X wada

मुख्य समाचार

    Showing २,६८१-२,६९० of २,९६८ items.
  • गृहमन्त्री खाँण जनकपुरधाम आउँदै

    सिरहा,कार्तिक २२ गते – मंसिर महिनामा हुने भनिएको नेपाली काँग्रेसको महाधिवेशनलाई लक्षित गर्दै गृहमन्त्री बालकृष्ण खाँण सोमबार जनकपुरधाम आउने भएको छ ।नेपाली काँग्रेसका सभापतिका आकाँक्षी विमलेन्द्र निधि धनुषा जिल्लामा कार्यकर्ता भेला गरि फर्किए लगतै गृहमन्त्री खाँण धनुषा जिल्लाका ४ वटै क्षेत्रका नेता कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसमा निधिलाई कमजोर पार्नकालागि नेताहरु धनुषा जिल्लामा सक्रियता बढाउन लागेको हो । धनुषा जिल्लामा यस अघि काँग्रेसका नेता प्रकाशमान सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु उनीहरु निधिलाई लक्षित गरेर कार्यक्रमहरुलाई तीव्रता दिएक

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • १२७ पटक पढिएको
  • सहजा सिंचाईले कृषकहरुमा खुशीयाली

    सिरहा,कार्तिक २२ गते । वर्षौदेखि अकाशे पानीको भरमा खेतीपातीगर्दै आएको सिरहास्थित औरही गाउँपालिका वडा नं. ३ र ४ का कृषकहरुलाई प्रदेश सरकारको सहयोगले सहजानदीमा हेडबक्स, क्यानललगायतका संरचना निर्माण गरिदिएपछि कृषकहरुको मुहारमा खुशीयाली छाएको छ । प्रदेश नं. २ सरकारको भौतिकपूर्वाधार विकास मन्त्रालय अन्तर्ग जलश्रोत तथा सिंचाई विकास कार्यालय सिरहा मार्फत् सहजा नदीमापाँच करोड ६० लाखको लागतमा हेडबक्स, क्यानल लगायतका संरचनानिर्माण भएर कृषकहरुको खेत खेतमा सिंचाई हुनथालेपछि आफूहरु खुशीभएको स्थानीय अशेश्वर यादवले जनाउनुभयो । हेडबक्स नभइदिंदा औरही वडा नं. ३ र ४ का खजनपुर, इटाटार, गोठ लगायतवरिपरिका

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • २२९ पटक पढिएको
  • माओवादी केन्द्रको जिल्ला संयोजक तोकियो

    सिरहा, कार्तिक २१ गते । धनुषाको जनकपुरस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रदेश २ को नेकपा माओवादी केन्द्रले पार्टी जिल्ला समन्वय समितिको संयोजक तोकेको प्रदेश नं.२ का अध्यक्ष प्रल्हाद बुढाथोकीले वताउनुभयो । अध्यक्ष बुढाथोकीका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सामा क्रमशः उमेश कुमार यादव, रामकुमार यादव, दीपक यादव तुलसी ढुंगाना, कमल बुढाथोकी, देवेन्द्र पटेल, अनिल श्रेष्ठ र पर्सामा रामदरेश कुशवाहलाई तोकेको जनाउनुभयो । 

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १५१ पटक पढिएको
  • मिथिलामा छठ पर्वको तयारी

    सुरेश कुमार कर्ण सिरह,कार्तिक २१ गते – मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले सिरहा जिल्लासहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ ।खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला,हलदि,करकलो,

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १८६ पटक पढिएको
  • जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन,कार्तिक २१ गते – चितवन। चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।भाइटीकाको दिन राति लोथर खोला ड्याम घुम्न गएका चितवनको राप्ती नगरपालिका-१ घालनचोक बस्ने २८ वर्षीयका सागर लामासहित तीनजनालाई हात्तीले आक्रमण गरेको थियो ।हात्तीले आक्रमण गरेपछि बेपता भएका सागरको लोथर खोला पारीपट्टि मनहरी गाउँपालिका-६ खयरघारीमा आइतबार विहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।सागरसँगै घुम्न गएका ३५ वर्षीय कृष्ण लामा सामान्‍य घाइते छन् भने २३ वर्षीय शक्ति गुरुङ सकुशल छन्।

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ८७ पटक पढिएको
  • एम्बुलेन्स दुर्घटना बाट एक जनाको मृत्यु, ६ घाइते

    ताप्लेजुङ,कार्तिक २१ गते– मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागी वीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको गाउँपालिकाका प्रवक्ता दिवस चोङवाङले जानकारी दिए। एम्बुलेन्समा चालकसहित ७ जना सवार थिए। अन्य ६ जना सामान्य घाइते छन्।उनीहरुको उपचार भइरहेको चोङवाङले बताए। एम्बुलेन्स साँघुरो सडकबाट ५० मिटर तल खसेको छ। उक्त एम्बुलेन्स चैत्रमा भारतीय दूतावासले गाउँपालिकालाई दिएको थियो।

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ११० पटक पढिएको
  • ४ लाख ४३ हजार नगदसहित १६ जना जुवाडे पक्राउ

    काठमाडौं,कार्तिक २१ गते– प्रहरीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं। १४ पुरानो नैकाप स्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजे १६ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १६ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए ।पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(१३ पुरानो नैकाप घर भइ बस्ने बर्ष ५२ वर्षीय पुष्कर थापा, सोही नगरपालिका बस्ने ४६ वर्

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ८९ पटक पढिएको
  • कृषि विद्युतीकरणले कृषकहरु लाभान्वित

    सिरहा,कार्तिक २१ गते ।प्रदेश नं.२ को संसदीय विकास कोषबाट सिरहाको दक्षिणवर्ती क्षेत्र सखुवानान्कारकट्टी वडा नं.३ को विभिन्न ठाउँमा कृषिविद्युतीकरणमा लगानी गरिएपछि त्यस भेगका कृषकहरुले मनग्यै आम्दानी गर्न थालेका छन् । अकाशे पानीको भरमा खेतीपातीगर्दै आएका सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.३ का स्थानीयको खेत खेतमा कृषिविद्युतीकरण भएपछि कृषिकर्म गर्न स्थानीय कृषकलाई सहजभएको छ । खेतीपातीको सहाराबाट जीवनयापन गरिरहेका त्यस भेगका कृषकलाई यस अघि सिंचाईको उचितप्रबन्ध नहुँदा अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने वाध्यता रहेको स्थानीय सरिता देवी रामले बताइन् । प्रदेश नं. २ का सभासद्

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १७० पटक पढिएको
  • कुटपिट बाट एक युवकको हत्या

    सिरहा,कात्तिक २१ गते –बुटवल । दाङमा धारिलो हतियारले हानेर एक युवकको हत्या भएको छ । युवाहरुको एक समूहले लाठी र धारिलो हतियारले हान्दा तुलसीपुर उपमहानगरपालिका–४ नयााबस्तिका २१ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो ।कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउापालिका–४ का १७ वर्षीय शंकर डाागी गम्भीर घाइते भएका छन् ।दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते मगरलाई उपचारका लागि आज बिहान तीन बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते डाागीलाई थप उपचारका लागि भारतको लखनउ लगिएको एसपी काफ्लेले बताए ।पुन र डाँगीमाथि पुरानो रिसि

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १३८ पटक पढिएको
  • दोस्रो महदेबा कप दोस्रो दिन महदेवा एस.सी १ गोलले विजय

    सिरहा,कार्तिक २० गते । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले स‌ंचालन गरेको फुटवल प्रतियोगिताको दोस्रो दिन महदेबा एस सी १ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज दोस्रो दिन महदेवा एस सी आयोजक टिम र हर्दिया सप्तरी विच भएको खेलमा महदेवा एस सी १ गतेलले विजय भएकोे आयोजक संस्थाले जनाए ।निधार्रीत समयमा बराबरमा भएका दुबै टिमलाई थप प्लायन्टीमा ५-५ बलमा आयोजक टिमले ५ गोल र हर्दिया टिमले ४ गोल गरेकोमा महदेवा आयोजक टिमले १ गोलले विजय भएको आयोजक संस्थाले जनाए ।आजको खेलमा म्यान अफ द म्याच महदेवा एस सीका

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • ७७४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२