X wada

मुख्य समाचार

    Showing २,३८१-२,३९० of २,९६८ items.
  • प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !

    काठमाडौं,मंसिर २५ गते। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए ।प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको बताए ।सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । आज उम्मेदव

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १३८ पटक पढिएको
  • माओवादी प्रदेश सम्मेलन आज

    सिरहा,मंसिर २५ गते । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १३६ पटक पढिएको
  • छुरा प्रहार बाट अवस्था गम्भिर

    सिरहा,मंसिर २४ गते – विवाह पञ्चमी महोत्सव हेरेर जनकपुरबाट घर फर्किने क्रममा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं २ स्थित विग्ही पुलमा एक पुरूषमाथि छुरा प्रहार भएको छ ।छुरा प्रहारबाट महोत्तरीको रामगोपालपुर नगरपालिका ९ गोठबनौलीका ३० वर्षिय बलराम राय घाइते भएका हुन् । बुधवार राति रायमाथि अज्ञात ब्यक्तिले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते यादवको उपचारको लागि तत्कालै जनकपुरस्थित जानकी हेल्थ केयर ल्याएको थियो । तर अबस्था गम्भीर रहेकाले थप उपचारको लागि उनलाई काठमाडौं लगिएको छ ।पेटमा छुरा लागेका रायको उपचार अहिले काठमाडौंको टिचिङ अस्पतालमा भइरहेको छ । हाल उनको अवस्था

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १२८ पटक पढिएको
  • भरुवा बन्दुक र ८ राउण्ड गोलीसहित तीन जना पक्राउ

    धनगढी,मंसिर २४ गते – कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान भजनी नगरपालिका–७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका(३ बस्ने अजय चौधरी, तुलसीराम चौधरी र दयाराम चौधरीलाई बन्दुक र हतियारसहित पक्राउ गरिएको जानकारी दिए । शंकाका आधारमा उनीहरु सवार से३प७७९२ र से २ प ९८७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा दुई नाले भरुवा बन्दुक, ७ राउ

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • ११९ पटक पढिएको
  • ५० लाख बराबरको समान बोकेको ट्रकसहित एक जना पक्राउ

    सिरहा,मंसिर २४ गते – विशेष सूचनाको आधारमा पर्सा प्रहरीले ५० लाख मूल्य बराबरको भन्सार छलीका समानहरु बोकेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका – ९ का २५ वर्षीय सागर राय छन् । भारतबाट भत्सार छली ल्याएर पोखरातर्फ जाँदै गरेको ना. ३ ख २२९ नम्बरको मालबाहक ट्रकसहित चालक राईलाई प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीका अनुसार चेकजाँचको क्रममा बिलबिजकभन्दा बढी भन्सार छलिका लत्ता कपडा तथा खुद्रा मालबस्तुहरु लोड गरिएको खुलेको छ । पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बरामद सामाग्रीलाई ५० लाख मूल्याकन गरी आवश्यक कारवाहीका लागि राजस्व

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १६४ पटक पढिएको
  • अवैध लागूऔषध ८ किलो गाँजासहित वृद्ध पक्राउ

    स्याङ्जा,मंसिर २४ गते – झण्डैं ८ किलो सुकेको गाँजासहित जेष्ठ नागरिक डिलबहादुर गुरुङ् बिहीबार साँझ पक्राउ परेका छन्। गाँजा कारोबारमा संलग्न रहेको भन्दै विशेष सूचनाका आधारमा खोजीकार्य गर्दा ७ किलो ८ सय सुकेको गाँजासहित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले बताए।पुतलीबजार नगरपालिका २ निवासी ६७ वर्षीय गुरुङ आफ्नै घरभित्र ३ वटा जेब्रा झोला र दुईवटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ परेको बताइएको छ। गाँजा र गुरुङबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी कारवाही सुरु भइसकेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १०४ पटक पढिएको
  • बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

    सिरहा,मंसिर २४ गते – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० बस्ने ३३ वर्षीय बसन्त नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले गुल्मी रेसुङगा नगरपालिका–९ उपल्लो तम्घासमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।उनलाई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १२० पटक पढिएको
  • भारतको बिहारमा बेचिएका दुईजना नेपाली किशोरीको उद्दार

    सिरहा,मंसिर २४ गते – दुई वर्षअघि भारतमा बेचिएका दुईजना नेपाली किशोरी र उनीहरुका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय पर्साले उद्दार गरेको छ । माइती नेपाल र भारतीय प्रहरीसँग समन्वय गरेर बिहारबाट १८ र १९ वर्षीया किशोरीलाई उद्दार गरिएको जिप्रका पर्साका प्रवक्ता (डिएसपी) ओम प्रकाश खनालले रातोपाटीलाई बताए ।विवाह र पार्टीमा देखाइने नाच ‘अर्केष्टा’मा काम लगाउने भनेर उनीहरुलाई मानव तस्करले दुई वर्षअघि झापाबाट भारत लगेका थिए । १८ वर्षीया किशोरीको साढे २ वर्षका छोरा र १९ वर्षीया साढे ३ वर्षीया छोरीलाई पनि उद्दार गरिएको डिएसपी खनालले बताए । भारतको बिहार स्थित छौंडादानोमा कोठामा मोवाइल प्रयोग गर्न नदिएर रा

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १३८ पटक पढिएको
  • जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बुटवल,मंसिर २४ गते – दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा. १ च. ३८५ नम्बरको बोलेरो जिपले घोराहीबाट तुलसीपुर जाँदै गरेको रा. ४ प. ४०२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिएको थियो ।दुर्घटनामा परी गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए 

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • ६९ पटक पढिएको
  • पुस ४ गतेदेखि १२ देखि १८ वर्षकालाई कोरोना खोप

    सिरहा,मंसिर २४ गते –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने उनले बताए । यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइने उनले बताए । डा। लालले भने, ‘फाइजर खोप छिट्टै आउँदैछ । यो खोप प्राप्त भएपछि फाइजर खोप अभियान सञ्चालन हुन्छ ।’ स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १४८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२