X wada

मुख्य समाचार

    Showing २,६९१-२,७०० of २,९६८ items.
  • फुल आयात गर्नुपर्ने वाध्यता

    सिरहा, कार्तिक २० गते । बेमौसमी वर्षाले फुलका बोटहरुलाई नष्ट गरिदिंदा सिरहाका विभिन्न ठाउँमा फुल खेती लगाइएका कृषकहरु चिन्तित बनेका छन् । वर्षाले फुल खेतीलाई नष्ट पारिदिंदा नजिकिंदै गरेको दीपावली र छठ पर्वको लागि फुलको मागलाई परिपूर्ति गर्न अन्यत्रबाट फुल आयात गर्नुपर्ने वाध्यताका रहेको कपिलदेव नर्सरीका संचालक राम चौधरीले वताउनुभयो ।सिरहास्थित धनगढीमाई नगरपालिकामा दर्जनभन्दा बढी फुल नर्सरी रहेका छन् । फुलको लागि प्रख्यात रहेको धनगढीमा यसअघि दशैं, तिहार र छठ पर्वको लागि स्थानीय स्तरमा उत्पादन भएको फुलबाट परिपूर्ति हुनुको साथै दुर दराजको ठाउँबाट फुलको मागलाई समेत पूर्ति गरिरहेको थियो । 

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • १५७ पटक पढिएको
  • दर्जनौ कार्यकर्ता माओवादीमा प्रवेश

    सिरहा, कार्तिक २० गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं।५ स्थित तैंतिस विगहामा एमाले पार्टी लगायत अन्य पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश भएको छ ।  नव प्रवेशी रामकरण यादव, शिवनाथ यादव, राजकुमार यादव, रामकुमार यादव, भोगी साह लगायतलाई  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले अबिर लगाई पार्टी प्रवेश गराउनुभएको छ ।  नव प्रवेशीलाई स्वागत तथा शुभकामना व्यक्त गर्नुहुँदै नेता चौधरीले सबैको सहयोगले मात्र देश र समाज निर्माण गरिन सकिने कुरा बताउनुभएको छ । सबैको अस्तित्व स्वीकार नगर्दा के।पी।ओलीले

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • ९७६ पटक पढिएको
  • आगलागिबाट करिब ६१ लाख रुपियाँको क्षती

    इलाम, कार्तिक १९ गते । इलामको देउमाइ नगरपालिका २ महबिरका चन्द्रप्रसाद पौडेलको घरमा बिहिबार साँझ आगलागि हुँदा ६१ लाख बढी रुपियाँको क्षती भएको अनुमान गरिएको छ ।बिद्युत सट भई आगलागि हुँदा ढुंगा, माटो, काठ र टिनले बनेको दुई तले घरसहित नगद र सरसामान जलेर नष्ट हुँदा ६१ लाख ५ हजार ५ सय बराबरको क्षती भएको पीडितले जनाउनुभएको हो । आगलागी हुँदा घरभित्र भएको किराना पसल, दुध डेरीसहित नगद, सुन चाँदी खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी र स्थानीयले राती ९ बजे आगो नियन्त्रणमा लिएका थिए ।आगलागिबाट नगद ५ लाख, सुुन १० तोलाको ९ लाख २० हजार, चामल ३० बोरा ७५ हज

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १११ पटक पढिएको
  • छपराडी बजारबाट करणी गरेको अभियोगमा एक पक्राउ

    सिरहा,कार्तिक १९ गते । सिरहाको छपराडी बजारबाट जबरजस्ती करणी गरको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।धनगढीमाई नगरपालिका वडा नं. ११ घर भएको गौरी महतोले एक जना २५ वषर्यी महिलालाई करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।श्रोतका अनुसार पक्राउ परेका महतो अटो चालक रहेको र उनी उक्त महिलालाई घर पुर्याईदिने वहानमा आफनै घरमा लगी करणी गरेको पिडित पक्षको आरोप रहेको छ ।ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डा.तपन दहालका अनुसार पक्राउ परेका महतोलाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसंधान भई रहेको बताए ।  

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १५५ पटक पढिएको
  • बजार अनुगमन तिब्र, म्याद गुुज्रेको समान बेच्ने व्यापारीमाथि कार्वाही

    सप्तरी, १९ कात्तिक । बजार अनुगमन टोलीले सिरहा र सप्तरीकोे बिभिन्न पसलबाट करिब डेढ लाख मुल्य बराबरको म्याद गुज्रेको तथा गुणस्तरहीन समान नियन्त्रणमा लिएर नष्ट गरेको छ । चाडपर्वलाई लक्षित गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाईमा गरिएको बजार अनुगमनको क्रममा अनुगमन  टोलीले म्याद गुज्रेको खाद्य पदार्थ तथा पेय पदार्थ फेला परेपछि नियन्त्रणमा लिएर नष्ट पारेको हो । लेबल नभएको, म्याद गुज्रेको तथा भारतीय समान बिक्री बितरण गरेको भन्दै अनुगमन टोलीले राजविराज नगरपालिका ७ स्थित आर.यु. पी जेनरल स्टोरमाथि कार्वाही गरेको छ । अनुगमनका क्रममा ठुलो परिमाणमा म्याद गुज्रेको समान बरामद् भएको

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १४६ पटक पढिएको
  • दीपावली लगतै तराई–मधेशमा छठ पर्वको तयारी सुरु

    सिरहा,कार्तिक १९ गते – दीपावली लगतै तराई–मधेशमा छठ पर्वको तयारी सुरु भएको छ । दीपावलीमा माटोका मौलिक पाला र दियोको बिक्री उच्च रहेको तराई(मधेशका क्षेत्रमा आगामी बुधवार मनाइने छठका लागि केराको बिक्रिबढेको छ ।सूर्यदेवको अराधना, उपसना र पूजाको यो पर्वमा केरा, उखु, नरिवल,सुथनी,करकलो,कागती,गोलोकागती,अदुवा,हलदी लगायतका फलफूल, वासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ ।त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ति, घैला लगायत सामग्री र महिलाले लगाउने वस्त्र चाहिन्छ । पर्वमा यी सामाग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ । छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा रहे पनि फलफूलको रुपमा केरालाई नै मुख्य

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १५३ पटक पढिएको
  • जुवा खेल्दै गरेका ३१ जना पक्राउ

    बुटवल,कार्तिक १९ गते – कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जना पक्राउ परेका छन् । जिल्लाको दुई ठाउँबाटा ६ लाख बढी नगदसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्लाको बाणगंगा नगरपालिका(१ बैरियास्थित किशोरजङ्ग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले गएराति दुई स्थानका जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगदसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकाहरू स्थानीय उद्योगी व्यापारी भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।पक्राउपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १३१ पटक पढिएको
  • बसको छतबाट खसेर एक जनाको मृत्यु

    दाङ, कात्तिक १९ गते – तिहारको किनमेल गरि सिटमा बसेर आए, सामान झार्न छतमा चढेका उनी त्यहीँबाट लडेबसको छतबाट खसेर घाइते भएका सल्यानका एक ब्यक्तिको दाङमा उपचारका क्रममा मृत्यु भएको छ। सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नं। ३ का ३४ वर्षीय रविन्द्र बोहोरा बिहीबार बेलुका ६ बजेतिर समान झार्ने क्रममा बसको छतबाट खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११स्२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले जानकारी दिए। सल्यानको श्रीनगरबाट तिहारको लागि किनमेल गरेर गएका बोहोरा घरमा पुगेपछि सामान झार्ने छतमा

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ५८ पटक पढिएको
  • नेपाल संवत् ११४२ सुरु, आजै म्ह :पूजा

    सिरहा,कार्तिक १९ गते – प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो,

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ८१ पटक पढिएको
  • धुमधामका साथ गोवर्द्धन पर्व मनाईदै

    अनुभक्त चौधरी,सिरहा,कार्तिक १९ गते । दिपावलिको आज चौथौ दिन हिन्दु तराईमा धुमधामका साथ गोवर्द्धन पर्व मनाईदै छ ।गोवर्द्धन पर्वमा विहानै उठेर घर आगन लिप पोत गरि गोठ लाई सफा गरि गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।आज किसान हरुले सबेरै हलो,जुवा,कुटो,कोदालो लगायत कृषि उपकरणहरु धोई एक ठाउँमा राखि पुजा गरि रहेको छ । अहिले प्राय ट्रयकटरले खेति गरेपनि गोरु हुने हरुले गोरुलाई नायाँ दाम्लो लगाई बेहुलाझै सिगारि

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १४४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२