X wada

मुख्य समाचार

    Showing २,६५१-२,६६० of २,९६८ items.
  • कार दुर्घटना हुँदा चार जनाको मृत्यु

    सिरहा,कार्तिक २८ गते ।  रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।मृत्यु हुनेहरुको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकार

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १५३ पटक पढिएको
  • गाँउमै नागरिकता पाएपछि खुशी

    सिरहा,कार्तिक २७ गते । बर्षौ देखी नागरिकताबाट बञ्चित एक सय ३२ जना कर्जन्हाका स्थानियहरु गाँउमै नागरिकता पाएपछि खुशि भएका छन् ।कर्जन्हा नगरपालिका वडा नं. ६ का स्थानीयहरु बर्षौ देखी विपन्न ,दलित समुदायका जनताहरु वडा कार्यालयको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय सिरहको आयोजनामा गाँउमै ९२ जना महिला,४० जना पुरुष गरी जम्मा एक सय ३२ जना नागरिकता वितरण गरिएको वडा अध्यक्ष जगदिश महतोले बताउनुभयो । आर्थिक अवस्थाले कमजोर भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय सिरहा संग समन्वय गरी आज कर्जन्हा नगरपालिका वडा नं.६मा शिविर संचालन गरी वितरण गरिएको अध्यक्ष महतोले बताउनुभयो ।स्थानिय अपाङ्ग दिनेश साहले वडा क

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ३५३ पटक पढिएको
  • सेन्टरको अध्यक्षमा पुनः विश्वकर्मा

    सिरहा,कार्तिक २७ गते । प्रेस सेन्टर नेपाल सिरहाको चौथो जिल्ला अबिधेशन आज गोलवजारमा सम्पन्न भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सिरहा  जिल्लाको अधिवेशनबाट सर्वसहमत अध्यक्ष आशिष विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष राम भरोसी यादब, समावेशी उपाध्यक्ष सन्तोष कुमार साह,महिला उपाध्यक्षमा अञ्जली राउत, सचिब मुकेश कुमार यादब (स्वामी),सह–सचिवमा राम नारायण ठाकुर,कोषाध्य सरोज कुमार पासवान लगायत दुई सदस्य पछि थप्ने गरी १५ सदस्यीय जिल्ला कमिटी गठन गरीएको प्रेस सेन्टर नेपालको सिरहा जिल्ला अध्यक्ष आशिष विश्वकर्माले बताउनुभयो ।त्यसै गरी सदस्यहरुमा सुरेश राय,अनु

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ४०७ पटक पढिएको
  • उदयपुर सिमेन्ट प्लान्ट सुधारका लागि नयाँ योजना

    उदयपुर,कार्तिक २७ गते–उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता वृद्धिका लागि दुई नयाँ योजना अगाडि सारेको छ ।पुराना मेसिन र प्रविधिबाट सञ्चालन हुँदै आएको सिमेन्ट उत्पादन गर्ने प्लान्टले पूर्वनिर्धारित क्षमताअनुरूपमा क्लिङ्कर उत्पादन गर्न नसक्ने भएपछि उद्योग व्यवस्थापनले नयाँ प्रविधि भिœयाएर लागेको हो । उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न करिब ५० करोड रुपियाँको खर्चेर दुई प्लान्ट जडान गर्न लागेको हो ।तीन दशकअघिदेखि सञ्चालनमा रहेका कतिपय मेसिन र प्रविधिका कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेपछि मर्मतसम्भार तथा अपग्रेडिङ अभियानअन्तर्गत नयाँ योजना ल्याउन लागिएको उदयपुर सिमेन्ट उद्योगका महाप्

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १४२ पटक पढिएको
  • आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

    काठमाडौं,कार्तिक २७ गते – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शैय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ। परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो।परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए। आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १२७ पटक पढिएको
  • मंसिर १ बाट विद्युतीय राहदानी परीक्षण

    काठमाडौँ,कार्तिक २७ गते– आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ ।आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा परेको चाडका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ ।मङ्सिर १ गतेदेखि केही हप्ता विभाग

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १०८ पटक पढिएको
  • बाराबाट कटुवा पेस्तो सहित एक जना पक्राउ

    बारा,कार्तिक २७ गते – पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–५. का ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेका छन्।उनलाई प्रहरीले बिहीबार राति खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए। उनको साथबाट पेस्तोलसँगै एक राउन्ड गोली पनि बरामद भएको मिश्रले बताए।बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रदेश–३–०२–०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको मिश्रले बताए।प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ११३ पटक पढिएको
  • डीएसपी तिम्सिनाको निधन

    सप्तरी,कार्तिक २६ गते  इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रमुख ४६ वर्षीय डीएसपी लोकनाथ तिम्सिनाको शुक्रबार निधन भएको छ। काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा डीएसपी तिम्सिनाको बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले बताए।दशैं अघि बिरामी भएका तिम्सिनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो। धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका तिम्सिनाको अवस्थामा सुधार नआएपछि उनलाई केही दिनअघि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो।निमोनियाबाट पीडित तिम्सिनाको उपचारकै क्

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १२० पटक पढिएको
  • गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी प्रहरीको नियन्त्रणमा

    सिरहा,कार्तिक २६ गते – विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै बा२झ ३६४३ नम्बरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।उक्त गाडीमा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ । रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • २५४ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    सिरहा,कार्तिक २६ गते – गत बिहीबार तोलामा एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार  आज सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने गत बिहीबारको तुलनामा थप १५ रुपैयाँले वृद्धि हुँदै एक हजार २८५ रुपैयाँ पुगेको छ

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १०६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२