X wada

मुख्य समाचार

    Showing २,७०१-२,७१० of २,९६८ items.
  • लक्ष्मी पुजाको अवसरमाा भव्य कलश यात्रा

    अनुभक्त चौधरी,सिरहा,कार्तिक १८ गते । सिरहाको जयपुरमा आयोजित लक्ष्मीपु्जाको अवसरमा भब्य कलश यात्रा निकालिएको छ ।आज लक्ष्मी पुजाको अवसरमा सम्पन्न गरेको कलश यात्राको उद्घाटन धनगढीमाई नपाका नगर प्रमुख हरिनारायण चौधरीले गर्नु भएको थियो ।उक्त कार्यक्रममा  धनगढीमाई नपा ४ का वाडा अध्यक्ष  रामु चौधरी,बुधिजिवी भद्रभलादमी  लगायत स्थानिय बासीको सहभागिता रहेको थियो । कलश यात्राको उदघाटन भगवान हनुमानको नाममा जय जयकार बोलाई भण्डा गडेको थियो भने नगर प्रमुख चौधरी रिवन काटेर उद्घाटदन गरेका थिए । कलश यात्रामा सयौ स्थानिय को सहभागिता रहेको थियो । कलश यात्रिले धनगढीमाई नपा ५ स्थित राजदेवि

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • २१७ पटक पढिएको
  • धनधान्यकी देवी लक्ष्मीको घरघरमा पुजा

    सिरहा,कार्तिक १८ गते । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व आज कार्तिक कृष्ण आमावश्या अर्थात गाईतिहारे औंसी तिथि दिपावली मनाउँदैछन । कार्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ ।कात्तिक कृष्ण औंसीको रात्रिलाई सुखरात्रि भन्ने गरिएको हो । औंसीको दिन साँझ वा रातिमा लक्ष्मीको पूजा गर्ने, साँझमा दीपमालिका गर्ने र बत्ती बाल्ने गरिन्छ । घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिर देखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत रुपमा यसको पूजा गरिन्छ । हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा ष

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • १६१ पटक पढिएको
  • चोहर्वामा ट्रयाक्टरबाट एक बालकको मृत्यु

    सिरहा,कार्तिक १७ गते –गोलबजारमा स१त  ७९५ नम्बरको ट्रयाक्टरबाट लडेर एक बालकको ज्यान गएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नं ४ चोहर्वा निवासी नशिवलाल सदाको छोरा अन्दाजी बर्ष १० को  निसान्त सदाको बुधबार बिहान ट्रयाक्टरबाट लडेर ज्यान गएको गोलबजार प्रहरीले बताए । सगुन ईंटा उद्योग गोलबजारको लागि चोहर्वा गाउँको बाटो हुँदै मैनावती खोलाबाट बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा  ट्रयाक्टरको इन्जिन भएको  सिटबाट लडेर घाइते भएको बालकलाई उपचारको लागि लहान लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताए ।   ट्रयाक्टर गोलबजार प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको  &n

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ११६ पटक पढिएको
  • नेपालबाट भारतमा विद्युत् बेच्न सुरु, पहिलो चरणमा ३९ मेगावाट निर्यात

    सिरहा,कार्तिक १७ गते – नेपालले पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतमा निर्यात सुरु गरेको छ ।गएराति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि यो लाइनबाट विद्युत् आयात हुँदै आएको थियो ।  अस्ति मात्रै नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको थियो । यो अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट व

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ८२ पटक पढिएको
  • डिभिजन वन कार्यालयले पुनः साल काठ गरे पक्राउ

    सिरहा,कार्तिक १७ गते । डिभिजन वन कार्यालय सिरहा,लहानले पुनः साल काठ सहित साईकल पक्राउ गरेको छ ।डिभिजन वन कार्यालय सिरहा,लहानले गस्तीको क्रममा मंगलबार राती पुनः ६ थान सालको काठ र ३ थान साईकल पक्राउ गरेको छ ।डिभिजन वन कार्यालय सिरहा,लहान र सव डिभिजन वन कार्यालय मिर्चैयाबाट सस्त्र वन सुरक्षा शाखा प्रमुख ब्रहमदेब यादबको कमाण्डमा खटिएको संयुक्त स्तीटोलीले गोलवजार नगरपालिका र मिर्चैया नगरपालिकाको सिमानामा पर्ने धुर्मीखोला किनारबाट पक्राउ गरेको छ ।उक्त काठ तस्करहरु छिमेकी जिल्ला उदयपुरबाट लुकीछिपी ल्याई विभिन्न सःमिलमा बेचने गरेको विशेष सुचनाको अधारमा पक्राउ गरेको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • २४० पटक पढिएको
  • अवैध पाटाका बरामद गरी सशस्त्र प्रहरीद्वारा नष्ट

    सिरहा, कार्तिक १६ गते । सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटाका बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल सिरहाले जिल्लाको विभिन्न स्थानबाट पटाका बरामद गरी नष्ट गरेको हो । रकेट पटाका, चक्कर, फुलझरी, खुसार्नी, आलु बम लगायतका पटाका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल सिरहाका प्रवक्ता डिएसपी योगेश दहालले बताए ।लक्ष्मीपुर पतारी गाउँपालिका ३ महेशपुरमा स २ प ८५५४ र स ७ प ३७५ नम्बरको मोटरसाईकलमा भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरेको थियो । उक्त मोटरसाईकलमा विभिन्न प्रकारका डेढ लाख मूल्यको पाटाका रहेको डिएसपी दहालले बताए ।यस्तै सशस्त्र प्रहरी बलको टोलीले सिरहा नगरपालिका १८ बाट १० ह

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • २०८ पटक पढिएको
  • प्रदेश १ काे मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

    विराटनगर, कात्तिक १६ गते । भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा ५१ वर्ष अघि जन्मिनुभएका राजेन्द्र राई प्रदेश १ कोे मुख्यमन्त्री बन्नुभएको छ । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईको कान्छो सन्तानको रुपमा वि।सं। २०२७ साल असार १५ गते तत्कालिन किमलुङ गाविसमा जन्मिनुभएका राई विद्यालय तहबाटै विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो । विद्यालयमा अनेरास्ववियुमा सङ्गठित भएर राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका राई ३७ वर्षदेखि अनवरत राजनीतिमा संलग्न रहँदै आउनुभएको छ ।वि।सं। २०४३ मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडांैको रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रवेश गर्नुभयो । क्याम्पसमा

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • १४४ पटक पढिएको
  • वर्ष भरी बसाई दिपावली र छठमा कुम्हालेलाई चटारो

    सिरहा,कार्तिक १६ गते । सिरहा धनगढीमाई नपा ७ कसहाका ४८ वर्षिय अर्जुन पण्डित (कुम्हाले) लाई अहिले भ्याई नभ्याई छ । उनीमात्र हैन यहाँका करिव ४० घर परिवार पण्डितहरु भित्रिदै गरेको दिपावली, छठ पर्वका लागि माटोका भाँडा बनाउन तल्लिन छन् ।दिपावली लागि चाहिने माटोको पाला तथा छठ पर्वमा चाँहिने दियो, डिबिया, पाला, धुपैरो, हात्ती, कोसिया, कुर्वार, मट्का (माटोको गाग्री) लगायतका सामाग्रीको माँग बढेपछि कुम्हाले समुुदायलाई चटारो भएको हो ।तराईका सांस्कृतिक पर्व छठ तथा दिपावली नजिकिदै गर्दा पूजाका लागि चाहिने माटाका भाँडाको माँग अत्यधिक भएकाले परिवारै भाँडो तथा पुजा सामग्री बनाउन वेस्त भएका हुन् ।छठ र दिपावलीमा

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • १६० पटक पढिएको
  • लहानबाट औषधी सहित २ जना पक्राउ

    सिरहा,कार्तिक १५ गते । सिरहा प्रहरीले अबैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको अबैध औषधी सहित २ जनालाई पक्राउ गरेको छ ।लहान नगरपालिका–१९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको २ सय २५ एमएलको १ हजार ६२ बोतल ‘लाइकोटोन’ औषधि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका–१ बस्ने २२ वर्षीय शतरुधन राम र बरियारपट्टि गाउँपालिका वडा नं. ५ बस्ने १८ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।उनीहरु प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रम

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • १५६ पटक पढिएको
  • तलबभत्ताको माग गर्दै शिक्षक तथा कर्मचारी आन्दोलनमा

    सिरहा,कार्तिक १५ गते – सिरहाको कल्याणपुर नगरपालिका क्षेत्रका शिक्षक र कर्मचारी आन्दोलित भएका छन्। विद्यालय बन्द गरी शिक्षक र कर्मचारीहरु कल्याणपुर नगरपालिकाको प्रशासनिक भवन अगाडी धर्नामा बसेका छन्।चाडपर्वका वेला आफूहरुलाई तलबभत्ता नदिएको भन्दै उनीहरुले अनिश्चितकालिन धर्ना सुरु गरेका हुन्। चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै धर्ना सुरु गरेका शिक्षक कर्मचारीले विद्यालयको पठन पाठन नै बन्द गरेका छन्। आन्दोलन संचालन समितिका संयोजक रामपुकार रायले कल्याणपुर नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलबभक्ता भुक्तानी नगरेपछि दबाब दिनका लागि बाध्य भएर आन्दोलनमा

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • १३८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२