X wada

मुख्य समाचार

    Showing २,७८१-२,७९० of २,९६८ items.
  • साढे ३ लाख नगदसहित ६ जना जुवाडे पक्राउ

    काठमाडौं,कार्तिक ९ गते – बाँकेको कोहलपुरमा करिब साढे तीन ला नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।मंगलबार बिहान एक बजेको समयमा कोहलपुर नगरपालिका(८ पिपरीस्थित रुद्रवीर खडकाको घरमा छापा हानी प्रहरीले ६ जनालाई रंगहात पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट तीन लाख ४९ हजार ७०५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ९५ पटक पढिएको
  • मैथिल चाडपर्व किसानहरुका लागि अवसर

    सिरहा,कार्तिक ९ गते– दसैँ पर्व भर्खरै सम्पन्न गरेका मिथिला क्षेत्रका बासिन्दालाई दीपावली र छठ पर्वको चटारो छ ।सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा ती पर्वमा गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व खास अवसरसमेत बन्ने गरेका हुन् । किसानका घर करेसाबारीमा लगाइएका फूल, अदुवा,सुथनी,नारिवल,उखु,कागती,करकलोको विरुवा,हलदीको विरुवा ,सेव,सुन्ताला,लौउका,मकै,ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दीपावली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन क

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १५६ पटक पढिएको
  • मानव बेचबिखन अभियोगमा दुई जना पक्राउ

    कास्की,कार्तिक ९ गते – कास्की,कार्तिक ९ गते – मानव बेचबिखन तथा ओसारपसारमा संलङ्ग  रहेको अभियोगमा पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ४२ वर्षिय  सुरेश तामाङ र बारा कोल्बी नगरपालिका–१ कोल्बी  बस्ने  २६ वर्षिय  ऋषि भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त स्थानबाट उद्दार गरिएका पीडित महिलालाई मनोपरामर्श

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ११५ पटक पढिएको
  • एसिड पीडित मुस्कानलाई थप उपचारको लागी प्रदेश २ सरकारले पाँच लाख उपलब्ध गराउने

    सिराहा, कार्तिक ९ गते । एसिड पीडित पर्साका मुस्कान खातुन लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।मन्त्री परिषदको आज सम्पन् बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कान खातुन लाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ९७ पटक पढिएको
  • सुडानी सेनाले प्रदर्शनकारीमाथि गोली चलाउदा, ७ जनाको मृत्यु

     काठमाडौं,कार्तिक ९ गते । सोमबार सत्तापलट गरेको सुडानी सेनाले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ ।सैनिक ‘कु’को विरोध गर्दै प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाउँदा कम्तिममा सात प्रदर्शनकारीको ज्यान गएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी गराएका हुन् । त्यस्तै, सेनाको गोली लागेर १४० जना घाइते भएका छन् ।सैनिक ‘कु’को विरोध गर्दै राजधानी खार्तुमसहित अन्य शहरका सडकमा हजारौं मानिसले जुलुस निकालेका थिए । सोमबार सेनाले अन्तरिम प्रधानमन्त्री अब्दल्लाह हामदोक र अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरेपछि मानिसहरुले विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ११२ पटक पढिएको
  • झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या

     विराटनगर,कार्तिक ९ गते । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षीय कमल ९पूर्णचन्द्र० तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।मंगलबार बिहान ६ बजे उनी आफैंले झारफुक गरेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । टोक्ने क्रममा नै उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट पुगेको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइर

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ९६ पटक पढिएको
  • निकास नदिए न्यायपालिकालाई थप क्षति पुग्छ:न्यायाधीश समाज

    काठमाडौं,कार्तिक ९ गते । न्यायाधीश समाज नेपालले न्यायालयमा थप क्षति हुन नदिन समयमै समस्याको समाधान गर्नुपर्ने जनाएको छ ।न्याय क्षेत्रमा देखिएको विकृतिको प्रमुख कारण न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा र प्रभाव हो भन्दै समाजले अब न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक रहेको पनि जनाएको छ ।समाजका उपाध्यक्ष बाबुराम रेग्मीले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ,न्यापालिका उपर निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबण्डाको आरोप लागेका समाचार, दृष्टिकोण, टिकाटिप्पणी आदि सामाजिक सन्जाल र आम सञ्चार मार्फत् सार्वजनिक हुनु दुःखद विषय हो । यस्ता कुरामा संवेदनशील र गम्भीर हुनुपर

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ६४ पटक पढिएको
  • ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन

    काठमाडौं,कार्तिक ९ गते । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ ।प्रवक्ता डा.लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।विगतमा

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १३४ पटक पढिएको
  • डेरा खानतलासी गर्दा पेस्तोल भेटियो

    काठमाडौं,कार्तिक ९ गते । काठमाडौं महानगरपालिका–२६ कपुर धारा स्थित एउटा घरमा खानतलासी गर्दा पेस्तोल फेला परेको छ । मुना श्रेष्ठको घरमा बस्ने मिलन कुमार राईको डेरा खानतलासी गर्दा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।  मिलन सोलुखुम्बु देउसाका स्थानिय हुन् । करिब ७ महिनादेखि सम्पर्क विहिन भएर डेरा भाडा समेत नतिरेपछि घरधनीको आग्रहमा वडा कार्यालयले कोठा खाली गर्न खानतलासी गरेको थियो । कोठामा एक थान पेस्तोल, म्याग्जीन र ४ राउण्ड गोली भेटिएको छ । पेस्तोलबारे प्रहरीले अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ६२ पटक पढिएको
  • पाँचथरमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो, ३ जना अझै बेपत्ता

    पाँचथर,कार्तिक ९ गते  । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो ।मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।यससँगै पाँचथरमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । बाढीपहिर

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ९४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२