको थियो ।रक्तश्राव भएपनि नर्स किरण मण्डलले उनलाई घर पठाएपछि तीनदिनपछि शुक्रबार विहान उनको ज्यान गएको हो । नर्स मण्डलले समान्य रक्तश्राव मात्र रहेको भन्दै उनलाई घर पठाएको आरोप परिवारजनले लगाएका छन् ।पूजा

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • १७४ पटक पढिएको
  • कानुन बन्यो, कार्यान्वयन भएन

    जनकपुरधाम, वैशाख ४ गते । दलित समुदायलाई सशक्त बनाउन मधेश प्रदेश सरकारले बनाएको कानुन प्रभावकारी हुन सकेको छैन। कानुन बनेको तीन वर्षभन्दा बढी भइसक्दा पनि यसको कार्यान्वयन प्रभावकारी नभएको भन्दै दलित अगुवाहरूले चिन्ता व्यक्त गर्नुभएको छ। मधेश प्रदेश सरकारले २०७६ मङ्सिर २४ गते प्रमाणीकरण गरी दलित सशक्तीकरण ऐन २०७६ लागू गरेको दलित अगुवा विनोद विश्वकर्माले बताउनुभयो। यस ऐनअनुसार कामकारबाही नहुँदा उहाँले चिन्ता व्यक्त गर्नुभयो। दलित समुदायको सामाजिक, सांस्कृतिक, राजनीतिक, नागरिक, आर्थिक, शैक्षिक विकास प्रक्रियामा सहभागिता सुनिश्चित गर्न र जातीय भेदभाव र छुवाछूत पूर्ण रूपमा अन्त्य गर्न गराउन प्र

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • १५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२