X wada

मुख्य समाचार

    Showing २,३३१-२,३४० of २,९६८ items.
  • बसको ठक्करले वृद्धाको मृत्यु

     जनकपुर,मंसिर २९ गते – जनकपुरधाममा बसबाट ओर्लिएलगत्तै एक बृद्धाको सोही बसले किचिएर बुधबार बिहान मृत्यु भएको छ ।महोत्तरी सदरमुकाम जलेश्वरबाट आएको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ७० बर्षीया शैलकुमरी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सोही बसमा चढेर जनकपुरधाम आएकी हुन् । महोत्तरी गाउँपालिका( १ पर्साकी शैलकुमारी बसपार्कमा बस रोकिएपछि ओर्लेकी थिइन् । ओर्लेलगत्तै बस अगाडि बढाउँदा उनलाई ठक्कर दिएको थियो धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।दुर्घटनापछि बस र बसका चालक जनकपुरधामका फिरोज नदाफलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • ११४ पटक पढिएको
  • निर्माणको काम नसकिँदै भत्कियो सडक

    सिरहा,मंसिर २९ गते – निर्माणकार्य सम्पन्न भएको छ महिना नबित्दै सप्तरीको कञ्चनरूप नगरपालिका १० भोडहा जाने सडक भत्केको छ । सडक निर्माण भएको भुक्तानी नहुँदै सडक भत्केको हो ।गत आर्थिक वर्ष २०७७–७८ बजेट असार मसान्तमा ठेकेदारले सडक निर्माण गरेको थियो । साउनको झरीमा निर्माण कार्य गरेको कारण केही दिनमै सडक भत्किन सुरु भएको स्थानीयको भनाइ छ । सडक भत्किदा प्रत्येक दिन साइकल, मोटरसाइकलमा सवार यात्रुहरु लडेर घाइते हुनेगरेको कञ्चनरुप –१० का वडा अध्यक्ष दिलीप चौधरीले बताउनुभयो । १३ सय मिटर निर्माण भएको सडकमा ५ मिटर पनि गुणस्तरीय नहुँदा स्थानीयले गुनासो गरेका छन् । पालिकाको योजना शाखाकाअनुसार आयोजनाको नाम चन

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • ११६ पटक पढिएको
  • हात्तीको आक्रमण : नाबालकसहित तीन जना घाइते, दुई घरमा क्षति

    विराटनगर,मंसिर २९ गते – मोरङको केराबारी गाउँपालिका–९ देवीझोडामा जंगली हात्तीले आतंक मच्चाएको छ। हात्तीको आक्रमणमा परेर तीन जना घाइते भएका छन्। हात्तीले आक्रमण गर्दा सुरेन राईकी श्रीमती अस्मिता र ५ महिनाका छोरा क्यालबिन राई घाइते भएको वडा सदस्य नरबहादुर मगरले जानकारी दिए। उनका अनुसार हात्तीले लछारेर घाइते बनाएका आमा–छोराको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार अस्मिताको देव्रे खुट्टा र करङ भाँचिएको छ। दुवै जना खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।  मंगलबार राति ९ बजेतिर जंगलबाट आएको हात्तीले सुरेनको घरमा पनि क्षति पुर्‍याएको वडा सदस्य म

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १३० पटक पढिएको
  • २१ क्वीन्टल चिनी बरामद

    विराटनगर,मंसिर २९ गते – मोरङको रतुवामाई नगरपालिका–१० सातमेडीबाट प्रहरीले तस्करीको २१ क्वीन्टल ९दुई हजार एक सय किलो० चिनी बरामद गरेको छ । भारतबाट नेपाल प्रवेश गरेको मे १ च ५६७० नम्बरको पिकअप भेनमा भन्सार छली गरेर भित्र्याइएको चिनी मंगलबार साँझ बरामद गरिएको प्रहरीले जनाएको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार जुटको बोरामा राखेर भेनमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा ५० किलो दरका ४२ बोरा चिनी बरामद गरिएको हो । शंकास्पद अवस्थाको भेन नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिणाममा तस्करीको चिनी फेला परेको उनको भनाइ छ । चिनी भेटिएपछि प्रहरीले चिनीसहित भेन, भेनका चालक झापाको दमक नगरपा

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १३४ पटक पढिएको
  • सुन जस्तो देखिने पहेंलो धातु सहित ५ जना बंगलादेशी नागरिक पक्राउ

    काठमाडौं,मंसिर २९ गते – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ हजार ३ सय ११ ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्‍कुट आकारको वस्तु, चेनरोल, औठी र चुरा सहित ५ जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बंगलादेशी नगरिकहरु राहदानी नम्बर ए ०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनविर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडि युनुस अलि, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए ००१००८८५ बाहक २५ वर्षीय जाहिदुल ईस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडि मिराजुल ईस्लाम रहेका छन

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १२९ पटक पढिएको
  • हत्या गरेको अभियोगमा एक जना पक्राउ

    सुनसरी,मंसिर २९ गते – ईटहरी उपमहानगरपालिका–४ बस्ने ५१ वर्षीय श्रीमुरारी गिरीको हत्या गरेको अभियोगमा उनकै सालो भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भिनाजुकै घरमा बस्दै आएका राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका गिरीको बिराटनगर नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • ९७ पटक पढिएको
  • बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    जनकपुरध,मंसिर २९ गते – पूर्व पश्चिम लोकमार्गको सर्लाही जिल्लाको लालबन्दीमा एक यात्रुवाहक बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।सोमबार अबेर राती पूर्वबाट पश्चिम तर्फ जांदै गरेको ना ५ ख १४९९ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउंदै गरेको लु ७७ प ९२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछापका ३५ वर्षीय राजेश घिमिरे खत्री रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । दुर्घटनामा टाउकोमा चोट लागी गंभीर घाइते भएका घिमिरेलाई उपचारकोलागि मोडेल अस्पताल लालबन्दीमा लगिएको थियो तर त्यहां उपचार हुन नसकेपछि उनलाई बि

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १२६ पटक पढिएको
  • कोरोनाका अरु भेरियन्टभन्दा ओमिक्रोन फैलिने दर तीव्र, कम नआँकौं : डब्ल्यूएचओ

    सिरहा,मंसिर २९ गते  विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले नयाँ कोरोना भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने चेतावनी दिएको छ ।डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको भन्दै यसलाई कम नआँक्न आग्रह गरेका छन् । ‘हामीले यसअघिका भेरियन्टमा देखेकोभन्दा फरक गतिमा ओमिक्रोन फैलिइरहेको छ’, जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘ओमिक्रोनबाट कम घातक संक्रमण होला तर संक्रमणको संख्याले पुनः एकपटक तयारी अवस्थामा नरहेको स्वास्थ्य प्रणालीलाई अस्तव्यस्त बनाउन सक्छ ।’ कतिपयले

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १४१ पटक पढिएको
  • वैदेशिक रोजगारमा सधैं सकस

    सिरहा,मंसिर २९ गते – सरकारले १ सय १० मुलुकमा संस्थागत र १ सय ७२ मुलुकमा व्यक्तिगत रूपमा जाने वातावरण तयार गरेको छ।नेपालको वैदेशिक रोजगार कहालिलाग्दो छ। बिदेसिए पनि कामदारले उचित मूल्य पाउन सकेका छैनन्। त्यसैले रेमिट्यान्स बढ्न सकेको छैन। वैदेशिक रोजगारलाई व्यवस्थित गरी रेमिट्यान्स बढाउन सरकारले जोड दिनैपर्छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले नेपालको श्रम बजार धराशायी भएको छ। युवा कोरोनाका कारण वैदेशिक रोजगारमा जान पाएका छैनन्। स्वदेशमा पनि रोजगारी खुम्चिएको छ। अब सरकारले श्रम बजारलाई विशेष महत्त्व दिनुपर्छ। स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक रोजगार व्यवस्थित गर्न अत्

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १२७ पटक पढिएको
  • सर्वसाधारण उत्साहित

    महोत्तरी,मंसिर २९ गते – आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगमा खुशीयाली छाएको छ ।प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीलाई वैज्ञानिक व्यवस्थापन गर्ने गरी सबस्टेशन निर्माणको काम थालिएपछि यस भेगका सर्वसाधारणमा अब विद्युत् कटिरहने समस्या नआउने विश्वासमा खुशी छाएको हो । बर्दिवास–२ को हङकङडाँडामा आइतबार शिलान्यास भएसँगै सबस्टेसन निर्माणको काम अघि बढेको छ । “हाम्रै बस्तीमा सबस्टेशन निर्माणको काम अघि बढेको छ”, बर्दिवास नगरपालिका–२ का वडा सदस्य एकबहादुर भुजेलले भन्नुभयो, “पहिलो कुरा त हाम्रै बस्तीमा

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १११ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२