सिरहा,मंसिर २९ गते – प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन्। उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हु
रौतहट,मंसिर २९ गते – जिल्लाको गौर नगरपालिका–१ शिवालय मन्दिरको छेउमा रहेको पोखरीबाट एक युवक को शव बरामद भएको छ । सौन्दर्यकरणको क्रममा निर्माणाधीन रहेको उक्त पोखरीमा जलकुम्भी भित्र पुरुषको शव रहेको स्थानीयले देखे पछि प्रहरीलाइ खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले शव बरामद गरेको छ । गौर नपाको जेसिभी मेसिनको सहायताले बाहिर निकालिएको शव स्थानीय वडा नम्बर २ का शेख हविउल्लाहको ३० वर्षीय छोरा शेख एकवालको रहेको पुष्टि भएको जिप्रका रौतहटले जनाएको छ । घरबाट करिब २ दिनदेखि सम्पर्क विहीन रहेका एकवालको मंगलबार शव फेला परेको छ । प्रारम्भिक अनुसन्धानमा सोहि ठाउंमा डेरा लिएर बस्दै आएका युवक
सिरहा,मंसिर २९ गते । नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो ।सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी डा। शेखर कोइरालाले१८ सय ५५ मत प्राप्त गर्नुभएको छ । यसैगरी ३३ मत बदर भएको छ । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी छ ।पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिक
काठमाडौँ मङ्सिर २९ गते । अबदेखि अनलाइनबाटै भन्सारको राजस्व भुक्तानी गर्न सकिने भएको छ । भन्सार विभागले बिहीबारदेखि वीरगञ्जस्थित सुक्खा बन्दरगाह हुँदै हुने आयात निर्यातबापतको भन्सार शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो ।नेपाल राष्ट्र बैङ्कसमेतको लगानी गरेको नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल०मार्फत सेवाग्राहीले भन्सार राजस्व भुक्तानी गर्न सक्ने वीरगञ्जस्थित प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो । “आधुनिक भन्सार निर्माणको योजनाअनुसार अबदेखि राजस्व पनि अनलाइनमार्फत नै गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।भन्सार प्रणाली व्यवस्थापनमा प्रयोग भइरहेको ‘आसिकुडा वल्र्ड’को
सिरहा,मंसिर २९ गते । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५ सय ४४ जना शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिनेछ । यस्तै माघ ६ गतेसम्म बिलम्ब शुल्कमा पनि परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ ।नयाँ विज्ञापन अनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुने विज्ञापनमा उल्लेख छ । परीक्षा आवेदन फाराम अनलाइनबाट समेत भर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । https://tsc.gov.np/
काठमाडौं, मङ्सिर २८ गते । दोस्रो चरणकोमतदान सुरु भए लगत्तै प्रधानमन्त्री समेत रहनुभएका सभापति उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजेबाट मतदान सुरु भएको हो ।पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान सुरु भएको हो ।काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुने भएकोले सभापति पदको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहनुभएको देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।पहिलो
सप्तरी,मंसिर २८ गते । सप्तरीको महादेव गाउँपालिका १ स्थित दुई विद्यालयमा भवन निर्माण गर्नका लागि मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको स्थानीयले आरोप लगाएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको संसदीय विकास कोषबाट निर्माण गर्न लागेको विद्यालको भवन निर्माणमा मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको उनीहरुले आरोप लगाएका हुन् ।नरबहादुर थापा जनता मावि पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा ८० लाखको ४ कोठे भवन निर्माण उपभोक्ता समितिको सूचना स्थानीय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नातागोता पार्टीका कार्यकर्तालगायतलाई राखेर बनाउने गरि
सिरहा,मंसिर २८ गते – सनातन धर्मको मुख्य धार्मिक ग्रन्थ गीता रचना भएको दिनको स्मरणमा मंगलबार गीता जयन्ती मनाइँदैछ । महाभारत युद्धको समयमा विष्णुका आठौं अवतारको रुपमा रहेका श्रीकृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा दिएको संग्रहित ज्ञानलाई श्रीमद् भागवत गीताको रुपमा चिनिन्छ ।यसमा मान्छेलाई मुक्तिको लागि कर्मयोग, ज्ञान योग र भक्तियोगको बाटो देखाइएको छ । अहिले पनि व्यावहारिक ज्ञानको संगालोको रुपमा मानिने यो पुस्तक अहिलेसम्म विश्वका ८० वटाभन्दा धेरै भाषामा अनुवाद भइसकेको छ ।केही वर्षदेखि यो महत्वपूर्ण शास्त्र गीता लोप नहोस् भन्नको लागि पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी यही दिन गीता जयन्ती म
काठमाडौं,मंसिर २८ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् ।आफ्नो प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलनमा डा. कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’कांग्रेसको समग्र जीवनमा परिर्वतन र सुधार गर्ने आफू र आफ्नो टीमको प्रतिज्ञा भएको उनले बताए । उनले अघि भने, ‘साथीहरुले भरोसा गरेर जुन भोट दिनुभयो, त्यसका लागि कृतज्ञता व्यक्त गर्छु ।’साथै दोस्रो चरणको मतदानबाट आफू व
काठमाडौं,मंसिर २८ गते – तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिवेदन अघि बढेको रेल विभागले जनाएको छ । सङ्घीय राजधानी काठमाडौंलाई भारतको रक्सौलसँग जोड्ने सो रेलमार्गका अध्ययनमा भारत सरकारको नै लगानी छ । अक्टोबर महिनामा सम्झौता भएपछि नै भारतीय पक्ष आएर अध्ययनमा लागेको विभगका महानिर्देशक दीपकुमार भट्टराइले बताउनुभयो । अहिले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उहाँले भन्नुभयो, “उनीहरुले त्यो समयभन्दा चाँडो सक्छौँ भनिररहेका छन् ।”भारतीय पक्षले सन्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.