X wada

मुख्य समाचार

    Showing २,५५१-२,५६० of २,९६८ items.
  • अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

    कैलाली,मंसिर ७ गते – धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ७ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने २६ वर्षीय सन्देश बोगटी र सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय बिजय मगराती रहेका छन् । लु.४५ प २६५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १०१ पटक पढिएको
  • एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

    सोलुखुम्बु,मंसिर ७ गते – आफ्नै २५ वर्षीय छोरा समेत २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलु दुधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं रिफर गरिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ९६ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    तेह्रथुम,मंसिर ७ गते – ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ सिलगुडी बस्ने ३८ वर्षीय  खगेन्द्र भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । खगेन्द्रले ती महिलालाई बारीमा गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १०७ पटक पढिएको
  • स्थानीय तह निर्वाचनको तयारी

    सिरहा,मंसिर ७ गते – सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवासुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १७४ पटक पढिएको
  • राष्ट्र जनगणना अन्तिम चरणमा

    सिरहा,मंसिर ७ गते – राष्ट्रिय जनगणना–२०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म ८५ देखि ९० प्रतिशतजति जनगणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।गत कात्तिक २५ देखि सुरु भएको जनगणना सोमबारसम्म १२ दिन मुख्य गणना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले सोमबारसम्म मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “केही छिटफुट भए जिल्ला जनगणना, स्थानीय जनग

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ११६ पटक पढिएको
  • लहानमा एक शव भेटिए

    सिरहा,मंसिर ७ गते – पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानको पडरियामा एक पुरुषको शव भेटिएको छ । सडक किनारमा सुन्तला रङ्गको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको युवल सडक किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।अहिले प्रहरी घटनास्थल पुगेकोले विवरणहरु आई नपुगेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डा. तपन दहालले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ३२९ पटक पढिएको
  • लुटपाट गरेको अभियोगमा एक जना पक्राउ

    कास्की,मंसिर ६ गते – बालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका–१४ बस्ने स्याङ्जा घर भएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विभिन्न मिति र समयमा मगरले खानेकुरा खान दिई ललाई फकाई ५ जना बालिकाहरुको उक्त मुन्द्रा लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा लुटपाट गरेको उक्त मुन्द्रा र ग.१५ प ६७८८ नम्बरको स्कुटर सहित फेला पारी पक्राउ गरेको हो ।            

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • १२० पटक पढिएको
  • तास खेलिरहेको अवस्थामा छुटा छुटै स्थानबाट १६ जना पक्राउ

    सिरहा,मंसिर ६ गते – नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका–११ मजुवा बस्ने २७ वर्षीय रोमन बयम्बुको छाप्रोमा तास खेलिरहेको अवस्थामा रोमन लगायत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त छाप्रोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  दमक नगरपालिका–२ बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएक

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • १२४ पटक पढिएको
  • बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

    बेनी,मंसिर ६ गते – मंगला गाउँपालिकाकोे  ७ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा म्यागदीमा एक जना पक्राउ परेका छन्। म्याग्दीको मंगला गाउँपालिका–५ का ४७ वर्षीय थमबहादुर बिकलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ्गले जनाकारी दिए। उनका अनुसार बिकविरुद्ध आइतबार म्याग्दी जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको म्याद थप गरिएको छ।  चलचित्र देखाउने बहना बनाएर ललाई फकाई बलात्कार गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले बिक

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • ११० पटक पढिएको
  • जनकपुरका वडाध्यक्षहरु आन्दोलित, उपमहानगरको गेटमा लगाए ताला

    सिरहा,मंसिर ६  गते – जनकपुरधाम। जनकपुरधाम उप(महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन्।पटक(पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उप महानगरपालिकाको मूल गेट तथा मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरी वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहसहितकाले तालाबन्दी गरी धर्ना दिएका हुन् ।‘नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गएको छ ।’ वडा नम्बर ७ का अध्यक्ष साहले भने, ‘हामीले पटक(पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेका कारण तालाबन्दी गरेर धर्नामा बसेका हौं ।’ उनक

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • १२८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२