X wada

मुख्य समाचार

    Showing २,९०१-२,९१० of २,९६८ items.
  • ब्रेक फेल हुँदा बस दुर्घटना, १ को मृत्यु, ६० घाइते

    नुवाकोट,कार्तिक २ गते– नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनाको भूमेस्थानमा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ। ब्रेक फेल भई बस दुर्घटना हुँदा ६० जना यात्रु घाइते भएका छन्। तीमध्ये १५ जना गम्भीर घाइते छन्। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बसको ब्रेक फेलका कारण दुर्घटना भएको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर वलीले बताए। उनका अुनसार बस ओरालो र साँघुरो सडकमा देबेतिरको कुनातर्फ दुर्घटना भएको छ। दसैंपछि काठमाडौंलगायतका अन्य कर्मथलो फर्किंदै गरेका यात्रुहरू दुर्घटनामा परेको किस्पाङ गापाका अध्यक्ष

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ९० पटक पढिएको
  • सेती नदीमा ६० जना फसे, बाढीले झोलुङ्गे पुल बगाउँदा उद्धारमा कठिनाइ

    धनगढी,कात्तिक २ गते। अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका(५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको छ,’ वडाध्यक्ष धामीले अनलाइनखबरसँग भने, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ ।’सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहे

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १२४ पटक पढिएको
  • करणी गरेको अभियोगमा पक्राउ

    पाल्पा,कार्तिक २ गते । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका(११ बस्ने २० वर्षीय प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते  किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर  प्रहरीमा आएका थिए । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १४६ पटक पढिएको
  • ब्राउनसुगर सहित पक्राउ

    झापा,कार्तिक २ गते । अवैध लागूऔषध ब्राउनसुगर र डिजिटल तराजु सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–९ स्थित रिद्धीसिद्धि प्लाई फ्याक्ट्री छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बिर्तामोड नगरपालिका ९ बस्ने ३४ वर्षीय जगदिश ओलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई चेक जाँच गर्ने क्रममा  ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो  फाउ परेका ओलीलाई  ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १६७ पटक पढिएको
  • पानीले रुनु न हाँस्नु बनाए

    सिरहा,कार्तिक २ गते । राति देखी परेको अबिरल बर्षाले किसानले घर भित्रयाउने वेलामा धान वाली नष्ट भएपछि किसान चिन्तित भएको छ ।खेतमा पाकेर थन्क्याउने बेलामा धान बालीमा क्षति पुगे पछि यहाँका किसानहरु चिन्तित भएका छन ।अविर वर्षाले धानलाई झार्नुका साथै बोट समेत ढलेका छ । भित्रियाउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको किसान शिब शंकर यादबले बताउनुभयो ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?”उहाँले भन्नु भयो, रातिदेखि भएको अविरल वर्षाका कार

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १८७ पटक पढिएको
  • कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो, तटीय क्षेत्रमा जोखिम

    डोटी,कार्तिक २ गते । सेती नदीमा बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ ।बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् ।डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८।४ क्युसेक पुगे

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १३२ पटक पढिएको
  • कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो, तटीय क्षेत्रमा जोखिम

    टीकापुर (कैलाली) कार्तिक २ गते । बेमौसमी वर्षाका कारण कर्णाली नदीमा मंगलबार बिहान ९ः०० बजे खतराको तह नाघेको छ । कर्णाली चिसापानीका गेज रिडर पार्वती गुरुङका अनुसार मंगलबार विहान ९ बजे नदीको बाढी ११ मिटर २० सेन्टिमिटर पुगेको छ । कर्णाली नदीको सतह ११ मिटर पार गर्नुलाई खतराको तह मानिन्छ । यस वर्ष वर्षामा पनि कर्णालीको सतह ९ मिटर ८० सेन्टिमिटर मात्रै पुगेको थियो ।कर्णालीमा बाढी बढ्दा दक्षिणका तटीय क्षेत्रहरु टीकापुर नगरपालिका र जानकी गाउँपालिका भूभागमा जोखिम बढने गरेको छ । टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरका बडघर चन्द्र रोकामगरले कर्णाली नदीले शाहीपुरमा निर्माणाधीन तटबन्धमा कटान शुरु गरेको जानकारी

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १०० पटक पढिएको
  • एक युवक पेस्तोलसहित पक्राउ

    सर्लाहि कार्तिक १ गते – सामाजिक संजाल फेशबुकमा कमेन्ट गरेको विषयलाई लिएर गाँउकै एक स्थानिय माथि पेस्तोल निकालेर आक्रमन गर्न खोजेको एक युवक सर्लाहिको बलराबाट पक्राउ परेको छ । प्रहरीले शनिवार बिहान भारतीय सिमासँग जोडिएको बलरा नगरपालिका वाडा नं.३ बस्ने ३२ बर्षीय नवनित झा लाई एक थान पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्यागजिन सहित पक्राउ गरेको हो ।नवनितले घरमा राखीएको पेस्तोल निकालेर स्थानिय विनय झा माथि आक्रमन गर्न खोज्दा उनलाई स्थानिहरुले प्रहरीमा बुझाएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।सिमा प्रहरी चौकी बलराले झालाई पेस्तोल र म्यागजिनसहित नियन्त्रणमा लिइ थप अनु्सन्धानका लागि जिल्ला प्रहारी

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ९७ पटक पढिएको
  • कलाकार चौधरीलाई बचाउन अर्थिक सहयोगको अपिल

    लहान,कार्तिक १ गते  । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट एकजना कलाकार अहिले जीवन मृत्यु संग संघर्ष गरिरहेका छन्  । सप्तरीको डाक्नेश्वरी नगरपालिका  (९ लक्षणपट्टी  बस्ने अन्दाजी बर्ष ३२ को नवीन चैधरी कलिलो उमेरमै हाल जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ बर्ष देखी उनी बिरामी भएका छन् ।धरान , बिराटनगरको विभिन्न अस्पताल हुँदै चौधरीलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ । कहिले डेङ्गु , कहिले क्यान्सर, किड्नीको  समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्था रह

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ९०३ पटक पढिएको
  • उजुरी नै पर्दैनन् लिमीको प्रहरी चौकीमा

    हुम्ला, कात्तिक १ गते । सहरी क्षेत्रमा प्रहरीलाई अपराध नियन्त्रण गर्न हम्मेहम्मे परिरहेका बेला हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–६ मा भने कुनै पनि उजुरी परेको छैन । हिमालपारिको गाउँसमेत भनेर चिनिने लिमीको प्रहरी चौकीमा अहिलेसम्म कुनै उजुरी परेको अभिलेख छैन ।तामाङ समुदायको बसोबास रहेको यो क्षेत्रमा झैझगडा, अपराध र चोरीका घटना हुँदैन । लिमी हल्जी गाउँकी टसिडोमा तामाङले हालसम्म उजुरी लिएर चौकी सुनखानीमा जानु नपरेको बताउनुभयो । उहाँले गाउँमा उच्छृङ्खल कार्य नहुने भएपछि स्थानीयवासीले उजुरी दिनु परेको छैन । वर्षौं पुरानो प्रहरी चौकी गाउँले अर्को गाउँमा जाँदा मात्र हेर्ने गर्छन् ।वडाध्यक्ष पाल

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ५७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२