X wada

मुख्य समाचार

    Showing २,४६१-२,४७० of २,९६८ items.
  • ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणको खेल हुँदै

    सिरहा,मंसिर १७ गते – शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । यस सिजन फ्रेण्ड्सले जित हात पार्न सकेको छैन । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो । उता थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो । यसअघि २०७६ मा भएको लिगमा फ्रेण्ड्सले थ्

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १४२ पटक पढिएको
  • हेलिकोप्टर चार्टर्ड गरेर विवाह

    वीरगञ्ज,मंसिर १७ गते – बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो । हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका हुन् । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जो

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १६१ पटक पढिएको
  • कक्षा १२ को नतिजा सार्वजनिक गर्ने पुर्ण तयारी

    सिरहा,मंसिर १७ गते – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ। सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ। नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए। कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १२० पटक पढिएको
  • सूचना प्रवाह छिटो छरितो बनाउन आग्रह

    सिरहा,मंसिर १६ गते । सूचना माग्नु आम नागरिकको अधिकार हो भने सार्वजनिक निकायको सूचना प्रवाह गर्ने दायित्व रहेकोले सूचना प्रवाहको माध्यमलाई छिटो छरितो बनाउन सार्वजनिक निकायलाई  राष्ट्रिय सूचना आयोगले आग्रह गरेको छ ।  आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधि,  कर्मचारी, समुदाय र समूहका लागि आयोजित सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँदै आयोग प्रमुख रत्न प्रसाद मैनालीले सो कुरा वताउनुभयो ।  सूचनाको हक सम्बन्धी व्यवस्था संविधानको ऐनले नै व्यवस्था गरिएकाले सार्वजनिक निकायले झन्झट नमानी मागेका सूचनाहरु सम्बन्धित व्यक्ति वा संस्थालाई दिन प्र

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • २८२ पटक पढिएको
  • विमानस्थलबाट तेस्रो दिन १५ किलो सुन संकलन

    सिरहा,मंसिर १६ गते – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ ।   बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । बुधवार विदेशबाट फर्किएका  ३ सय २६ जना यात्रुले सुनका बाला लिएर आएका थिए । तीन दिनदेखि भन्सार काउन्टरमा संकलन गरेर राखिएको १३ दशमलव १२ किलो सुन यात्रुहरुले भन्सार तिरेर लगेका छन् । बुधवार मात्रै ४ सय १० ज

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १२६ पटक पढिएको
  • प्रधानन्यायाधीशलाई विदामा बसेर कार्यवाहक तोक्न सुझाव

    सिरहा,मंसिर १६ गते – सत्तारुढ पाँच दलका शिर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको हो । ‘प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठवन्धनले निष्कर्ष निकालेको छ’, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञान

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १२७ पटक पढिएको
  • अवैध लागूऔषध सहित पक्राउ

    सर्लाही,मंसिर १६ गते – हरिवन नगरपालिका–६ चार्लिक नहरबाट करिब ७ किलोग्राम अवैध लागूऔषध गाँजा सहित बागमती नगरपालिका–२ बस्ने २३ वर्षीय खवाङ तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.१० प. ६९६७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिबन र  सशस्त्र प्रहरी सुरक्षा बेस धरहराबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ११६ पटक पढिएको
  • सबै कोरोना भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लगाएको चिनियाँ वैज्ञानिक दाबी

    सिरहा,मंसिर १६ गते – चिनियाँ वैज्ञानिकले कोभिड–१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् ।ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको आरटी डटकमले जनाएको हो । चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको थियो । अध्ययनअनुसार चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ नामक मोनोक्लोनल एन्टिबडीले कोभिड–१९ का सबै भेरियन्टलाई सखाप पार्न सक्छ ।ल्याबमा गरिने भिट्रो परीक्षण र जीवित प्राणीमा गरिने भिभो परीक्षणपछि ‘३५बी५’ एन्टिबडीले उत्परिवर्तित नभएका र चि

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १३८ पटक पढिएको
  • पूर्व–पश्चिम बरुवा बसपार्क सञ्चालनमा

    सिरहा,मंसिर १६ गते – पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क बिहीबारबाट सञ्चालनमा आएको छ ।उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं। १३ अन्तर्गत रहेको बसपार्क मेयर बलदेव चौधरीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । काठमाडौंको रात्रिकालिन बस तथा जिल्लाको पहाडी क्षेत्रका सवारी साधनलाई लक्षित गरी बसपार्क सञ्चालन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो । खोटाङ जिल्लाको यातायात सेवा पनि सोही ठाउँबाट सञ्चालन हुनेछ । काठमाडौंसम्मका रात्रिकालिन बस दैनिक पाँचदेखि दशवटासम्म छन् । जिल्लाको विभिन्न

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १५० पटक पढिएको
  • मतदाता नामावली सङ्कलन मंसिर १७ गतेदेखि

    सिरहा,मंसिर १६ गते – जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही मङ्सिर १७ गतेदेखि भक्तपुरको चारवटै पालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ । कार्यालयले आज यसबारेमा जानकारी दिँदै मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरणमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सङ्कलन गरिने भएको जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।जिल्लामा दुई चरणमा गरिने नामावली सङ्कलनका क्रममा दोस्रो चरणमा चाँगुनारायण नगरपालिकामा पुस ३ गतेदेखि १६ गतेसम्म नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन का

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १२१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२