सिरहा,मंसिर २२ गते – काठमाडौंको महानगरपालिका१५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया बिनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सिरहा,मंसिर २२ गते – झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची खोलाको पुरानो पुलबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सल्यान वनगाड नगरपालिका–१ बस्ने ३० वर्षीय रमेश डिसीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । नेपालगंज उपमहानगरपालिका(१५ जमुनाहबाट ४ ग्राम २ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय शुशान्त शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ
सिरहा,मंसिर २२ गते – नेपाललाई करिब साढे ४८ अर्ब रुपियाँ ९४० करोड अमेरिकी डलर० ऋण सहुलियत उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष९आईएमएफ० सहमत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण नेपालको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रले व्यहोरेको नोक्सानीबाट पुनरोत्थानका लागि उक्त ऋण सहायता प्रयोग हुने कोषले जनाएको छ । कर्मचारी तहबाट सहमति भए पनि कोषको व्यवस्थापन र कार्यकारी बोर्डले स्वीकृति दिन भने बाँकी नै छ ।कोषको विस्तारित ऋण सुविधा ९ईसीएफ० अन्तर्गत उपलब्ध हुने उक्त ऋण ३८ महिने पुनरोत्थान कार्यक्रममा कार्यान्वयन हुनेछ । नेपाललाई ऋण सुविधा उपलब्ध गराउने सम्बन्धमा कोषका रोबर्ट गे्रगोरीको नेतृत्वमा कोषको टो
सिरहा,मंसिर २२ गते – अर्को वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । १६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् । नेपाल रहेको समूह ए को ग्लोबल छनोट २०२२ फेब्रुअरीमा ओमानमा आयोजना हुनेछ । यस समूहमा ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आधिकारिकरुपमा समूह विधाजन सार्वजनिक नगरेपनि साउथ चाइना मर्निङ पोष्टले स्रोतलाई उधृत गर्दै समूह विभाजन बारे समाचार प्रकाशित गरेको छ । जसअनुस
बेलायत,मंसिर २२ गते – विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ । डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका खोपले काम गर्ने बताएका हुन् । डब्लूएचओका चिकित्सक माइक रायनले अहिले प्रयोग भएका खोपहरुले ओमिक्रोन भाइरसबाट संक्रमित हुनेहरुका लागि समेत प्रभावकारी हुने बताए । उनले अहिले प्रयोग भएका खोपहरु अत्याधिक प्रभावकारी भएको जसले ओमिक्रोन भाइरस विरुद्द समेत काम गर्ने बताए । खोपको मात्रा पूरा गरेकाहरुमा ओमिक्रोन भाइरसको संक्रमण देखिएपनि उनीहरु गम्भीर बिरामी नपर्ने
सिरहा,मंसिर २२ गते – आज मार्गशीर्ष शुक्ल पञ्चमी । आजकै दिन त्रेतायुगमा भगवान रामको सीतासंग विवाह भएको थियो । त्यसकै सम्झनामा जनकपुरमा सीता( रामको प्रतिकात्मक विवाह गरिन्छ । आज जनकपुरस्थित जानकी मन्दिरमा सीता(राम स्वयम्वर र विवाह समारोह आयोजना गरिएको छ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा
सिरहा,मंसिर २२ गते । मलाई बदनाम गर्ने नियतबस विभिन्न सञ्चार माध्यमहरुमा भ्रमक समाचार सम्प्रेशन भएको प्रति गम्भिर ध्यानाकर्षण भएको सिरहा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जनाएको छ । सरकारी वकिल कार्यालयले नगरपालिकाको नाममा जारी गरेको विषयलाई व्यक्तिमा जोडेर बदनियत पूर्वक दलिय प्रभावमा समाचार लेखिएको बताए ।मेयर यादवले जिल्ला वकिल कार्यलयलबाट जारी भएको पक्राउ पूर्जि सञ्चारमाध्यमसम्म पुगेको प्रति पनि खेद व्यक्त गरे । उनले हामीले गरेका कामबाट औडाहा भएकाहरुले नियोजित ढङ्गले बदनाम गर्ने गरी सञ्चार माध्यम पनि प्रयोग गरेको आरोप लगाए ।मेयर यादवले विपक्षिदलले सानो घटनालाई उछाल्नु, घटनालाई
सिरहा,मंसिर २१ गते –सुन चाँदीको भाउ आज सामान्य घटेको छ । तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ
बिराटनगर,मंसिर २१ गते – भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी ९आईसीपी०स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरसरकारी समन्वयको काम थालेको छ ।मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जानकारी दिनुभयो । आईसीपीको रेल स्टेसनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावक
परासी,मंसिर २१ गते – सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ । घटना २ वर्षअघिको हो । जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए । जबरजस्ती करणी ठहर भएमा ७ देखि १० वर्ष र सामूहिक ठहर भएमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सोमबार गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरुप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार पौडेलले बताए ।घटनामा संलग्न १० मध्ये ९ ज
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.