X wada

मुख्य समाचार

    Showing २,८८१-२,८९० of २,९६८ items.
  • दुई मन्त्रीसहित प्रधानमन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा

    काठमाडौं,कार्तिक ४ गते–प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा गएका छन्।  बिहीबार बिहान सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जाने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोली त्यसतर्फ जान लागेको हो ।प्रधानमन्त्री देउवासहितको टोली केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानको विभिन्

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०२ पटक पढिएको
  • बाढी–पहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने काँग्रेसको घोषणा

    काठमाडौं,कर्तिक ४ गते–सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो ।समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति मृतकका परिवारलाई २५ हजार राहत उपलब्ध गराउने उल्लेख छ ।बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गरेका छन् । साथै उनले सरकार सम्बन्धित निकाय, गैर सरकारी संस्था, स्वदेश तथा विदेशमा रहेका सहयोगी मनलाई सहयोगका लागि अनुरोध पनि गरेका छन् ।यस

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १३५ पटक पढिएको
  • बाढीपहिरोले मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

    काठमाडौं,कात्तिक ४–वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३र१३ जनाको मृत्यु भएको छ ।यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएक

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १३५ पटक पढिएको
  • हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

    कञ्चनपुरक,कार्तिक ३ गते–शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ ।  प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ÷दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरी

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २१५ पटक पढिएको
  • बाढी पहिरो पीडितलाई तत्काल राहत दिन सरकारसँग निधिको माग

    काठमाडौं,कार्तिक ३ गते–नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।बाढी पहिरोमा फसेकाहरुको उद्धारमा खटिन तीनै तहका सरकारलाई परिचालित हुन समेत निधिले ध्यानाकर्षण गराएका छन् ।‘बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यबस्था मिलाउन संघीय सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु’, निधिले बक्तव्यमा लेखेका छन् ।उनले अविरल वर्षाका कारण धानबाली नष्ट भएका किसानलाई राहतको व्यवस्था गर्न पनि माग गरेका छन् 

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २१८ पटक पढिएको
  • गुजरातमा ७० वर्षीया महिलाले जन्माइन् पहिलो सन्तान

    गुजरात,कार्तिक ३ गते–भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन् । पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन् ।इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्केरी गराइएको हर्ष आइभीएफ सेन्टरका डा। नरेश भानुशालीले बताएका छन् । शिशु र आमा दुवैको स्वास्थ्य स्वस्थ रहेको बताइएको छ ।करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । सन्तानको रहर पूरा गर्न सो दम्पतीले

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २२८ पटक पढिएको
  • सिन्धुलीको खुर्कोट सडक खण्डमा पहिरोले बाटो अवरुद्ध, ७०० यात्रु अलपत्र

    सिरहा,कार्तिक ३ गते–लगातार दुई दिनदेखिको वर्षाले सिन्धुलीमा पर्ने मध्यपहाडी लोकमार्गको ठाँउ–ठाँउमा पहिरो खसेर अवरुद्ध भएको छ ।मध्यपहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा आधा दर्जन भन्दा बढी ठाँउमा पहिरो खस्नाले यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार खुर्कोट–घुर्मी खण्डमा हैबार अक्करे भिर, कुखुरेटार, कालिआँप, सोखुखोला र नागथान लगायतका ठाँउमा माथिबाट पहिरो आएको छ ।पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा दशैँमा टिका लगाएर आफ्नो गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्गमा यातायात अवरुद्ध हुँदा काठमाण्ड

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १८९ पटक पढिएको
  • आँखा अस्पताल,रोगीहरुकोलागि वरदान

    सिरहा,कार्तिक ३ गते–जानकी आँखा अस्पताल जनकपुरधाम रोगीहरुको लागि वरदान साबित भएको छ ।मोतियाविन्दु, जलविन्दु जस्ता आँखाको रोगी भई वर्षौसम्म दृष्टिविहीन सरह बनेका लाखौं रोगीहरुको लागि जानकी आँखा अस्पताल वरदान नै साबित भएको हो । तथ्याड्ढ अनुसार गत वर्ष ८४ हजार ८६२ बिरामीको आँखा परीक्षण भएकामध्ये ७ हजार २५५ जना बिरामीले शल्यक्रिया गराएका थिए । कोरोना संक्रमणका कारण सामुदायिक स्तरमा संचालन गरिएको शिविर प्रभावित भएपनि अस्पतालमा बिरामी आउने संख्यामा खासै असर पारेको देखिएको छ्रैन । ग्रामीण क्षेत्रका सर्वसाधारणको सहज पहुँचका लागि अस्पतालले सवार ीसाधनसहित निःशुल्क उपचार सेवा समेत उपलब्ध गराएकोछ । जानकी आ

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १३७ पटक पढिएको
  • आजदेखि कार्तिक स्नान, आकाशदीप दान सुरु

    काठमाडौं,कार्तिक ३ गते प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाश दीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजाआराधना, आकाश दीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाश दीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाश दीपदान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घर–घरमा विशेषरुपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने ध

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ११९ पटक पढिएको
  • सरकारी जग्गा कब्जा गर्न उक्साएको आरोपमा साविर अलि पक्राउ

    बुटवल,कात्तिक ३ गते–रुपन्देहीको मोतीपुरमा गोली चलाएर चार जनाको ज्यान लिएको प्रहरीले सो घटनामा प्रत्यक्ष संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।मोतिपुरमा औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न स्थानीयलाई उक्साएको आरोपमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका(६ स्थायी ठेगाना भएका ४४ वर्षीय साविर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।कात्तिक १ गते राति डेराबाट पक्राउ गरेको प्रहरीले उनलाई ‘मोतिपुर घटनाको योजनाकार’ भन्दै सार्वजनिक गरेको छ ।मुसलमान बुटवल उपमहानगरपालिका वडा नं।११ देवीनगरमा डेरा लिएर बस्दै आएका थिए । उनले सरकारी जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा ब

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १७६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२