X wada

मुख्य समाचार

    Showing २,७४१-२,७५० of २,९६८ items.
  • घर घरमै खानेपानीको धारा

    सिरहा, कार्तिक ११ गते । वर्षौदेखि खानेपानी धाराको आसमा बसेका सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित कालापानीका स्थानीयहरुलाई आजदेखि घर घरमै खानेपानीको धारा आएका छन् । घर घरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका हुन् । यस अघि उक्त क्षेत्रका ६० घर परिवारहरुले नजिकै रहेको सर्रे खोलाको पानी खान वाध्य हुँदै आएको थियो ।  धनगढीमाई नगरपालिकाको ३० लाख र सामुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजारको लागत सम्पन्न कालापानी खानेपानी आयोजना निर्माण भएका हुन् । उक्त खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै नगरप्रमुख हरिनारायण चौधरीले मितव्ययिता ढंगले धारामा आएको शुद्ध पानी खान अनुरो

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ५१४ पटक पढिएको
  • अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा पक्राउ

    काठमाडौं,कार्तिक ११ गते – अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौं गोकर्णेश्वर- ८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका २७ वर्षीय मिन बहादुर पाइनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका–८ जगडोलबाट प्रहरीले पक्राउ गरेको छ । पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाईनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ११९ पटक पढिएको
  • भ्रष्टाचार विरुद्ध प्रदर्शन

    गौर,कार्तिक ११ गते  - डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले रौतहट जिल्लाको राजदेवी नगरपालिकासहित विभिन्न नगरपालिकामा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् ।जनमत पार्टीका पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत कार्यकर्ताहरुले नगरपालिका कार्यालयको मुख्य गेटमा नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।जनमत पार्टीका कार्यकर्ता विरुद्ध शुरु भएको आन्दोलनको विपक्षमा जनमत पार्टीले प्रदेश २ को विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्ध र पक्राउ परेका आफ्ना १७ जना कार्यकर्तालाई रिहाइ गर्न दवाव सृजना गर्ने उदेश्यले आन्दोलनमा उत्रेका हुन् ।नगर अध्यक्ष प्रभु यादवको नेतृत्वमा र

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १३६ पटक पढिएको
  • भैरहवा भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    बुटवल,कार्तिक ११ गते – रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ ।२ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले उद्घाटन गरे । टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्टले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ ।प्लान्टको उद्घाटन गर्दै मन्त्री थारुले कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने बताए। उनले ५० बेडको भीम अस्पतालका लागि जनशक्तिको अभाव भएकाले प्रदेश लोकसेवा आयोगमार्फत जनश

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १३६ पटक पढिएको
  • लेनदेनमा कुरा नमिलेपछि बलात्कार मुद्दा

    दाङ,कार्तिक ११ गते – तुलसीपुरकी एक महिलाले जबरजस्ती बलात्कार गरेको भनेर किटानी जाहेरी दिएपछि सल्यानका एक युवक पक्राउ परेका छन्। सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ लुहामका २६ प्रमोद श्रेष्ठ पक्राउ परेका हुन्।  इलाका प्रहरी कार्यालय तुलसीपुरको आग्रहका आधारमा इलाका प्रहरी कार्यालय लुहामले श्रेष्ठलाई पक्राउ गरी बुधबार आवश्यक कानुनी कारबाहीका लागि दाङको तुलसीपुर पठाएको छ।  इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले तुलसीपुरमा बस्दै आएकी एक १९ वर्षीया विवाहित महिलाले कात्तिक ७ गते इप्रका तुलसीपुरमा श्रेष्ठविरूद्ध किटानी जाहेरी दिएपछि सोही जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरी दाङ

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १४५ पटक पढिएको
  • भारतबाट भित्रिएका नक्कली मगन्तेलाई नियन्त्रण गर्दै प्रहरी

    काठमान्डौ,कार्तिक ११ गते – विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको  वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।हाल वीरगञ्ज बजार आसपास क्षेत्रमा करिब १०० को सङ्ख्यामा विभिन्न उमेर समूहका भारतबाट आएका मागन्ते छन् । विभिन्न बालबालिकादेखि वृद्धव

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १२८ पटक पढिएको
  • एएफसी यू–२३ छनोटको दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

    काठमाण्डौ,कार्तिक ११ गते – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल  र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ ।  आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ । नेपाल  पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १३० पटक पढिएको
  • २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं,कार्तिक ११ गते – नेपाल राष्ट्र बैंकले आज  २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा न

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १११ पटक पढिएको
  • विराटनगरमा थप १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारणको ट्याङ्क थपिने

    सिरहा,कार्तिक ११ गते – विराटनगरमा रहेको  नेपाल आयल निगमको डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण (ट्याङ्क) थप्ने काम अन्तिम चरणमा पुगेको छ ।निरन्तर  पेट्रोलियम पदार्थको माग  बढिरहेका कारण  निगमले मट्टितेलका दुई ट्याङ्कलाई  पेट्रोल ट्याङ्कमा परिवर्तन गर्न लागेको बताएको छ । मट्टितेलको माग कमी हुँदै गएका कारण सोही ट्याङ्कलाई  पेट्रोल ट्याङ्कमा परिवर्तन गर्दा सहज हुने निगमको निष्कर्ष छ ।नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालय प्रमुख अशोक साहका अनुसार विराटनगर डिपोबाट दैनिक ४ देखि ५ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको छ । तर, डिपोमा हाल पेट्रोलको भण्डारण क्षमत

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ११५ पटक पढिएको
  • स्थायी कमिटी बस्दै

    सिरहा, कार्तिक ११ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्दै छ । काठाडमौंको तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा अगामी मंसिर १० गते चितवनमा हुन लागेको आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने जनाइएको छ । बैठकमा प्रतिनिधि छनोट महाधिवेशन प्रतिनिधि छनौटको प्रक्रिया लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले जानकारी दिएका छन । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन सम्पन्न गर्ने केन्द्रीय सर्कुलर बमोजिम एमाले फुट विभाजनको कारण अधिवेशन विवारहित नहुँदा कतिपय पालिका र वडाहरुमा अधिवेशन सम्पन्न हुन बाँकी छ । बैठकले त्यस विषयमा समेत प्रवेश गर्ने जनाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १३३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२