X wada

मुख्य समाचार

    Showing २,८७१-२,८८० of २,९६८ items.
  • ५ किलो ३०० ग्राम गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

    काठमाडौं,कार्तिक ४ गते–प्रहरीले ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुईजनाले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका(५का ४८ वर्षीय प्रेमबहादुर प्रजा र सोही गाउँपालिकाका २२ वर्षीय रविन्द्र प्रजा रहेका छन् ।उनीहरुलाई कात्तिक २ गते बिहान ८स् बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो ।हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं। को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार उनीहरुको साथबाट  लागुऔषध गाँजा ५ किलो ३०० ग्राम बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धा

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ९८ पटक पढिएको
  • १५ प्रतिशत रासन भत्ता बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै

    सिरहा,कार्तिक ४गते । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ ।आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको हो ।बिहीबार बस्‍ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धि सम्बन्धी फाइल स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् । सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधा

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ११८ पटक पढिएको
  • भारतीय सैन्य टोली मुस्ताङमा

    जोमसोम,कार्तिक ४ गते –भारतीय सैन्य टोली मुस्ताङ आइपुगेको छ। भारतीय सेनाको रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोली बिहीबार बिहान नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत मुस्ताङ आइपुगेको हो।जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीका अनुसार भारतीय सैनाको टोलीले मुक्तिनाथ दर्शन तथा घरपझोङ—५ कैसाङ स्थित सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ। भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा संञ्चालित ‘नेशनल डिफेन्स’ कोर्समा सहभागी भारतीय सेनाको टोली मुस्ताङ आएको प्रहरी नायव उपरिक्षक दानीले उल्लेख गरेमुक्तिनाथ र सैनिक उच्चशिखर शिक्षालय कैसाङको अवल

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०४ पटक पढिएको
  • प्रधानमन्त्री देउवा बझाङको चैनपुरमा

    सिरहा,कार्तिक ४गते । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्र बझाङको चैनपुर पुगेका छन् । उनले चैनपुरमा बाढी र पहिरोबाट भएको क्षतिको जानकारी लिएका उनको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्री देउवा बिहीबार बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणमा छन् । सुदूरपश्चिममा बाढी र पहिरोले बझाङ र डोटी जिल्लामा बढी क्षति पुगेको छ । बाढीका कारण डोटीमा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै बझाङमा २१ जना हराइरहेका छन् ।प्रधानमन्त्रीसहितको टोली बिहीबार बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थिय

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १२१ पटक पढिएको
  • गोरखामा ट्रक दुर्घटना, चालकको मृत्यु

    गोरखाको,कार्तिक ४ गते–आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए।गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा५ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०५ पटक पढिएको
  • कर्मचारी समायोजनसम्बन्धी मुद्‍दाको सुनुवाइ जारी

     काठमाडौं,कार्तिक ४ गते–कर्मचारी समायोजनसँग सम्बन्धित मुद्धाको पेशी तोकिएको छ। सर्वोच्च अदाललका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, डा।आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा पेशी तोकिएको हो ।गत साउन २५ गतेमा सर्वोच्चले समायोजन भएका ३४ कर्मचारीको मुद्दामा खुला कोटा कटाएर संघमा समायोजन गर्न आदेश दिएको थियो । आदेशपछि शाखा अधिकृतका प्रत्याशीहरू सर्वोच्च पुगेका थिए ।प्रत्याशीहरुले लोकसेवा आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद‍् कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन्

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०१ पटक पढिएको
  • बागमती प्रदेशसभा बैठक ३ बजे बस्ने गरी समय सारियो, एमाले पनि सहभागी हुने

    सिरहा,कार्तिक ४गते । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।यद्यपि, मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ११५ पटक पढिएको
  • स्रोत नखुलेको नगद ८० लाखसहित भक्तपुरमा एक युवक पक्राउ

    भक्तपुर,कर्तिक गते४–भक्तपुरमा स्रोत नखुलेको ८० लाख नगदसहित एकजना पक्राउ परेका छन्। मध्यपुर ठिमी नगरपालिका((१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका(१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई बुधबार राति पक्राउ गरेको हो ।लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मगरलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिइ अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।उनलाई आवश्यक

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १५६ पटक पढिएको
  • किसानलाई क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

    सिरहा,कार्तिक ४गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् ।प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गर्नुभएको छ’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।यस्तै राष्ट्रपति भण्डारीले सम्‍पूर्ण राजनीत

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १२४ पटक पढिएको
  • सर्वसाधारणका लागि आईपीओ बिक्री खुला

    सिरहा,कार्तिक ४ गते । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ ।कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन । सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम् २० हजार कित्तासम्म आवेदन दिन सकिन

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ३१३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२