X wada

मुख्य समाचार

    Showing २,७७१-२,७८० of २,९६८ items.
  • १० लाख डोज खोप चीनबाट नेपाल आइपुग्यो

    काठमाडौं,कार्तिक १० गते – सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । आज बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ११४ पटक पढिएको
  • मोरङबाट ९४ तोला चाँदीसहित एकजना पक्राउ

     मोरङ,कार्तिक १० गते – मोरङ प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका(३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले बिल नभएको ९४ तोला चाँदी बरामद गरेको छ ।बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाइने प्रदेश(१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १०७ पटक पढिएको
  • जयपुरमा माटोको ढिश्कोमा परी एक बालिकाको मृत्यु, ५ जना घाईते

    सिरहा,कार्तिक १० गते । सिरहाको धनगढीमाई नगरपालिका जयपुरमा माटोको ढिश्कोमा परी एकको मृत्यु ६ जना घाईते भएको छ ।दिपावली पर्व नजिकै गर्दा घर लेबपोत गर्नको लागी मोटो ल्याउनको लागी गाँउ भन्दा दुई सय मिटर पश्चिम गएको वेला ढिश्कोमा परी स्थानिय एक जना बालिकाको मृत्यु भएको छ ।धनगढीमाई नपा वडा नं. ५ जयपुर वस्ने प्रकाश कामैतको वर्ष ११ की करिषमा कुमारी कामैत ढिश्कोमा परी मृत्यु भएकी हुन , उनी आमा ममता देबी कामैत संग विहान माटो लिन  खेतमा गएको वेला ढिश्कोमा परी मृत्यु भएका हुन र आमा पनि घाईते भएका हुन ।ढिश्कोमा परी स्थानिय महिन्द्र महतोको ७ वर्षीय छोरी सवित महतो राजकुमार यादबको ७ वर्षीय सविता यादब र स

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ४९१ पटक पढिएको
  • मुखिया कारागार चलान

     सिरहा, लहान कार्तिक १०  गते । लेनदेन मुद्दामा अदालतबाट सजाय पाएपछि फरार भएका एक अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको जनकारि गराएको छ ।पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका २ चतरीका ५५ वर्षीय शितल मलाह मुखिया रहेका छन् । फैसला कार्यान्वयनको सिलसिलामा लेनदेन मुद्दामा फरार अपराधी मुखियालाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार अदालतले मुखियालाई २ वर्ष कैदको सजाय सुनाएको छ । उनलाई अदालतमा पेश गरेपछि कैद भुक्तानीका लागि मंगलबार कारागार चलान गरिएको छ 

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ८९ पटक पढिएको
  • दुई वर्षभित्र सबै स्थानीय तहमा भवन

    काठमाडौँ, कात्तिक १० गते – सरकारले अबको दुई वर्षभित्रमा सबै स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाउने भएको छ । कुल ७५३ स्थानीय तहमध्ये ५३५ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्नुपर्ने गरी काम अगाडि बढाइएको छ ।त्यसमध्ये स्थानीय पूर्वाधार विभागले दुई वर्षमा ४० वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न गरिसकेको छ । विभागका सूचना अधिकारी होमनाथ पौडेलले अहिले २४० वटा प्रशासनिक भवन निर्माणाधीन भइरहेको त्यसमध्ये चालू आर्थिक वर्षमा ७० वटा प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।उहाँका अनुसार यस वर्ष प्रशासनिक भवन निर्माणका लागि करिब ए

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ८४ पटक पढिएको
  • पठनपाठन ठप्प,विद्यालय परिसरमा श्राद्धको भोज

    सिरहा,कार्तिक १० गते – धनुषाको औरही गाउँपालिकास्थित माध्यमिक विद्यालय देउरी परवाहाको परिसरमा मंगलबार बिहानैदेखि श्राद्धको भोजका लागि पकवानहरु पाक्दै थियो ।विद्यालयको प्रवेशद्वारमै पाक्दै गरेको पकवानको मगमग बास्ना र परिकार हेर्दै शिक्षक विद्यार्थी विद्यालय पसे । भोजका कारण अन्य दिन जस्तो विद्यालयमा पठनपाठन हुन सकेन् । कक्षामा विद्यार्थी खचाखच भरिएका थिए । शिक्षक पनि विद्यालयमा थिए । तर भोजभतेरको चहलपहलले गर्दा पढाइ हुन सकेन् । विद्यालय सञ्चालन भएपनि भोज पाक्दै गरेको आसपासका कक्षामा भने पढाइ हुन सकेन् । कक्षा कोठाको अगाडी भिडभाड, चहलपहल र खानाको परिकारको बास्नाले पढ्ने पढाउन वातावरण नै थिएन

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १०७ पटक पढिएको
  • अब नेपाली मजदुर मलेसिया जान पाउने

    सिरहा,कार्तिक १० गते । मलेसियाले कोरोना भाइरसको महामारी सुरु भएपछि रोकेको नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया खुला गरेको छ । मंगलबारदेखि श्रमिक भर्ना प्रक्रिया आंशिक रूपमा खुला गरिएको हो ।नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टाइनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्ने जनाइएको छ । विदेशबाट श्रमिक ल्याउन इच्छुक रोजगारदाताले नै सबै खर्च बेहोर्नुपर्ने मलेसियाको गृह र मानव संसाधन मन्त्रालयले जनाएको छ ।काठमाडौंस्थित मलेसियाली दूतावासले पनि डेढ वर्षपछि नेपाली श्रमिक लैजान बाटो खुलेको जनाएको छ । नेपालका लागि मलेसियाली कार्यवाहक राजदूत

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ११७ पटक पढिएको
  • कैलालीमा प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

     कात्तिक १० गते, कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनकारी गराएको छ ।अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला न्यायाधिश जयानन्द पनेरुको इजलासले मंगलबार उक्त मुुद्दाको अन्तिम फैसला गर्दै ९ जनालाई जन्मकैद र एक जनालाई सफाइ दिएको जानकारी दिए ।उनकाअनुसार मुुख्य योजनाकार धनगढी उपमहानगरपालिका १० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना, २३

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १०८ पटक पढिएको
  • लुटपाट गरेको अभियोगमा वि.क. पक्राउ

    सल्यान,कार्तिक ९ गते – कपुरकोट गाउँपालिका(१ कालापातल भन्ने जंगलबाट व्यापारीको नगद ३ लाख रुपैयाँ र रा।१ ख २३९१ नम्बरको ट्रकको कागजपत्र, चाबी र मोबाइल लुटपाट गरेको अभियोगमा रोल्पा सुलिचौर बस्ने ३० वर्षीय तिलक विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट तरकारी किन्न आएका तरकारी ब्यापारी सेराज हलुवाईलाई तिलक समेतका व्यक्तिहरुले उक्त जंगलमा खुकुरी देखाई ट्रक समेत तोडफोड गरी सेरोजको साथबाट नगद तथा ट्रकको कागजपत्र लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा तिलकलाई पक्राउ गरेको हो । लुटपाटमा संलग

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १११ पटक पढिएको
  • भरुवा बन्दुक खेलाउँदा बालकको मृत्यु

    मुगु,कार्तिक ९ गते – घरभित्र राखेको भरुवा बन्दुक खेलाउँदा खत्याड १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाँउपालिका—१० डुमान गाँउका परे रावलको घर भित्र भरेर राखेको भरुवा बन्दुक खेलाउँदा सोही वडाका अमरसिंह रावलका छोरा विकास रावलको कार्तिक पाँच गते घटनास्थलमै मृत्यु भएको हो ।घर आगनको बारीमा रोपेको आलु,मकै दुम्सिले सखाप बनाउन थालेपछि दुम्सि मार्न भरेर तयारीमा राखेको भरुवा बन्दुक घरमा कोही नभएका बेला बन्दुक धनी परे रावलका ८ वर्षका तिर्थ रावल, सोही वडाका बीरमान रोकायाका ११ वर्षीय छोरा गोर्ख रोकायाले खेलाउँदा विकासको ज्यान गएको वडा अध्यक्ष तिलक रावलले जानकारी दिए ।विकासको मृत्यु भइसकेपछि दुई बजे पछि

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १०७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२