X wada

मुख्य समाचार

    Showing २,३०१-२,३१० of २,९६८ items.
  • बाघको त्रासमा राप्ती सोनारीबासी

    बाँके,पुष ४ गते – बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा– ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गर्ने गरेको छ । शनिबार बिहान राप्ती सोनारी– ५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे मोटरसाइकलमा

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १३६ पटक पढिएको
  • नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

    सर्लाही, पुष ४ गते –  सशस्त्र प्रहरीले सर्लाही सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतको सीतामढी थाना सोनवर्षा ग्राम सोनवर्षा वडा नं। ६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबदी चिलरी वडा नं। १ बस्ने ४८ वर्षीय प्रमोदकुमार नेपाली नक्कली नोटसहित पक्राउ परेका हुन् । उनीहरुलाई बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा शनिबार साँझ ७ः३० बजेतिर मलङ्गवा नगरपालिका–८, गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट नक्कली नोटसहित पक्राउ गरिएको सर्लाहीका सशस

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १६६ पटक पढिएको
  • झुण्डिएको अवस्थामा बालकको शव

    भैरहवा,पुष ४ गते – रुपन्देहीको बुटवल उपमहानगरपालिका(११ बुद्धनगरस्थित ९ वर्षीय बालकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार बुद्धनगरस्थित राजेन्द्र गोतामेको घरको तल्लो तल्लामा इसाई धर्मालम्बीहरु जम्मा भएर सामूहिक प्रार्थना गर्दथे । बुटवल–१२ बेलवासका मृतक असारे खड्गी आफ्नो परिवारसँग शनिबार उक्त घरमा आएका थिए ।धर्मालम्बीहरु सामूहिकरुपमा घरको तल्लो तलमा ध्यानरप्रार्थना गर्ने क्रममा माथिल्लो तल्लामा बालकको झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए । झुण्डिएको अवस्थामा बालक फेला परेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएक

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १२९ पटक पढिएको
  • बालबालिकालाई लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु

    काठमाडौँ, पुष ४ गते – बालबालिकालाई लक्षित गरी आजबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप अभियान सुरु गरेको हो । मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ। यस खोप अभियान पुस १४ गतेसम्म चल्ने छ। पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका पाएक पर्ने विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको छ।प्रदेश नं १ ताप्ल

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १३८ पटक पढिएको
  • चिसो बढेसँगै जनजीवन प्रभावित

    सिरहा,पुष ४ गते – अचानक बढेको चिसोका कारण सिरहाहित प्रदेश को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् । वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ 

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १९६ पटक पढिएको
  • लागूऔषधसहित २ जना पक्राउ

    धनगढी,पुष ४ गते – कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धनगढी उप(महानगरपालीका–२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी उप–महानगरपालीका–८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तबलाई पक्राउ गरिएको जानकारी दिए ।उनीहरूको साथबाट चार ग्राम ५०० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरिएको प्रहरीले जनाएको छ 

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १२४ पटक पढिएको
  • गोलवजारमा छुरा प्रहारबाट एकको मृत्यु,एक घाईते

    सिरहा,पुष ३ गते।  दुई समूहविच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु र एक जना भाइते भएका छन् । सिरहाको गोलबजार नपा ६ ईटा भठ्ठा नजिक साझ करिब साढ सात बजे दुई समूह बिच छुरा हानाहान भएको छ ।छुरा प्रहारबाट गोलबजार नपा ६ डोहटियाका राम बाबु सदायकाे छोरा करिव २६ वर्षिय रामकुमार सदायको मृत्यु भएको छ । उनलालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल ल्याउदै गर्दा बाटोमै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । छुरा प्रहारबाट सोही ठाउँका बुधेश्वर सदायको २६ वर्षिय छोरा रितेश सदायको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।प्रहरीले दुई समूहविच झडप भएको र घाइते भएको जनाएपन

    • प्रकाशित मितिः पुस ३, २०७८
    • ४,६४७ पटक पढिएको
  • नगर स्तरिय हाजरी जवाफ प्रतियोगिता सम्पन्न

     अनुभक्त चौधरी,लहान,पुस ३ गते । सिरहाको लहानमा नगर स्तरिय हाजरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सम्पन्न प्रतियोगितामा लहान नगरभरीका निजी तथा आवासीय विद्यालय अर्गनाईजेश्न नेपाल भित्र पर्ने विद्यालयहरुको छात्र र छात्राहरुको सहभागिता रहेको थियो ।विद्याथीहरुको लागि किताबी ज्ञान मात्रै नभएर बाहिरी ज्ञान पाउने उद्देश्यले सम्पन्न गरेको प्रतियोगितामा २४ विद्यालयका विद्ययार्थीहरुको सहभागिता रहेको थियो ।विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफू भित्र रहेका प्रतिभा पहिचान गर्न सकिने र निजामती क्षेत्रमा प्रवेश गर्न हाजरी जवाफमा पनि उत्तिर्ण हुनुपर्ने भएकोले प्रतियोगिताको आयोजना गरिएको आयोजकले

    • प्रकाशित मितिः पुस ३, २०७८
    • ४१५ पटक पढिएको
  • ५७ जिल्लाका किशोर– किशोरीले पाउँदैछन् भोलिदेखि कोरोनाविरुद्धको मोडर्ना खोप

    काठमाडौं, ३ पुष गते – सरकारले भोलिदेखि देशका ५७ जिल्लाका किशोर(किशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइँदैछ।  १२ देखि १७ वर्ष उमेर समूहका किशोर(किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोडर्ना खोप कार्यक्रम आगामी १४ पुससम्म चल्नेछ।बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी सरकारले गरेको हो। सम्बन्धित वडाले विद्यार्थीलाई पायक पर्ने गरी विद्यालयहरुमा खोप केन्द्र निर्धारण गर्नेछन्। प्रदेश १ का ११, प्रदेश २ का पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ नौ जिल्ला र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका सबै किशोर(किशोरीलाई मोडर्ना खोप दिन लागिएको ह

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १४६ पटक पढिएको
  • भिरबाट लडेर श्रीमान् – श्रीमतीको मृत्यु

    गुल्मी,पुष ३ गते – । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर(१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० गोपालचन्द्र भट्टराईले बताए ।मुसिकोट नगरपालीका वडानम्बर(१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानीयले घाइते अवस्थामा रहेको भन्ने खबर प्रहरी चौकीमा जानकारी गराउना साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका थिए । उनीहररुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनीहरूको उपचारको क्रमम

    • प्रकाशित मितिः पुस ३, २०७८
    • ११३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२