X wada

मुख्य समाचार

    Showing २,४८१-२,४९० of २,९६८ items.
  • सुनचाँदीको मूल्य घट्यो

    सिरहा,मंसिर १५ गते – आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ ।पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ११५ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुटा छुटै स्थानबाट पक्राउ

    बर्दिया,मंसिर १५ गते – बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ मगर टोल बस्ने २१ वर्षीय बिशाल सिंह ठकुरी र २२ वर्षीय प्रदिप सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी कालिकाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मधुबन नगरपालिका–५ गाउँ नम्बर ११ खैरेनी सामुदायिक बनबाट १८ ग्राम ७ सय ८० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित भारत बहराईच तहसिल मिपुरुवा थाना स

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ६२ पटक पढिएको
  • नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

    सिरहा,मंसिर १५ गते – अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिए । अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए । एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १२४ पटक पढिएको
  • राष्ट्रिय बाघ सर्वेक्षण मंसिर १९ देखि

    नवलपुर,मंसिर १५ गते –  मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई तीन कम्प्लेक्समा विभाजन गरी बाघ गणना अघि बढाइने जानकारी दिए । पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा २० दिनमा गणना गरी सक्ने जानकारी दिए ।निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्ष

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १३८ पटक पढिएको
  • बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    जुम्ला,मंसिर १५ गते – सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना.६ ख. ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिएका छन् । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताए। बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ८३ पटक पढिएको
  • सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन

    सिरहा,मंसिर १५ गते – सर्वोच्च अदालतले बुधबार ९आज०देखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु गर्ने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुने बताए । ‘संशोधित नियमावली र नयाँ निर्देशिका अनुसार नै इजलास व्यवस्थापन हुने हो,’ ढकालले भने, ‘निर्देशिकामा भएको व्यवस्था अनुसार इजलास चयन हुन्छ । त्यसपछि मुद्दा तोकिन्छ ।’बुधबारदेखि शुरु हुने नयाँ पेसी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तो

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १२८ पटक पढिएको
  • २५ किलो चरेससहित महिला पक्राउ

    बझाङ,मंसिर १५ गते – प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिएका छन् 

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १०३ पटक पढिएको
  • आज विश्व एड्स दिवसः ६३ प्रतिशतले घट्यो नेपालमा सङ्क्रमणदर

    सिरहा,मंसिर १५ गते – आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ ।सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घ

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १४२ पटक पढिएको
  • यथास्थितिमा एम.सी.सी. पास हुँदैन ः मन्त्री पोखरेल

    सिरहा, मंसिर १५ गते । एकीकृत नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले यथास्थितिमा जस्ताको तस्तै एम.सी.सी. पास गर्न खोजे नेपाली कांग्रेससँगको सहकार्य टुट्ने वताउनुभएको छ । आज सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नेकपा माओवादी केन्द्रको प्रथम नगरसम्मेलनको उद्घाटन सत्रमा बोल्नुहुँदै नेता पोखरेलले नेपाली कांग्रेसले एम.सी.सी. जस्ताको तस्तै पास गराउन खोजेकोले देश चुन्ने कि गठबन्धन चुन्ने स्थिति आए खण्डमा हामीले गठबन्धनलाई छोड्न सक्ने वताउनुभयो । नेता पोखरेलले लामो समयको प्रयासपछि गठबन्धन बनेकोले यो गठबन्धनलाई चुनावसम्म लान

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • २४४ पटक पढिएको
  • यसै बर्षभित्र रेल सञ्चालन हुने

    सिरहा,मंसिर १४ गते –भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छिन ।मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेका मन्त्री यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भईरहेको बताउनुभयो । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकृया अगाडि बढिसकेको बताउनुभयो । उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भईसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ । उनले केही कागजी प्रक्रियाहरु मात्र बाँकी रहेको र आजै आफू काठमान्डौ पुगेर

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १२२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२