सिरहा,कार्तिक १५ गते – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज आफूले राजीनामा दिने अनलाइनखबरसँग पुष्टि गरे ।९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् । कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन
बाँके,कार्तिक १५ गते – बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी खजुरा गाउँपालिका(३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ
सिरहा,कार्तिक १५ गते – लहान नगरपालिका–१९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको २ सय २५ एमएलको १ हजार ६२ बोतल ‘लाइकोटोन’ औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका(१ बस्ने २२ वर्षीय शत्रुधन राम र बरियारपट्टि गाउँपालिका(५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश २(०१(००१ ह ०६७३ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि फेला पारी औषधि ल्याउने किशोरलाई नगद ४३ हजार नेपाली रुपैयाँ र टेम्पु चालक शत्रुधनलाई ट्याम्पु सहित पक्राउ गरेको हो
सिरहा,कार्तिक १५ गते । सिरहाको सुखिपुर नगरापालिकाको दैहिपौडीमा एक जना युवक मृत अबस्थामा फेला परेको छ ।सुखिपुर नगरपालिका वडा नं.४ मा दैहिपौडीको नहर देखी दक्षीण धानखेतको छेउमा युबकको शब भेटिएको छ ।आज विहान स्थानियहरु मृत अबस्थामा रहेको शब देखेपछि सुखिपुर प्रहरीलाई खबर गरेका थिए । मृत युबक सिरहा जिल्ला औरही गाँउपालिका वडा नं. ४ लबटोली वस्ने फुलेश्वर यादबको छोरा वर्ष २५ को सचिन यादब रहेको छ ।मृतकका बुवा फुलेश्वर यादबले भने यसलाई कसैले मारेर फालेको हुन सकने बताए ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाबारे थप अनुसंधान भई रहेको जानकारी गराए ।
सिरहा,कार्तिक १५ गते । अबैध रुपमा ओसार पोसार गरी ल्यादै गरेको लाखौ मुल्यको साल काठ डिभिजन वन कार्यालय सिरहा,लहानले पक्राउ गरेका हुन ।अबैध रुपमा चुरे वन क्षेत्रबाट तस्करहरु तस्करी गरी ल्याउदै गरेको बिशेष सुराकको अधारमा डिभिजन वन कार्यालय लहानले पक्राउ गरेको छ ।गोलजार नगरपालिका चौर्हवा स्थितबाट आज विहान सब डिभिजन वन कार्यालय चौर्हवा र डिभिजन वन कार्यालय लहानको संयुक्त टोलीले चौर्हवा मा.वि. देखी उत्तरबाट १३ थान साल चिरान र ४ थान साईकल र मैनावती पुल नजिकबाट ५ थान साल काठ चिरान (फेन्टा)गरी जम्मा २० थान काठ चिरान पक्राउ गरेको छ ।साईलकलमा लोड गरी ल्याउदै गरेको अबस्थामा वन कर्मचारीहरुलाई देखेपछि
सिरहा, १४ कात्तिक । जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले संघीय सरकारले पर्याप्त बजेट नदिएका कारण प्रदेश र स्थानीय तह ठिक ढंगले क्रियान्वयन नभएको बताउनुभयो । आज सिरहाको सुखीपुर नगरपालिका ४ स्थित पोखरियामा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष भट्राईले प्रदेश र स्थानीय तहमा ३० प्रतिशत मात्रै बजेट दिई ७० प्रतिशत बजेट संघ सरकारले आफ्नै मातहतमा राखेर उल्टो काम गरेका कारण संघीयताले ठिक ढंगले काम गर्न नपाएको गुनासो गर्नुभयो । नेता भट्राईले सवै पार्टीहरुको संयुक्त प्रयासमा लोकतान्त्तिक गणतन्त्र स्थापना भएपनि सहि लोकतन्त्र
सिरहा,कार्तिक १४ गते - आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, आजका लागि तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार
जनकपुरधाम,कार्तिक १४ गते । बालविवाह न्युनिकरणको लागि महोत्तरीको विभिन्न ७ वटा स्थानीय तहमा बालविवाह न्युनिकरण स्थानीय प्रणाली शुद्धिकरण परियोजना सुरु गरिएको छ ।जिल्लाको जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, लोहारपट्टी नगरपालिका, बलबा नगरपालिका, मनरासिशवा नगरपालिका, पिपरा गाउँपालिका र महोत्तरी गाउँपालिकामा उक्त परियोजना लागू हुने भएको छ । यूएसएड लगायतका दातृ संस्थाको सहयोग तथा रतौली युवा क्लव महोत्तरीको समन्वयमा सुरु भएको उक्त परियोजना अन्तर्गत माथि उल्लेख गरिएका७ वटै स्थानीय तहका ४९ वटा विद्यालयमा जीवन उपयोगी शिक्षा तथा व्यवहार परिवर्तन सम्बन्धि थप अध्ययन अध्यापन गराईने छ । परियोजना संयोजक सुन
कञ्चनपुरमा,कार्तिक १४ गते । कैलाली र कञ्चनपुरमा गाडी चोर्ने गिरोहका पाँचजनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। बेलौरी नगरपालिका ४ बेलौरी बजारमा रहेको डिडि अटो मोबाइलको सोरुमबाट चोरेका तीनवटा १५० सिसिका बजाज पल्सर मोटरसाइकलसहित गिरोहका पाँच जना पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाको नेतृत्वमा खटिएको प्रहरी टोलीले, सोरुमको सटर तोडेर चोरी भएका तीनवटै मोटरसाइकल बरामद गरेको छ । प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का २० वर्षका विवेक बम, सोही वडाका २४ वर्षका लक्ष्मण चुनारा, वडा नम्बर १२ का १९ वर्षका ठगी राना वडा नम्बर १ का २० वर्षका पारस विष्ट र
कैलाली,कार्तिक १४ गते–धनगढी उपमहानगरपालिका-१ बुद्धमार्गस्थित सडकबाट ४ ग्राम १ सय मिलिग्राम अबैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका(८ बस्ने २४ वर्षीय बसन्त चौधरी लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्रा गरिरहेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । भने सोहि क्रमा नेपाल प्रहरीले अक्रो ठाउँ बाट थप पक्रउ परेको छ वीरेन्द्रनगर नगरपालिका–८ सुकुम्बासी टोल बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई ६ सय ५० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद ४ हजार ४ सय
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.