काठमाडौं,कार्तिक ५ गते । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरे । तर, प्रदेशसभामा त्यसउपर छलफल र मतदान गर्ने प्रयोजनका लागि कात्तिक ७ गतेलाई बैठक राखिएको छ । आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो ।संवैधानिक बाध्यतापछि मात्रै विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गर्ने, त्यसपछि सातारदश दिन पछि बैठक राख्ने र विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव पेस गर्ने, केही दिन बैठक स्थगित गरेर अर्को बैठकमा उक्त प्रस्तावमाथि छलफल गर्ने, फेरि केही दिन स्थगित गरेर मतदानका लागि समय तोक्ने प्रवृत्ति प्
सिरहा,कार्तिक ५ गते । धनुषामा एक महिलाको घाँटी रेटेर हत्याको प्रयास भएको छ । धनुषा विदेह नगरपालिका(६ गिद्धाका रामबहादुर मण्डलकी ५५ वर्षीया श्रीमती जमुनी देवी मण्डल केवटले लगाएको गहना लुट्न छुराले घाँटी रेटेर हत्या गर्ने प्रयास भएको हो ।शुक्रबार बिहान सावा दश बजे घाँस काट्न चौरमा गएकी जमुना देवीले खुट्टामा लगाएको चाँदीको गहना ९काँरा० र सुनको मंगलसुत्र खोस्न उनलाई छुराले घाँटी रेटेर हत्याको प्रयास भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।स्थानीय भुट्टा चोर भनिने २५ वर्षीय रामभजन महतो सुडीले घाँटी रेटेर हत्या गर्ने प्रयास गरेको बुझिएका एक प्रहरीले जानाएका छन् । छुराले घाँटी रेटेपछि करा
सिरहा,कार्तिक ५ गते । जनकपुरधामका इन्जिनियरहरूले आन्दोलनको चेतावनी दिएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर कारवाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका हुन्। जनकपुरधाममा बिहीबार जनमत पार्टीको कार्यक्रताले गरेको अपराधिक गतिविधिमा संलग्नलाई कडा कारवाहीको माग इन्जिनियरहरुले गरेका छन्। कारबाहीको अनेक तरिका र विधि हुँदाहुँदै कर्मचारीलाई नाङ्गो शरीर गोबर हिलो दलेर शहर घुमाउनु सामाजिक अपराध रहेको सिरहा निर्वाचन क्षेत्र नं.४ (ख) का प्रदेशसभा सदस्य सुरेश मंण्डलले समाजिक सञ्जालमा लेखेका छन्। फेसबुकमा आफ्नो प्रतिकृया राख्दै सुरेश मण्डलले लेखेका छन, ‘मानवता म
सिरहा,कार्तिक ५ गते । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नु पर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन दिएका हुन्। मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए।संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको नेपाल प्रहरीले बता
सिरहा,कार्तिक ५ गते । १३ वर्षअघि इँट्टाभट्टामा मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।न्यायाधीश डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा राखिएको उक्त मुद्दाको सुनुवाइ स्थगित भएको हो । मुद्दाको पक्षले पाउने सुविधाअनुसार उक्त मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयको तर्फबाट स्थगित गरिएको हो ।२०६४ सालको संविधानसभा निर्वाचनको समयमा इँट्टाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालतको आदेशमा आलम हाल पुर्पक्षका लागि थुनामा छन् । उक्त आदेशविरुद्ध आलमले उच्च अदालत हुँदै सर्व
सिरहा,कार्तिक ५ गते । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी रामहरी महतलाई धुलिखेलबाट प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका(४ घर भएका ४२ वर्षीय रामहरी महतलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले महतलाई जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर गरेको थियो । फरार भएका महतलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका(७ बाट पक्राउ गरेका छन् । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जना
सिरहा,कार्तिक ५ गते । झापाको मेचीनगर नगरपालिका(६ स्थित मेची पुलबाट एक जना पक्रउ परेके छ । करिब ७ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित दमक नगरपालिका(१९ बस्ने २६ वर्षीय खगेन्द्र नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका नेपालीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाका अटल पम्प कम्पाउन्डबाट बिमल भुजेल लगायत २ जनालाई प्रहरीले पक्रउ गरेके छ। करिब ३ ग्राम अबैध लागूऔषध खैरोहिर
सिरहा,कार्तिक ५ गते । १० बुँदे कार्यान्वयन गर्ने सम्वन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा देखिएको विवाद अन्त्य भएको छ ।एमाले चितवनको बिहीबार भरतपुरमा बसेको १०औं जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले विवाद समाधान गरेको एमाले चितवनका निवर्तमान अध्यक्ष कृष्णभक्त पोखरेलले बताए ।एमाले २०७५ जेठ २ मा फर्किने सन्दर्भमा एमाले चितवनमा विवाद देखिएको थियो । २०७५ जेठ २ मा फर्किदा चितवन निर्वाचन क्षेत्र नं २ का सांसदसमेत रहेका कृष्णभक्त पोखरेल अध्यक्ष हुनुपर्ने थियो ।सांसद पोखरेल १० बुँदे सहमतिभन्दा अगाडि नै एमालेको मूल प्रवाहमा समेटिसकेका थिए । उनले क्यान्सर अस्पताल भरतपुरको अडिटोरियम हलमा २०
सिरहा,कार्तिक ५ गते । भरतपुर अस्पतालले औषधि पसलमा सम्झौता अनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिए ।उनका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको आदेश दिइसके पछि पनि उनीहरुले औषधि नल्याएका जनाइएको छ । औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए । अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लाय
सिरहा,कार्तिक ५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सीटीईभीटी०मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमूखी बनाउनुपर्ने बताए ।उनले सीटीईभीटी जस्ता संस्थालाई ज्ञान, तालिम, सीप र उत्पादनमा केन्द्रित गर्दै परिषद्का कर्मचारीले अल्छिपना,उदाशिनता, लापरवाही र भ्रष्टाचार जस्ता गतिविधिलाई त्याग्न सके
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.