X wada

मुख्य समाचार

    Showing २,८९१-२,९०० of २,९६८ items.
  • पूर्वमा विद्युत् सेवा अवरुद्ध

    इटहरी,कार्तिक ३ गते–नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रिडमा बाढी पसेपछि प्रदेश १ का धेरैजसो जिल्लाको विद्युत सेवा प्रभावित भएको छ। पानी निरन्तर परिरहेकाले तत्काल विद्युत प्रशारण नियमित नहुने ग्रीडले जानकारी दिएको छ ।सवस्टेशनको कन्ट्रोल बोर्डमा नै पानी छिरेपछि मंगलबार साँझबाट विद्युत् अवरुद्ध भएको थियो । पानी नघटेसम्म विद्युत आपूर्ति हुन नसक्ने जानकारी ग्रीडले दिएको छ । ग्रीडबाट सुनसरी, मोरङ, झापादेखि भोजपुरसम्म विद्युत वितरण हुँदै आएको छ । २०७४ सालमा पनि बाढीका कारण ग्रिड बन्द हुँदा ४ दिन पछि सञ्चालनमा आएको थियो

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १५२ पटक पढिएको
  • कोसीमा पानीको बहाव उच्च, ब्यारेजका ४२ वटा ढोका खोलिए

    विराटनग,कार्तिक ३ गते— केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसेमा पानीको बहाव उच्च भएको हो ।बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ ।नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ 

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ४९८ पटक पढिएको
  • हात्तीको आक्रमणबाट श्रीमान्–श्रीमतीको मृत्यु

    महेन्द्रनगर,कात्तिक ३ गते–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बुधबार बिहान मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौरदशवटा सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १२० पटक पढिएको
  • पाँचथरमा पहिरोमा परी ५ जनाको ज्यान गयो, २ बेपत्ता

    पाँचथर,कार्तिक ३ गते — अविरल वर्षासँगै गएको पहिरामा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् ।सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा(छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार मिक्लजुङ,फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।पहिरोले मेची राजमार्गको इ

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ९६ पटक पढिएको
  • विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित

    विराटनगर,कार्तिक ३ गते । निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी बुधबार बिहान विराटनगर विमानस्थलमा पसेको छ ।  विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । उनका अनुसार क्वाटरमा पनि बाढी पस्ने जोखिम छ ।बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १५४ पटक पढिएको
  • अमेरिकामा धनुषाका महासेठको गोली हानेर हत्या

    काठमाडौं,कार्तिक २ गते– अमेरिकामा एक नेपालीको गोली हानेर हत्या भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका घर भएका अन्दाजी ५४ वर्षीय लालकिशोर महासेठको हत्या भएको हो।अमेरिकाको फल रिभरको म्याचुस्टरमा जेनरल स्टोर सञ्चालन गर्दै आइरेहका महासेठको गएराति उनको पसलमै हत्या भएको मधेशी एसोसिएन अफ अमेरिकाका अध्यक्ष सत्येन्द्र साहले जानकारी दिए।अमेरिकी समयअनुसार गए राति ९ बजे पसलमै रहेका बेला अज्ञात व्यक्तिहरूको एक समूहले गोली हानेर उनको हत्या गरेको साहले बताए।महासेठको हत्या कसले र किन गरेको यसबारे खुल्न सकेको छैन। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।महासेठ गएको १५ वर्षदेखि परिवारसहित अमेरिक

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • २०९ पटक पढिएको
  • खराब मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौं,कार्तिक २ गते–खराब मौसमका कारण नियमित हवाई सेवा प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार चन्द्रगढी, विराटनगर र जनकपुर एयरपोर्टमा हवाइ उडान प्रभावित भएको हो । चन्द्रगढीमा भर्खरैबाट हवाइ सेवा सञ्चालनमा आएको छ। विराटनगर र जनकपुरमा नियमित उडान प्रभावित बनेको छ ।अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नआएको विमानस्थलले जनाएको छ

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १९६ पटक पढिएको
  • प्रतिनिधिसभा बैठक कार्तिक ११ गते बस्ने

    काठमाडौं,कार्तिक २ गते–प्रतिनिधिसभा बैठक कार्तिक ११ गते बस्ने भएको छ। संघीय संसदका महासचिव डा। भरतराज गौतमका अनुसार बैठक कार्तिक ९ गते दिउँसो २ बजे बस्ने कार्यसूची तय भएको छ। संघीय संसद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८ साल कार्तिक ९ गते मंगलबार दिनको १स्०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कार्तिक ११ गते बिहीबार दिनको २स्०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • २३८ पटक पढिएको
  • बाढी र पहिरोमा फसेकालाई सेनाको हेलिकोप्टरबाट उद्दार गरिँदै

    काठमाडौं,कार्तिक २ गते – सुदूरपश्चिम प्रदेशका जिल्लामा आएको बाढी र पहिरोमा परेकालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिँदैछ। नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्। वर्षातका कारण सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्। महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एकरएक जनाको मृत्यु भएको छ भने डडेल्धुरामा एक जना पुरिएका छन्। केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरु बीचमा थुनिएको खबर आएको उनले बताइन्।गृहमन्त्री बालकृष्ण खाणले प्रभावित क्षेत

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ९३ पटक पढिएको
  • उदयपुरमा खोलाले बगाएर दुईजनाको मृत्यु

    उदयपुर,कार्तिक २ गते–उदयपुरमा अलग(अलग ठाउमा खोलाले बगाएर दुईजनाको ज्यान गएको छ । बेलका नगरपालिका २ स्थित गिदेरी खोला र कटारी नगरपालिका २ स्थित कमला खोलाले बगाएर दुईजनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार सोमबार गिदेरी खोलामा स्थानीय विश्वनाथ चन्द्रबंशीका दुई वर्षीय छोरा भरत चन्द्रबंशी र कमला खोलामा कटारी नगरपालिका १० गिजिङटारका ४५ वर्षीय गुमानसिंह खड्काको ज्यान गएको हो ।असोज ३१ गते दिउँसो घरबाट वेपत्ता भएका चन्द्रबंशी सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । त्यसैगरी असोज २९ गते कटारी २ माझिटोलस्थित कमला खोलामा वेवारिसे अवस्थामा फेला परेको

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ११९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२