X wada

मुख्य समाचार

    Showing २,६६१-२,६७० of २,९६८ items.
  • दुई दिनमा १५ लाख मात्रा खोप आयो

    सिरहा,कार्तिक २६ –गते । नेपालमा भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ । बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बिहीबार थप १० लाख मात्रा भेरोसेल खोप आएको बताउनुभयो । उहाँले बुधबार राति स्विजरल्यान्डबाट थप चार लाख ९२ हजार मात्रा कोरोनाविरुद्धको खोप आएको जानकारी दिनुभयो । कोभ्याक्स सुविधाअन्तर्गत र स्विजरल्यान्ड सरकारले चार लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आएको हो । ढुङ्गानाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार मात्रा र स्विजरल्यान्ड सरकारले एक लाख ४४ हजार

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १२९ पटक पढिएको
  • अवैध लागूऔषध सहित दुई जना पक्राउ

    दाङ,कार्तिक २६ गते –राप्ती गाउँपालिका-१ पाखापानीबाट १ ग्राम ९२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय उमेश गुरुङ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित      उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • ८५ पटक पढिएको
  • नक्कली नोट सहित पक्राउ

    कैलाली,कर्तिक २६ गते –बर्दगोरिया गाउँपालिका(२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १०७ पटक पढिएको
  • रामचन्द्र झा माधवसंग जाने

    सिरहा,कार्तिक २६ गते – नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।समाजवादीको आयोजनामा मंसिर ७ गते धनुषाको विदेह नगरपालिका तीनकौरिया चोकमा हुन लागेको आमसभाको क्रममा नेता झाले औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । समाजवादी पार्टी अध्यक्ष माधव नेपालको सहभागिता रहने बताइएको छ । आमसभाको तयारी बैठक शुक्रबार हुने कार्यक्रम रहेको छ । माओवादी केन्द्र प्रति आप् mनो कुनै असन्तुष्टि नरहेको बताउंदै नेता झाले माधव नेपालसंग काम गरी आफुले कम्युनिष्ट आन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकोले समाजवादी प्रवेश गर्न लागेको स्पष्ट पारेका छन

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १०८ पटक पढिएको
  • धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा एकजनाको मृत्यु

    सिरहा,कार्तिक २५ गते – धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं। ५ महेन्द्रनगरस्थित जनकपुरधाम(ढल्केवर सडक खण्डमा एकआपसमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।ढल्केवरबाट जनकपुरतर्फ गइरहेको ज ९ प २३५५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट तीन जना सवार प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकल बुधबार राति १० बजे एकआपसमा ठोक्किएका थिए ।ठक्करबाट मुत्यु हुनेमा प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकलका चालक रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए । उनले मृतक चालकको नामथर र ठेगाना तत्काल खुल्न नसकेको

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • १५५ पटक पढिएको
  • अवैध लागू औषध सहित एक जना पक्रउ

     सिरहा,कार्तिक २५ गते – मिर्चैया नगरपालिका वडा नं। ४ स्थितमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ऐ।ऐ। बस्ने अं।बर्ष २८ को अनिथा महरा आँपको बगैचामा घुमफिर गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागू औषध गाँजा अं।१०० ग्राम र नाईट्रोभेट १० लेखेको ट्यावलेट ५ पत्ता (५x३०) १५० पिस सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान कार्य भईरहेको ।

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • १२६ पटक पढिएको
  • जनगणना आजबाट हुदै

    सिरहा,कात्तिक २५ गते । राष्ट्रिय जनगणनाका लागि सिरहामा आजबाट जनगण्नाको गणक  परिचालन गरिएको छ । आजबाट सुरु भएको जनगणनाको लागी सात सय ४६ जना गणक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय सिरहाले जनाएको छ । राष्ट्रिय जनगणनाका लागि सम्पूर्ण तयारी पूरा गरी आजबाट गणनाको कार्य आरम्भ गरिएको जिल्ला जनगणना कार्यालय सिरहाका प्रमुख शंकर ठाकुरले जानकारी दिनुभयो  ।मंसिर ९ गते सम्म चल्ने जनगणनालाई प्रभावकारी बनाउन जिल्लाका १७ स्थानीय तहलाई गाभेर मिर्चैयो, गोलबजार, सिरहा, सुखिपुर, भगवानपुर, लहानसहित ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरेको पनि ठाकुरले जानकारी दिनुभयो ।गणकहरु प्रत्येक घरमा पुगेर

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • २३४ पटक पढिएको
  • धुमधामसँग छठ पर्व मनाइँदै

    सिरहा, कार्तिक २४ गते । तराई मधेशमा धुमधामसँग देशभरि बडो निष्ठा एवम् उत्सवको रुपमा छठ पर्व मनाइदैछ । छठ पर्वको अवसरमा सिरहाको नदी तलाउ, पोखरी, खोलाको किनार एवम् जलाशयहरुमा दुलही झैं सिंगारिएको छ ।  सिरहाको जताततै छठ पर्वको गीतले गुन्जयमान छठ पर्वमा अझै रौनकता थपिएको छ । पर्वको आज चौथो र मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पूजा सामाग्रीहरु लिएर स्थानीयहरु जलाशयमा पुगी अर्घ दिइसकेका छन् । आज श्रद्धालु भक्तजनहरु निराहार ब्रत गरिरहेका छन् । पाँच दिनसम्म मनाउने छठ पर्व भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुनेछ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिल

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १२९ पटक पढिएको
  • धुमधामसँग छठ पर्व मनाइँदै

    सिरहा, कार्तिक २४ गते । तराई मधेशमा धुमधामसँग देशभरि बडो निष्ठा एवम् उत्सवको रुपमा छठ पर्व मनाइदैछ । छठ पर्वको अवसरमा सिरहाको नदी तलाउ, पोखरी, खोलाको किनार एवम् जलाशयहरुमा दुलही झैं सिंगारिएको छ ।  सिरहाको जताततै छठ पर्वको गीतले गुन्जयमान छठ पर्वमा अझै रौनकता थपिएको छ । पर्वको आज चौथो र मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पूजा सामाग्रीहरु लिएर स्थानीयहरु जलाशयमा पुगी अर्घ दिइसकेका छन् । आज श्रद्धालु भक्तजनहरु निराहार ब्रत गरिरहेका छन् । पाँच दिनसम्म मनाउने छठ पर्व भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुनेछ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिल

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १९५ पटक पढिएको
  • श्रद्घापुर्वक मनाईने छठ पुजाको सम्पुर्ण तयारी पुरा

    अनुभक्त चौधरी । सिरहा, कार्तिक २४ गते । तराई मधेशमा हर्सोउल्लासले श्रद्घापुर्वक कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाईने छठ पुजाको सम्पुर्ण तयारी पुरा भएको छ ।सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्वमा छठका समानहरु किनमेल देखि लिएर पोखरी,नदी, तलाउ,कुलो र जलासयलाई सफा सुघर गरेर बेहुलिझै सिङ्गारिएको छ ।व्रतालुहरू पानी समेत नखाई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १५१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२