X wada

मुख्य समाचार

    Showing २,७९१-२,८०० of २,९६८ items.
  • वडाध्यक्ष लागु औषध सहित दुईजना पक्राउ

    सिरहा,कात्तिक ९ गते। लागू औषध सहित एक वडा अध्यक्षलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादवलाई सोमबार बेलुका नाइट्रोभेट ट्याब्लेट १५ पिस सहित पक्राउ गरेको हो ।गोप्य सूचनाको आधारमा अध्यक्ष यादवलाई सरकारी नम्बर भएको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा भारतबाट फर्किदै गर्दा माडर चौकमा चेकजांच गर्ने क्रममा प्रहरीले लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।पक्राउ गरेका यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।लागुऔषध सहित पक्राउ परेकाहरुको पूर्णविवरण सहित फोटो सार्वजन

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ४२४ पटक पढिएको
  • काठमाडौंमा आजबाट अष्ट्राजेनेकाको दोस्रो डोज

     काठमाडौं,कार्तिक ९ गते – काठमाडौं महानगरपालिकाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ । पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो मात्रा लगाउन लागिएको हो ।काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।काठमाडौं महानगरपालिकाको हकमा बीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचार

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ११४ पटक पढिएको
  • नगरपालिका र नास्टबीच सम्झौता हुने

    सिरहा, कार्तिक ८ गते / सिरहास्थित धनगढीमाई नगरपालिका र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच खाद्य हरियाली शहर कार्यक्रम सम्बन्धी सम्झौता हुँदैछ । भोलि मंगलबार विहान ११ बजे धनगढीमाई नगरपालिकाको सभा हलमा आयोजना हुने उक्त कार्यक्रममा धनगढीमाई नगरपालिकाका तर्फबाट नगरप्रमुख हरिनारायण चौधरी र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले जानकारी दिनुभएकोे छ ।  विद्यालयमा विद्यार्थीको संलग्नतामा अर्गानिक करेसा बारीमा तरकारी,

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ७४४ पटक पढिएको
  • विद्यार्थी खोज्दै विद्यालय

    काठमाडौँ, कात्तिक ८ गते – कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि कमै मात्र विद्यार्थी कक्षामा उपस्थित भएका छन् ।उपत्यकाका धेरै सार्वजनिक विद्यालयमा ३० प्रतिशतको हाराहारीमा विद्यार्थी अनलाइन कक्षामा अनुपस्थित रहेपछि आफ्ना विद्यार्थीको खोजी कसरी गर्ने भन्नेमा अहिले धेरैलाई चिन्ताको विषय बन्न पुगेको छ । कक्षामा विशेष गरी छात्राहरू बढी नियमित पठनपाठनमा छुटेका कारण उनीहरूलाई कसरी पुनः कक्षाकोठामा भित्र्याउने भन्नेमा विद्यालयले चासो

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ९३ पटक पढिएको
  • आफूमाथि लागेको आक्षेपलाई प्रधान्यायाधीशले समयमै प्रष्ट पार्नुपर्छः नेता पौडेल

    नेपालगञ्ज, कात्तिक ८ गते – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको आक्षेपलाई उहाँले समयमै प्रष्ट पार्नुपर्ने सुझाव दिनुभएको छ ।“प्रधानन्यायाधीश राणामाथि जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई समयमै प्रष्ट पार्नुपर्ने हुन्छ” उहाँले भन्नुभयो । पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझेर फर्किनुभएका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सो कुरा बताउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री, प्रधानन्यायाधीश वा राष्ट्रपति जोसुकै होस् सबैले आफुलाई आत्मानुशासित राख्

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १०० पटक पढिएको
  • हेटौडाको ज्यामिरेमा जंगली हात्तीको आतङ्क

    हेटौँडा, कात्तिक ८ गते – जंगली हात्तीले पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित बलौटा टोलमा तीनवटा घर भत्काएको छ । निकुन्ज क्षेत्रबाट आएको जंगली हात्तीले स्थानीय कमल गोपाली, इश्वर कार्की र शान्ति लामाको घर भत्काएको हो ।आइतबार राति आएको हात्तीले घरका झ्यालढोका भत्काउन थालेपछि गाउँलेको भागाभाग भएको स्थानीयले बताएका छन् । हात्तीले आतङ्क मच्चाएपछि घर छाडेर भागेको मनहरी गाउँपालिका ९ का वडाध्यक्ष साधुराम अधिकारीले बताउनुभयो ।उहाँकाअनुसार गोपाली र कार्कीको घर हात्तीले भत्काएको छ । लामाको घर भत्काएर तिहारका लागि राखिएको जाँड हात्तीले खाइदिएको उहाँले

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ९५ पटक पढिएको
  • सामाजिक अपराधका घटना बढ्नुका कारण चेतना अभाव

    वीरगञ्ज, कात्तिक ८ गते– सामाजिक अपराधका घटनाबारे कानुनमा भएको व्यवस्था र दण्ड सजायबारे चेतना अभावमा अधिकांश सामाजिक घटना हुनेगरेको धेरैको भनाई छ । बालविवाह, लैंगिक तथा महिला हिंसा हुनुमा पनि चेतना अभाव धेरै कारक भएको अगुवाहरुको बुझाई छ ।जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले सखुवाप्रसौनी गाँउपालिकाको सहकार्यमा आयोजित लैङ्गिक तथा महिला हिंसाविरुद्धको सचेतनामूलक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले त्यस्तो धारणा राख्नुभयो ।बाल विवाह, दाइजो प्रथा, लैंगिक हिंसा, महिला हिंसा, लागुऔषध दुव्र्यसनी लगायतका विभिन्न लैंगिक हिंसा, महिला तथा बालबालिकामाथि हुन

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ९६ पटक पढिएको
  • सीडीओसहित दुई एसपीको जिम्मेवारी खोसियो

    जनकपुर,कार्तिक ८ गते – सार्वजनिक स्थलमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित सशस्त्र र नेपाल प्रहरीका दुई एसपीको जिम्मेवारी खोसिएको छ। कार्यालय परिसरभित्रै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीनवटै सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको हो । दसैंमा सशस्त्र प्रहरी बल १० नम्बर गणभित्र सर्लाहीका सीडीयो रामकुमार महतोसहित नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गण प्रमुख गंगाराम श्रेष्ठले तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो । गृह मन्त्रालयका प्रवक्ता

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १०१ पटक पढिएको
  • बस दुर्घटना, ६५ जना घाइते

    काठमाडौं,कार्तिक ८ गते  । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक  डम्बर विश्वकर्माले जानकारी दिए ।सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख. ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ११२ पटक पढिएको
  • काडमान्डौबाट ११ अफगानी नागरिक पक्राउ

    काठमाडौं,कार्तिक ८ गते काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ। सिनामंगलको एक होटलबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको सीआइवीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।उनले भने होटलमा विदेश नागरिक लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा छापा पार्दा उनीहरु पक्राउ परेका हुन्। अहिले सोधपुछ भइराखेको छ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १०८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२