X wada

मुख्य समाचार

    Showing २,५०१-२,५१० of २,९६८ items.
  • विवाहपञ्चमी महोत्सवको तयारी तीव्र

    सिरहा,मंसिर १३ गते – मंसिर १७ गतेदेखि सुरु हुने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ ।महोत्सवमा जानकी मन्दिरलाई बेहुली झैं सजाउने तयारी सुरु गरिएको हो । मन्दिरमा रंगरोगन तथा पण्डाल निर्माण लगायतको काम तीव्र रुपमा भइरहेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जनाए । विवाहपञ्चमी महोत्सवमा राम कथा प्रवचनको लागि वृन्दावनबाट बालव्यास हरिशरण महराजलाई आमन्त्रण गरिएको छ भने आज नै उनी जनकपुरधाम आउने भएका छन् । त्यसै गरी महोत्सवलाई दृष्टिगत गर्दै मन्दिर परिसरमा विशेष रुपमा किर्तन भजन कार्यक्रमको आयोजना समेत गरिएको महन्थ दासले बताए । तयारीको क्रममा सोमबार रंगभूमि मैदानको निरीक्षण गरी मेल

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १७७ पटक पढिएको
  • अवैध सामग्री भन्सारमा बुझाइयो

    महोत्तरी,मंसिर १३ गते – जिल्लाको सम्सी गाउंपालिका–७ मा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याएको १ लाख १७ हजार ५ सयको किरानाको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार अबेर राति जिल्ला प्रहरी कार्यालय महोत्तरी र सम्सी प्रहरी चौकीबाट खटेको संयुक्त टोलीले स्थानीय बिलास साहको घरमा लुकाइ राखेको अवस्थामा सामानहरु नियन्त्रणमा लिएको हो । प्रहरीले ३१ बोरा चीनी, प्लाष्टिकको प्लेट ,मिठाइमा प्रयोग गरिने रंग लगायतको सामग्री नियन्त्रणमा लिएको हो । त्यसैगरी बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुइ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिप्रका महोत्तरीले जनाएको छ । सामान ल्याउने व्यक्ति फरार भएको छ भ

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १२७ पटक पढिएको
  • २५ घन्टा अगाडि जन्मिएको नवजात शिशु बेरिएको अबस्थामा

    महेश सिंह सिरहा,मंसिर १३ मंसिर – सप्तरीको सुरुङ्गा नगरपालिका ११ स्थित बिहुल खोलामा नवजात शिशु फालिएको अबस्थामा फेला परेको छ। करिब २५ घन्टा अगाडि जन्मिएको नवजात शिशु कपडामा बेरिएको अबस्थामा भेटीएको हो।बिहान् स्थानीय गाउँलेहरु खोलातिर सौच गर्न गएका ब्यक्तीहरुले हेर्दा प्रहरीलाई जानकारी गराएका थियो। ईलाका प्रहरी कार्यालय सप्तरीको टोलिले घटना स्थलमा पुग्दा छानबिनको थालीएका थिए। उक्त नवजात शिशु छोरा रहेको प्रहरीले जानकारी दिनु भयो। प्रहरीले छानबिन गर्दा शिशुको आफन्त पता नलागे पछी। बच्चा कस्ले फालेको हो भन्ने कुरा प्रहरीले पता लगाई कर्बाहीको प्रक्रिया अगाडि बढाईने बताउनु भयो ।घटना स्थलमा मानव अधिकार

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १४६ पटक पढिएको
  • झुण्डिएको अवस्थामा एक युवा फेला

    सिरहा,मंसिर १३ गते – धनुषा जिल्लाको जनकपुरधाममा डेरा लिएर बस्दै आएका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित डेरा लिएर बस्दै आएका युवक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।उपमहानगरपालिका वडा नम्बर १ धर्मवान टोलस्थित भाडामा बस्दै आएका अन्दाजी वर्ष १८/२० का युवक आइतबार डेरामा झुण्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । मृतक धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ बस्ने लालबाबु साहका छोरा रामपुकार साह हुन् । मृतक जउमनपा १ स्थित रामएकवाल साहको घरमा डेरा गरि बस्दै आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आफू सुत्ने कोठाको सिलिङ्गमा पासो

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ९४ पटक पढिएको
  • प्रधानमन्त्री कपको लागि बन्द प्रशिक्षण

    सिरहा,मंसिर १३ गते – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताकालागि जिल्लामा पुरुष र महिला टोलीको छनौट तथा बन्द प्रशिक्षण सुरु भएको छ ।मंसिर २७ देखि सुदूर पश्चिम प्रदेशको धनगढीमा प्रधानमन्त्री कप महिला र पुस १२ देखि काठमाण्डुमा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिने निर्धारण भएपछि जिल्ला स्थित खेलाडीहरुको छनौट र बन्द प्रशिक्षण सुरु भएको हो । क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादवले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको मंसिर १४ भित्र छनौट गरी सक्नु पर्ने भएकाले सो कार्य पुरा गरी बन्द प्रशिक्षण थालिएको जानकारी दिए । सुरु

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १४६ पटक पढिएको
  • ए डिभिजन लिग साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दै

    सिरहा,मंसिर १३ गते – शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब यस सिजन दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् ।दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । जसमा मछिन्द्र र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ४:४५ मा सुरु हुनेछ ।गत सिजन अन्तिम खेलमा आर्मीलाई पराजित गरेर पहिलो पटक लिग जितेको मछिन्द्र यस सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । मछिन्द्रले यस सिजन जितबाट लिगको सुरुआत गरेको थियो । पहिलो खेलमा एनआरटीलाई २(१ ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने योजनामा मछिन्द्र छ ।उता आर्मीले भने नेपाल पुल

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १५३ पटक पढिएको
  • झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

    झापा,मंसिर १३ गते – कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते भएकामध्ये ११ जनाको विर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाबारे दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ८९ पटक पढिएको
  • हुस्सुमै हुइँक्याउँदा’ पल्टियो बस

    जाजरकोट,मंसिर १३ गते –जाजरकोटमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बाक्लो हुस्सु लागेका बेला तीव्र गतिमा बस चलाउँदा शनिबार राति ना. ६ ख. २७५७ नम्बरको रात्रीबस बराहचौर नजिक राति २ बजे दुर्घटना भएको हो। उक्त बस नेपालगन्जदेखि राडीबजारका लागि जाँदै थियो।दुर्घटनामा परी जाजरकोट कुेशेकी १८ वर्षीया अनिला नेपाली, रुकुमपश्चिमको आठबिसकोटकी २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी ४ वर्षीया छोरी दिव्या शाहीको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको नलगाडका २६ वर्षीय शेरबहादुर परियार, सप्तरीको राजविराज नगरपालिका घर भएका ४० वर्षीय गंगाराम यादव र कुशे–९ का ३५ वर्षीय वीरबहादुर नेपालीको मृत्यु भएको प्रहरी नायब उपरी

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ८८ पटक पढिएको
  • रौतहटमा तीन बिगाहा खेतको धानमा आगलागी

    रौतहट,मंसिर १३ गते –  रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो । आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन् । धानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानक

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ११३ पटक पढिएको
  • आमाले कुटपिट गर्दा छोराको मृत्यु

    विराटनगर,मंसिर १३ गते – मोरङको कटहरी गाउँपालिकामा आमाले कुटपिट गर्दा घाइते भएका छोराको उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका–५ की ५५ वर्षीया बातियो उराउको कुटाइबाट उनकै छोरा ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मादक पदार्थ सेवन ९मापसे० गरेर पुगेका राजेन्द्रले पारिवारिक विवाद निकालेर शनिबार राति घरमा झगडा गरेका थिए ।  झगडा गर्न थालेपछि आमा बातियोले लट्ठीले कुटपिट गर्दा राजेन्द्र घाइते भएको उनको भनाइ छ । घटनालगत्तै राजेन्द्रलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो । सामान्य उपचारपछि घर

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १०५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२