X wada

मुख्य समाचार

    Showing २,९११-२,९२० of २,९६८ items.
  • महिला हिंसा गर्ने होसियार मौन बस्‍ने सरकार खबरदार

    काठमाडौं,कार्तिक १ गते । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ ।पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन्। महिला हिंसा गर्ने होसियार १ मौन बस्‍ने सरकार खबरदार’, कबतक हिंसा सही सरकार, अबतौ न्‍याय दैब हमार’, हमारे मानव अधिकार कहाँ हे सरकार रु’ लगायतका नारा बोकेर पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् ।न्यायका लागि रुबी खान लगायतको टोली आमरण अनसन बसेको ११ दिन भइ

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • १२४ पटक पढिएको
  • काटेर सुकाइएको धान वर्षाले क्षति, किसान चिन्तित

    सुदूरपश्चिम,कार्तिक १ गते – गएरातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् ।चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पुर्याएको कैलालीको गोदावरी नगरपालिकाका किसान भक्तराज ओझाले बताए । उनले भने, ‘‘गए राति परेको पानीले खेतमा काटेको धान सबै भिजेर क्षति पुग्दा चिन्ता थपियो ।” सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धान बाली भित्र्याउनमा केही दिन देखि किसान व

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ११४ पटक पढिएको
  • प्रदेश– २ मा मंगलबार सार्वजनिक विदा

    जनकपुरधाम,कार्तिक १ गते–प्रदेश–२ मा मंगलबार सार्वजनिक विदा हुने भएको छ ।मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको छ ।प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ ।प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो 

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • २४० पटक पढिएको
  • सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४.७ रेक्टरको भूकम्प

    काठमाडौँ,कार्तिक १ गते । सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्प गएको छ । सोमबार सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।अपरान्ह १ः४६ मा गएको भूकम्पको धक्का दोलखा, रामेछाप काठमाडौँमा समेत महसुस गरिएको छ ।आइतबार बिहान ४ बजेर ९ मिनेटमा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४।३ रेक्टरको भूकम्प गएको थियो 

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ९१ पटक पढिएको
  • नेपाल लाइफ इन्स्योरेन्स लहान शाखाले गर्याे ४३ लाख २१ हजार ८ सय २० मृत्यु दाबी भुक्तानी

    रामनारायण ठाकुरसिरहा,कार्तिक १ गते । जीवन बिमा के का लागि ? जवाफ प्रष्ट छ, रहँदा आफ्ना लागि, नरहँदा परिवारका लागि ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ ।लहान नगरपालिका वडा नं.६ निवासी बिमित स्व.जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रमुख पूर्ण कुमार कर्र्णले मृतकको श्रीमती छाया कुमारी चौधरीलाई चेक हस्तान्तरण प्रदान गरे ।सो बिमा वापतको रकम परिवारले बुझे

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • २३५ पटक पढिएको
  • ३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं,असोज ३१ गते । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।काठ

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १२२ पटक पढिएको
  • एक पुरुषको शव फेला

    जनकपुर,असोज ३१ गते । धनुषामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।आइतबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । सो शव झाडीमा फेला परेको र अहिले कुकुरसहितको टोलीले अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १३६ पटक पढिएको
  • सामुदायिक विद्यालयमा १७ हजार शिक्षकको दरबन्दी खाली

    काठमाडौं,असोज ३१ गते ।  देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ ।केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षकको दरबन्दी रिक्त छ । त्यसो त दुई वर्षअघि दरबन्दी मिलान सुझाव कार्यदलले सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको र सबैभन्दा बढी अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसयता दरबन्दीकै शिक्षकको पदपूर्ति हुन सकेको छैन ।आयोगका प्रशासकीय प

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १४० पटक पढिएको
  • तीन बालिका नौ जनाद्वारा सामूहिक बलात्कृत

    सिन्धुलीमाढी, असोज ३१ गते । सिन्धुलीको कमालामाई नगरपालिका–५ बोझे निवासी तीन जना बालिकालाई नौ जना केटाले सामूहिक बलात्कार गरेका छन् ।शनिबार राति ती केटाले ती बालिकालाई बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कार गर्ने केटा मध्ये तीन जनालाई पक्राउ गरिएको छ । बाँकी छ जना फरार छन् ।बलात्कृत हुने बालिकाहरु १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कार भएका बालिकाका अभिभावकले किटानी जाहेरी दिई ती केटालाई कारबाहीको माग गर्दै दिएको उजुरीका आधारमा २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय बिवेक

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १६९ पटक पढिएको
  • हत्या आशंकित शाहीको होटलमै लढेर मृत्यु–प्रहरी

    जुम्ला, असोज ३१ गते । जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालक मध्यका एक दैलेख निवासी शेरबहादुर शाहीको लढेर ज्यान गएको प्रहरीले जनाएको छ ।यही २०७८ असोज २७ गते राति बसपार्क लाईनस्थित होटल भ्यालीभ्यू अगाडि राति भित्र च्यानल गेट चढेर जान खोज्दा लढेर मृत्यु भएको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार सिसिटिभी प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथि जान खोज्दा लढेर टाउको लागेको देखाएपछि दुर्घटनाबाट मृत्यु भएको बताउनुभयो ।दैलेख ठाटीकाध गाउँपालिका ३ भेरीपातल वर्ष ४५ का शाही होटल संञ्चालक र पारिश्रमिक समे

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १३१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२