सप्तरी जेठ २० गते । चालु आर्थिक वर्षको एघारौं महिना बितिरहँदा सप्तरीमा सवारी जरिवाना वापतको राजस्वमा वृद्धि भएको छ । जिल्लामा सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीहरुले सडकमा चल्ने दुई पांग्रे सवारीदेखि अधिकांश सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने गरेका छन् । सवारी चलाउनेहरु सवारीचालक अनुमतिपत्र, ब्लुबुक नदेखाउँदा न्युनतम पाँच सयदेखि पाँच हजारसम्म जरिवाना तिराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो । सप्तरीमा चालु आर्थिक वर्षमा भएको पाँच सय ५२ सवारी दुर्घटनामा ५८ जनाको मृत्यु भएका छ । त्यस्तै उक्त सडक दुर्घटनाबाट एक हजार २१ जना घाइते भएका छन् । गत
सिरहा,जेठ १६ गते । १६ औं गणतन्त्र दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेलले पार्टी सही नेतृत्व एवम् ठूलो संघर्ष एवम् बलिदानी पश्चात् प्राप्त समाजवाद उन्मुख गणतन्त्रलाई रक्षा गर्न सबैले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने वताउनुभएको छ । आज सिरहाको धनगढीमाई नगरपालिकामा बुद्धिजीवी संगठनदारा गणतन्त्र दिवसको अवसरमा आयोजित समाजवाद, संगठन सुदृढीकरण प्रशिक्षण र वैचारिक अन्तरक्रियात्मक कार्यक्रम नेता पोखरेलले ठूला बलिदानी एवम् संघर्ष पश्चात् प्राप्त भएका गणतन्त्रलाई कतिपयले सखाप पार्न खोजिएकाले त्यसको विरुद्ध सबै एक भएर गणतन्त्रलाई रक्षा गर्नतर्फ लाग्
सिरहा,जेठ १२ गते । सिरहा नगरपालिका वडा नं.२०को स्वास्थय चौकी लगडी गदियानीमा कर्मचारी नबस्दा सेबाग्रही मारमा परेका छन् ।वडा कार्यालय संगै जोडिएको स्वास्थ्य चौकीमा कास सहित ४ जना स्वास्थ्यकर्मी कर्मचारीहरु छन् तर उनीहरुको कार्यालय खोल्ने र बन्द गर्ने कुनै समय नै नरहेको स्थानियहरुको भनाई रहेको छ ।वडा कार्यालयमा नियमित कर्मचारी बस्छ तर स्वास्थ्य चौकीमा डाक्टर नबस्दा स्थानियहरु मारमा परेका छन् ।सिरहा जिल्लाको दक्षीणी भेगमा रहेको उक्त वडाको स्वास्थ्य चौकीमा प्राय कुनै कर्मचारी नबस्दा स्थानियलाई समस्या हुने गरेको स्थानियवासीको भनाई रहेको छ ।उनी टाउको दुख्ने रुघाखोकीको समस्याले २ बजे स्वास्थय चौकी पुग
सिरहा,जेठ १० गते । नेपालकै सस्तो सिजि नेटले लहानमा आफ्नो सेवा विस्तार गरेको छ । नयाँ संगै सिजिनेटले सेवा बिस्तारलाईनै लक्षित गरेर लहान बासीका लागि नयाँ अफरह? लिएर जेठ ७ गतेबाट सिजि नेटले आफ्नो भरपर्दो गुणस्तरीय इन्टरनेट सेवाहरूलाई आधिकारिक ?पमा लहानमा ल्याएको हो ।इन्टरनेट र आइपि टिभीका साथ जनताको आवश्यकताह?लाई मध्यनजर गर्दै सिजि नेटले आफ्नो प्रयोगकर्ताह?लाई ३ लाख सम्मको इन्स्योरेन्स कभरेज, सिजीटिभी,घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर धरान र इटहरीमा पनि रहेको जनाएको छ ।नेपालको सबै भन्दा सस्तो र उच्च गतिको इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित सिजि नेटजोडेर प्रयोग
महेशकुमार दास जलेश्वर, जेठ ९ गते । जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ । यसका साथै जेठ १० गतेदेखि चिराकी शुल्क बापतको रसिद काट्ने काम सुरु हुने संसारी माई महापुजा मूल समारोह समितिका अध्यक्ष अशोक साहले बताउनुभएको हो । संसारी माई महापूजामा बली प्रदानका लागि बोकाको चिराकी शुल्क प्रतिथान तीन सय ५० रुपियाँ, परेवा, हाँस र मुर्गाको चिराकी प्रतिथान एक सय रुपियाँ शुल्क तोकिएको अध्यक्ष साहले बताउनुभयो । संसारी माई महापुजा मूल समारोह समिति अध्यक्ष साहका अनुसार यही जेठ १० बुधबारदेखि चिराक बापतको रसिद काट्न
सप्तरी, जेठ ६ गते । सप्तरीको महादेवा गाउँपालिका वडा नं। १ सोनरामा सार्वजनिक बाटो बन्द भएको कारण आवतजावत समस्या भएको छ । वडाध्यक्ष जयश्वर किशोर दासले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले आक्रोश जनाएको हो ।सार्वजनिक बाटो बन्द गर्दा पनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले अरूको समस्या जानेरसमेत बाटो न खोलेको भन्दै त्यहाँका बासिन्दाले गुनासो पोखेका छन्। गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, उपाध्यक्ष अर्चनाकुमारी यादव, वडाध्यक्ष जयश्वर किशोर दास आफैंले बाटो खोल्नु पर्नेमा अरु पक्षसँग वार्ता गरी निकास निकालेका छैन । सार्वजनिक बाटो बन्द गर्न गाउँपालिकाकै एक व्यक्तिले ग
सिरहा,जेठ २ गते । लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले कर्मचारी र शिक्षकहरुलाई अभद्र व्यवहार गर्न थालेपछि कर्मचारीहरु आन्दोलित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले तोकेको कार्यक्षेत्र भन्दा बाहिर गएर कार्यालयको समयमा प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमको कार्यकक्षमा नै गएर उपमेयर महतोले रकम लेनदेनको आरोप लगाउँदै अभद्र व्यवहार समेत गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । आज कर्मचारी र शिक्षकहरुले उपमेयर रामचलितर महतोलाई ज्ञापन पत्र बुझाउँदै आरोप प्रमाणित गर्न वा प्रमाणित गर्न नसके सम्पूर्ण आरोप लगाएका शब्दहरु अबिलम्ब फिर्ता लिन अनुरोध गरेको छ । आइन्दा नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प
काठमाण्डौ,जेष्ठ २ गते । सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।भेटमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।’संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्र
काठमाण्डौ,जेष्ठ १ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ ।आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान
अनुभक्त चौधरी,सिरहा,जेष्ठ १ गते । ट्राफिक नियमको पालना गरौं, सभ्य नागरिक बनौं नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले ट्राफिक सप्ताह २०८० शुरु गरेको छ । सवारी दुर्घटनालाई न्युनीकरण गर्न आज सोमवार देखि सपताहव्यापी ट्राफिक सचेतना अभियान सुरु गरेका छन् ।यात्रु,चालक र सडक प्रयोग कर्ता अनुसासित भए दुर्घटनामा कमी हुने लगायत बढ्दो सवारी दुर्घटनाबाट जिउधनको क्षती न्युनीकरण गर्न सप्ताह व्यापी अभिआनले सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक टेकुनन्द ईवाले जनाउनु भयो ।ट्राफिक सचेतना कार्यक्रममा सडक प्रयोग कतालाई बाटो कट्न सिकाउने,सिट क्षमता 
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.