X wada

मुख्य समाचार

    Showing २,४५१-२,४६० of २,९६८ items.
  • जनकपुरधाममा माछा,मासु र मदिरा विक्रीमा रोक

    सिरहा,मंसिर १७ गते – विवाह पञचमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार ९आज० देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए । आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदैछ 

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १२२ पटक पढिएको
  • अवैध लागूऔषध गाँजा सहित पक्राउ

    सिरहा,मंंसिर १७ गते – बेनिघाट रोराङ गाउँपालिका–३ गोमती पुलस्थित सडकबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानरगपालिका–१७ बस्ने २३ वर्षीय संजय तामाङ र  सोही महानगरपालिका–१६ बस्ने २४ वर्षीय कृष्ण परियार रहेका छन् । गल्छीबाट चितवनतर्फ जाँदै गरेको ना.२९ प ७४४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चामलको बोराभित्र लुकाई ल्याएको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ&nb

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ९७ पटक पढिएको
  • १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

    काठमाडौं,सिरहा मंसिर १७ गते – १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् । उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा।बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ११५ पटक पढिएको
  • कक्षा १२ को रिजल्ट सार्वजनिक

    सिरहा,मंसिर १७ गते –  कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विहान नतिजा सार्वजनिक गरेको हो । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् । ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् । सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् । डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ११३ पटक पढिएको
  • विश्व अपाङ्ग दिवश

    सिरहा,मंसिर १७ गते – नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि पक्षीय राष्ट्र हो । नेपालको संविधान(२०७२ मा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगार लगायत आधारभूत कुराहरू मौलिक हककै रूपमा उल्लेख छन् । सरकारले विभिन्न समयमा यस सम्बन्धी विभिन्न नीति, नियमावली, कार्यविधि, निर्देशिका लगायत दस्तावेज ल्याउने गरेको छ । नेपालका राजनीतिक दलहरूले यसलाई राजनैतिक अधिकारका रूपमा समेत स्पष्ट उल्लेख गरेका छन् । यी सबै व्यवस्थाका बावजूद पनि अपाङ्गता भएका व्यक्तिहरू आफ्नो हक, अधिकार तथा सेवा(सुविधाबाट वञ्चित रहँदै आएका छन् ।आज ३ डिसेम्बर, २०२१ अर्थात् अपाङ्गता भएका व

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १३५ पटक पढिएको
  • ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते

    सिरहा,मंसिर १७ गते – रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा. १ प. ४४१२ नंको ट्र्याक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ। श्रीमती घाइते भएकी छिन्। आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ।  उनकी श्रीमती सपना विक घाइते भएकी छिन्। उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र)आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ८० पटक पढिएको
  • सुन २ सय रूपैयाँले गिराबट, चाँदीको मूल्य अथाबत

    सिरहा,मंसिर १७ गते – नेपाली बजारमा आज ९शुक्रबार० सुन २ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार १ सय ९० रुपैयाँमा नै कारोबार भएको थिय

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १२५ पटक पढिएको
  • ९ देशबाट अब नेपाल आउन नपाइने

    सिरहा,मंसिर १७ गते – कोरोना भाइरसको नयाँ भेरियन्ट ुओमिक्रोनुको जोखिम बढेको भन्दै सरकारले ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ।गृह मन्त्रालयले यसअघि नै दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुलाई अनअराइभलु भि

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १७३ पटक पढिएको
  • फरार आठ अभियुक्त पक्राउ

    सिरहा,मंसिर १७ गते – जिल्ला अदालत सिरहाबाट सजाय आदेश भइ फरार रहेका आठ अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न मुद्दामा सजाय भइ फरार भएका ८ अभियुक्तलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका आठै अभियुक्तलाई जिल्ला अदालत सिरहा समक्ष पेश गरिएको उनले बताए । सुखिपुर नगरपालिका–५ का ३८ वर्षीय कासिन्द्र यादव, लक्ष्मीपुरपतारी गाउंपालिका–५ खरुकियाहीका ६० वर्षीय रामअशिस दास तत्मा, लहान नगरपालिका–।२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादव, सुखिपुर नगरपालिका– ५का ३८ वर्षीय कासिन्द्र यादव, सिरहा नपा– १२ गम्हरिया टोलका ४५ व

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १४३ पटक पढिएको
  • प्रदेश २ मा बढ्यो आत्महत्या

    सिरहा,मंसिर १७ गते – प्रदेश २ मा दिनानुदिन आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि हुंदै गएको छ ।प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक अनुसार प्रत्येक दिन करिब तीन जनाले आत्महत्या गर्ने गरेका छन् । चालु आर्थिक वर्षको मंसिर १५ गतेसम्म प्रदेशभरि २ सय ६१ जनाले आत्महत्या गरेका छन् भने गत आर्थिक वर्ष २०७७÷०७८ मा ९ सय ५९ जनाले आत्महत्या गरेको छ । डेढ वर्षको अवधिमा सब भन्दा बढी सिरहा जिल्लामा २ सय १२ जनाले आत्महत्या गरेका छन् भने धनुषामा २ सय ४, बारामा १ सय ८६, रौतहटमा १ सय ४५,पर्सामा १ सय ४३, सप्तरीमा १ सय ३५,महोत्तरीमा १ सय २२ जनाले आत्महत्या गरेको देखिएको छ । प्रदेशको सर्लाही जिल्लामा सबभन्दा कम ७५

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ८५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२