X wada

मुख्य समाचार

    Showing २,३९१-२,४०० of २,९६८ items.
  • बाघले खायो बाख्रा

    सिरहा,मंसिर २४ गते – तुल्सीपुरको बबई गाउँपालिका वडा नम्बर ५ मा गोठमै राखेका १४ वटा बाख्रा बिहीबार बाघले मारेको छ । त्यसैगरी, वडा नम्बर ७ को कृष्णपुरमा हुरुम सामुदायिक वनमा चराउन लगेको समयमा कुलबहादुर घर्तीको दुई वटा बाख्रा बाघले मारिदिएको छ । इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख केशवराज रेग्मीका अनुसार वडा नम्बर ५ बगरपुरका देवबहादुर वलीका १४ वटै बाख्रा बाघले रगत चुसेर फ्याकेको अवस्थामा फेला परेका हुन् । करिब दुई लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । पाठा भने घरमै राखिएकाले सुरक्षित रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने सो क्षेत्रमा बाघले घर पालुवा जनावर मारेको बबई ग

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • ९६ पटक पढिएको
  • विश्व मानव अधिकार दिवस

    सिरहा,मंसिर २४ गते – आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ । दिवसको उपलक्ष्यमा प्रधानमन्त्

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १४५ पटक पढिएको
  • बस्तीमा हात्तीको आतंक

    सिरहा,मंसिर २४ गते । रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पु¥याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो ।दिनुहुँजसो हात्तीले बस्तीमा आतङ्क मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गदैआएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पु¥याउँदै आएको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १७० पटक पढिएको
  • बलात्कार र हत्याका मुख्य योजनाकार ‘सिरियल किलर’ पक्राउ

    सिरहा,मंसिर २३ गते – हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् ।सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक टिकुलिया गाविस–६ घर भई कुशहा– ६ बस्ने सकिल हुसेन मियाँ र उनका साथी गुल्जार मियाँ तथा मस्तकिम मियाँ लामो समय नेपाल बाहिर रहँदै आएका थिए । उनीहरूमाथि शङ्खलाबद्ध बलात्कार र हत्याको आरोप छ । सिर

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १५२ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुटा छुटै स्थानबाट पक्राउ

    सिरहा,मंसिर २३ गते – झापाको अर्जुनधारा नगरपालिका – ११ नयाँ बसपर्कबाट २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ईलाम, ईलाम नगरपालिका–१० बस्ने ३६ वर्षीय बिराज शिवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो    यसैगरी झापा, बुद्धशान्ति गाउँपालिका– ३ बेलचोकबाट ४ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा चैनपुर न

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • ११८ पटक पढिएको
  • गैंडाको खाग सहित ३ जना पक्राउ

    सिरहा,मंसिर २३ गते – रुपन्देहीको वुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका–७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम  सुनार र सोही गाउँपालिका–५ रानीचाप बस्ने २८ वर्षीय  सुमन न्यौपाने रहेका छन् । उक्त होटलको कोठामा गैंडाको खागको कारोवार गर्ने मानिसहरु छन् भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त वस्तु सहित फेला पारी

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १०९ पटक पढिएको
  • सासुको हत्या गरेको अभियोगमा पक्राउ

    सिरहा,मंसिर २३ गते – महोत्तरीमा आफ्नै सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका–७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झैझगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १४४ पटक पढिएको
  • धनुषामा पासमान पक्राउ

    सिरहा,मंसिर २३ गते – धनुषाको गणेशमान चारनथ नगरपालिका–९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अपरिचित ४र५ जना मानिसहरुले हात(हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र  महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत गरी २ लाख बराबरको धनमाल लुटी लगेकोमा भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरबझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले ल

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १३३ पटक पढिएको
  • नावालक फेला

    सिरहा मंसिर २३ गते । सिरहास्थित जिरोमाईल सुखीपुर अन्तर्गत जयपुर नजिक सडक छेउमा बुधबार साँझ बेवारिसे अवस्थामा एक नावालक भेटिएकोे छ ।  वेवारिसे अवस्थामा फालिएको उक्त वच्चा सडक छेउमा रोइरहेको सुनेपछि बजार भर्न गएका स्थानीय सतरुधन महतोले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । नावालक पाँच दिन अघि कुनै अस्पतालमा जन्म भएको हुन सक्ने प्रत्यक्षदर्शीले आँकलन गरिएको छ ।  इलाका प्रहरी कार्यालय धनगढीले बच्चालाई लहान अस्पताललाई जिम्मा लगाएको छ । बच्चा कसको र कसले फालेको हो सोको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।   

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • ८३२ पटक पढिएको
  • कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    सिरहा,मंसिर २२ गते – काठमाडौंको महानगरपालिका१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी  ३१ वर्षीया बिनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • ११९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२