ताप्लेजुङ, कात्तिक ६ गते । ताप्लेजुङमा आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा एक युवकलाई कारागार चलान् गरिएको छ । प्रेमिकाको हत्या गरेको आरोप लागेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भएकी आफ्नै प्रेमिका १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या गरेको आरोपमा गत असोज १० मा कार्की पक्राउ परेका थिए । हत्या गरिएकी पुष्पाका आफन्तले दिएको किटानी जाहेरीपछि पक्राउ परेका कार्कीलाई जिल्ला अदालतको थुनछेक आदेशअनुसार शुक्रबार ताप्लेजुङ कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्ले
सिन्धुपाल्चोक, कातिक ६ गते । इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार विहान राजधानीको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।मृतक अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमती हुनुहुन्थ्यो । शिक्षण अस्पताल पुगेका इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङका अनुसार अधिकारीको मृत्यु विहान ७ बजे भएको हो । ५१ वर्षीया अधिकारीको तीन छोरी छन् । उहाँको निधनले सिंगो काँगे्रसलाई क्षति भएको काँगे्रस नेता बंशलाल तामाङले दुःखसो ब्यक्त गर्नुभयो
गुल्मी,कार्तिक ६ गते– गुल्मीमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर(४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव चन्द्रकोट गाउँपालिकाको वडानम्बर(६ हरेवास्थित लघु विद्युतको ड्याममा डुबेको अवस्थामा फेला परेको हो । यही कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शव स्थानीयले डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।बाग्लुङ जिल्ला घर भएकी ती महिला र उनका श्रीमान् चक्रेश्वर मन्दिरमा पूजाआजा गरी
सिरहा, कार्तिक ६ गते । विगत ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न आउँदो मङ्सिरमा पुनः टोली फिल्डमा पठाइने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण करिब डेढ वर्ष छानबिनको काम रोकिएको थियो । गाउँपालिकाको दुई वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो । त्यसलगत्तै नेपालमा पनि कोरोना महामारी फैलिएपछि थालिएको काम रोकियो । कोरोना जोखिम घटेपछि २०७७ मङ्सिरबाट पुनः केही काम हुँदै थियो । पुनःकोरोनाको दोस्रो लहरले छानबिनको कामलाई जहाँको तही थाँती राखिदियो । “तिहारपछि अर्थात् आउँदो मङ्सिरदेखि का
रौतहट,कार्तिक ६ गते–स्रोत नखुलेको एक लाख ८० हजार भारतीय रुपैयाँ सहित एक जनालाइ रौतहट प्रहरीले पक्राउ गरेको छ ।सीमा प्रहरी चौकी बन्जरहाबाट खटेको प्रहरी टोलीले रकम सहित भारत विहार राज्यको शिवहर जिल्ला ग्राम पंचायत बेलबाघाट ५ का विश्वनाथ साह कानुको छोरा २२ वर्षीय सुशील कुमार साहलाई पक्राउ गरेको जनाएको छ । इशनाथ नगरपालिका १ स्थित बैकाया खोलाको बाँधमा भारतबाट नेपाल आउँदै गरेको साहलाई चेकजाँच गर्दा झोलामा राखेको १ लाख ८० हजार भारतीय रुपैयाँ फेला परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रकम सहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्
सिरहा, कार्तिक ६ गते । कात्तिक २ गते नेकपा एमाले सुनसरी जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीका नामबाट एउटा प्रेस विज्ञप्ति जारी भयो, जसमा कात्तिक २ गते पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख थियो ।कात्तिक २ गते रेवतीरमण भण्डारीको अध्यक्षता एवं केन्द्रीय सदस्य तैयब हुसैनको प्रमुख आतिथ्यमा बसेको सचिवालय बैठकले कात्तिक ६ गते वडा अधिवेशनहरू सफल बनाउने र कात्तिक ९ गते पालिकास्तरी सम्मेलनहरू सफल पार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।त्यसैगरी भण्डारीको अध्यक्षतामा बसेको सो बैठकले पार्टी नेता ओम कोइरालाको निधनप्रति शोक व्यक्त गर्ने र बाढी पीडितहरूलाई राहतको व्यवस्
बारा,कार्तिक ६ गते–लागुऔषध चरे’श नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका ४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरे’श रहेको थियो ।बरामद भएको चरे’शको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
सिरहा, कार्तिक ६ गते । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् ।राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ ।प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरी जम्मा १११ जनाको मृत्यु भएको हो।यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एकरएक जना बेपत्ता भएका छन् ।साथै प्रदेश १
जनकपुरधाम,कार्तिक ६ गते । धनुषामा एक महिलाको गहना लुट्न हत्याको प्रयास गरिएको छ ।विदेह नगरपालिका–६ गिद्धा बस्ने ५० वर्षीया जमुनी देवीको गहना लुट्नको लागि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले ३५ वर्षीय रामभजन महतोलाई पक्राउ गरेको छ । शुक्रवार विहान ११ वजे चौरमा घाँस काटिरहेको वेला महतोले जमुनीको घाँटीमा छुरा राखि गहना लुट्ने प्रयास गरेपछि होहल्ला भएर आरोपी फरार भएको थियो । छुरा प्रहारले जमुनीको घाँटीमा घाउखत भई रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारको लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । अहिले जमुनीको स्वास्थ्य अवस्था ठिक रहेको र घटनामा संलग्न रहेका महत
सिरहा, कार्तिक ६ गते । सप्तरीको सप्तकोशी नगरपालिका ५ मा शुक्रबार सहिद दिलिप स्मृति स्तम्भको अनावरण गरिएको छ । सहिद दिलिप प्रतिष्ठानद्वारा आयोजित एक समारोहका बीच स्तम्भ अनावरण गरिएको हो ।स्तम्भको प्रतिष्ठानकाका अध्यक्ष राज कुमार लेखी, साँसद शान्ता चौधरी, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पूर्व बाताबरण मन्त्री हेमराज तातेडलगायतका अतिथिहरुले संयुक्त रुपमा अनावरण गरेका छन् ।कार्यक्रममा बोल्दै साँसद चौधरीले देशका लागि थारु समुदायले गरेको बलिदानी र योगदान अनुसारको राज्यले अबसर नदिएको भन्दै आक्रोश पोखिन । सहिद दिलिप चौधरीको स्मृतिमा निर्मित स्तम्भ अनावरण हुने कुरा सुनेर दाङ जिल्लाबाट आएको बताउँद
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.