X wada

मुख्य समाचार

    Showing २,३११-२,३२० of २,९६८ items.
  • कारागारमा एक कैदी मृत्यु

    सिरहा,पुष ३ गते  – कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ । शुक्रबार सप्तरीको सदरमुकाम राजविराज स्थित कारागारमा कैदी बन्दी उद्धवप्रसाद खतिवडाको हृदयाघातबाट मृत्यु भएको हो ।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय उद्धव प्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । कागजात किर्ते गरी ठगीसम्बन्धी मुद्दामा ०७५ साउन १७ गतेदेखि उनी थुनामा थिए ।कैदी बन्दी खतिवडालाई अचानक हृदयाघात भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको उनले बताए । मृतक कैदीको शव पोस्टमार्टमका लागि राजविराज स

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १३८ पटक पढिएको
  • मजदुर चढेको बस दुर्घटना हुँदा बालकको मृत्यु, ५ जना घाइते

    धनगढी,पुष ३ गते – भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस  पलियामा दुर्घटना भएको हो । दुर्घटनमा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते छन् ।घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन 

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १०६ पटक पढिएको
  • उद्यम गर्नेलाई ५० लाखसम्म ऋण

    सिरहा,पुस ३ गते । आप्रवासी कामदारहरुको न्यायका लागी हाम्रो भुमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सचेत, सीपमूलक र सुरक्षित रोजगारःमर्यादित श्रम आप्रवासनको मूल आधार’ नारासँगै शुक्रवार सदरमुकाम सिरहामा आयोजित आप्रवासी कामदारहरुको न्यायका लागि हाम्रो भूमिका विषयक अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि सरोज कुमार यादवले बोल्दै साना किसान कृषि सहकारी संस्था मार्फत ७ स्थानीय तहका युवा र उनको परिवारलाई यस कार्यक्रममा जोड्ने बताएका छन् । उनले भने वैदेशिक रोजगारीमा जान चाह्नेलाई आफूले सहयोग गर्ने बताएका छन् । दातृ संस्थातको तर्फबाट प्राप्त सहयोगलाई वैदेशिक रोजगारमा जान चाह्ने

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १७८ पटक पढिएको
  • मन्त्री झाँक्रीको निर्णय सचिवले गरे खारेज

    काठमाडौं,पुस ३ गते । उपभोक्ता समितिमार्फत हुने सम्झौतामा रोक लगाउने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्णयलाई संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले खारेज गरिदिएको छ ।मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उपभोक्ता समितिमार्फत हुने कामहरुलाई निरन्तरता दिने भएको हो । मन्त्री झाँक्रीले उपभोक्ता समितिको काम गुणस्तरीय नभएको, भ्रष्टाचार बढेको, काममा ढिलासुस्ती भएको भन्दै खरिद सम्झौता रोक्ने निर्णय गरेकी थिइन् । त्यसअनुसार कात्तिक १४ गतेदेखि उपभोक्ता समितिमार्फत हुने सबै प्रकारका सार्वजनिक खरिद कार्य रोकिएको थियो ।त्यसलाई उल्टाउँदै सामान्य प्रशासन मन्त्रालयले काम सुचारु राख्न सबै स्थानीय तह

    • प्रकाशित मितिः पुस ३, २०७८
    • २४८ पटक पढिएको
  • शिक्षक बढुवाको बाटो खुल्यो

    ​सिरहा,पुस ३ गते । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो । नियमावलीमा भएको नयाँ व्यवस्थाअनुसार बढुवाको प्रतिस्पर्धामा भाग लिन चाहने शिक्षकले एक सय पूर्णाङ्कको लिखित र २५ पूर्णाङ्कको अन्तर्वार्तामा बस्नुपर्नेछ । अन्तर्वार्ताको २५ पूर्णाङ्कमध्ये १५ अङ्क अन्तर्वार्ता र १० अङ्क शिक्षण अनुभवलाई प्

    • प्रकाशित मितिः पुस ३, २०७८
    • ९९ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    सिरहा,पुष २ गते – महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । आफ्नै साथी २५ वर्षीय दिपेश चौधरीले चलाएको ना१७प ७०८२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मुबारकको टाउकामा गम्भीर चोट लागेर उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा लगिएकामा गए राति १०ः३० बजे मृत्यु भएको हो । मोटरसाइकल चालक दिपेश चौधरी घटनापश्चात फरार रहेका छन् भने प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ 

    • प्रकाशित मितिः पुस २, २०७८
    • ११६ पटक पढिएको
  • श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    स्याङजा,पुष २ गते – आफ्नै श्रीमती ४५ वर्षीया कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा भिरकोट नगरपालिका(६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।डबल बहादुरले कुटपिट गर्दा कोपीला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः पुस २, २०७८
    • ११२ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुटा छुटै स्थानबाट पक्राउ

    कञ्चनपुर,पुष २ गते – बेलौरी नगरपालिका–८ पचुई कालोपुल नजिकबाट करिब ९ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित कैलाली धनगढी उपमहानगरपालिका१३ मोहनपुर बस्ने २८ वर्षीय लक्ष्मण सिंह धामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दमक नगरपालिका–७ मानव अधिकार टोलबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ५० वर्षीया मुन्नी बेगमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आध

    • प्रकाशित मितिः पुस २, २०७८
    • ११६ पटक पढिएको
  • बेश्यावृत्ति गर्ने गराउने कार्यमा संलग्न पक्राउ

    सुनसरी,पुष २ गते –  इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा महिलाहरु राखी बेश्याबृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका५ बस्ने २० वर्षीय मिनराज पराजुली रहेका छन् । उक्त होटल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको होउनीहरु उपर  मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७

    • प्रकाशित मितिः पुस २, २०७८
    • ११९ पटक पढिएको
  • सबै स्थानीय कार्यालयमा टेलिकमको सेवा

    काठमाडौँ, पुष २ गते – सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार भएको सम्झौताअनुसार वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ । सम्झौताअनुसार मन्त्रालयले यी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवाका लागि माग सङ्कलन तथा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ । त्यसैगरी नेपाल दूरसञ्चार

    • प्रकाशित मितिः पुस २, २०७८
    • १४२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२