X wada

मुख्य समाचार

    Showing २,२९१-२,३०० of २,९६८ items.
  • अवरुद्ध सडक १० घण्टापछि सुचारु

    सिरहा,पुस ५ गते । छुरा हानाहानको घटनामा संलग्न तीन जनालाई प्रहरीले समातेपछि सिरहाको गोलबजारमा विहानैदेखि अवरुद्ध सडक दश घण्टापछि सुचारु भएको छ । पीडितहरुले स्थानीय प्रशासनले लिएको समयावधिभित्र दोषीलाई पक्राउ नगरेको भन्दै आज विहानैदेखि पुनः सडक अवरुद्ध गरेको थियो । अवरुद्ध सडकले सयौं सवारीका साधनहरु गोलबजार खण्डमा रोकिदा यात्रुहरु यात्रुहरु विचल्लीमा परेको थियो । प्रहरीले वल प्रयोग गरी आज दिउँसो अवरुद्ध सडक खुलाउन खोज्दा पीडित र प्रहरीबीच झडप हुँदा दुई जना पीडितहरु घाइते भएको थियो । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । घाइते मध्ये एकजना मृतकका बहिनी हुन् भने अर्का गाउँले हो । सडक

    • प्रकाशित मितिः पुस ५, २०७८
    • ३४० पटक पढिएको
  • कार्वाहीको माँग गर्दै पुनः सडक र बजार बन्द

    सिरहा, पुष ५ गते । हत्या घटनाका मुख्य दोषिलाई अझै पक्राउ नगरेको भन्दै स्थानीले फेरी सडक र बजार बन्द गरेका छन् । सिरहा गोलबजार नगरपालिका–६ डोहटिया छुरा प्रहारबाट एक जनाको मृत्यु भएका थिए भने एक जना घाईते भएका थिए । घटनाको विरोधमा सडक अबरुद्ध गरेका थिए अबरुद्ध स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरि कानुनि दायरामा ल्याउने प्रतिबद्धता पछि अबरुद्ध खुलेका थिए । आज पुनः पिडित पक्षले आफनो माग पुरा नगरेको भन्दै आफूहरु सडकमा उत्रिनु परेको  बताएका छन् ।सडक जामका कारण अहिले हजारौंको संख्यामा सवारी साडन सडकमै अलपत्र परेका छन् भने हजारौं यात्रुको विजोग भएको छ । सवैभन्दा धेरैमार टा

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १५७ पटक पढिएको
  • झडप हुदाँ दुई घाईते

    सिरहा,पुस ५ गते। गोलवजारमा अबरुद्ध सडक खुलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुदाँ दुई जना घाईते भएका हुन ।प्रहरीको लाठिचार्जबाट मृतक रामकुमारका दिदी कर्जन्हा नपा ५ बस्ने समलिया सदायको टाउको फूटेका हुन  । उनको गोलबाजरस्थित भुमिजा अस्पतालमा उपचार भईरहेको छ ।प्रहरीलाई भने आन्दोलनकारीले लखेटेर ईलाका प्रहरी कार्यालय पसाएका छन् । प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा समेत गरेपछि अवस्था तनावग्रस्त भएको छ ।शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ बर्षीय रामकुमार सदायको मृत्यू भएको थियो । छुरा प्रहारबाटै उनकै साथी निकेश सदाय गम्भीर घाईते छन् । उक्त घटनाको

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १३५ पटक पढिएको
  • विधुत माग १५ सय मेगावाट

    काठमाडौं,पुष ५ गते – मुलुकभर विद्युत्को माग बढेको छ। विद्युत्को उच्च माग ९पिक डिमान्ड० औसत ३ सय मेगावाट हाराहारीमा बढेको हो। अघिल्लो वर्ष यो समयमा करिब १२ सय मेगावाट हाराहारीमा विद्युत्को माग थियो। अहिले १५ सय मेगावाटभन्दा बढिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यो वर्षको हिउँदमा १७ सय मेगावाटसम्म विद्युत्को उच्च माग पुग्ने प्राधिकरणको अनुमान छ। पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘खपत बढाउन चालिएका कदम र जाडो बढेका कारण विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘अघिल्लो वर्षभन्दा बढी उद्यो

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १२३ पटक पढिएको
  • हार्डवयेर एण्ड रङ डिलरमा आगलागी

    काठमाडौं, पुष ५ गते – कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा रहेको तृष्णा जोन हार्डवयेर एण्ड रङ डिलरमा आगलागी भएको छ । सोमबार विहान करिब ३ः३० बजे विद्युत सर्ट भइ हार्डवयेर एण्ड रङ डिलरमा आगलागी भएको हार्डवयेर सञ्चालक युवराज खत्रीले अनुमान गर्नुभएको जानकारी दिनुभएको छ । आगलागीबाट पसलमा रहेका छड, सिमेन्ट, जस्ता, रङ्ग, रङ्ग बनाउने मेसिन, ल्यापटप, नगदलगायत सामाग्री जलेर नष्ट भएको छ । प्रहरी, स्थानीय र दमकलको सहायतामा करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी विद्युत् सर्ट भएकाले भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १७२ पटक पढिएको
  • सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

    काठमाडौं,पुष ५ गते –  काठमाडौं महानगरपालिका(९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजाने लागेको करिब ३ सय ३३ ग्राम सुन जस्तो देखिन पहेंलो धातु सहित बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।हिमालयन एअरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानास्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्दा २ सय ३३ ग्राम सुन जस्तो देखिने पहेंलो रंगको धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी जम्मा उक्त परिमाणको धातु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर त्रिभु

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १०१ पटक पढिएको
  • टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु, सडकमै शव राखेर आन्दोलन

    विराटनगर,पुष ५ गते – टिपर ब्याक गरेर किच्दा मोरङको रतुवामाई नगरपालिका–४ स्थित भित्री सडक खण्डमा आइतबार साँझ एक जना साइकल यात्रीको मृत्यु भएको छ। उत्तरतर्फ जाँदै गरेको को १ ख ५११० नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार टिपरको ठक्करबाट साइकल यात्री रतुवामाई–४ का ५७ वर्षीय हरिराम गिरीको मृत्यु भएको छ।  टिपरले साँझ ५ बजेतिर ठक्कर दिँदा भएको दुर्घटनामा परेर गिरीको घटनास्थलमै मृत्यु भएको खड्काले बताए। गिरी रतुवामाईको झुर्कियाबाट कोरोनाविरुद्धको खोप लगाएर घर फर्कँदै गरेका बेला दु

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १५८ पटक पढिएको
  • तीन सातामा १०६ किलो सुन बरामद

    काठमाडौं, पुष ५ गते –  वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ ।मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले खाडी मुलुकबाट फर्किने अधिकांश कामदार तस्करको भरियाका रूपमा प्रयोग भएको खुलेको जानकारी दिँदै भन्नुभयो, “खाडी मुलुकबाट फर्किने कामद

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १३० पटक पढिएको
  • सहमती पछि सडक सुचारु

    सिरहा,पुस ४ गते ।घटनाको दोषीलाई कार्वाहीको माग गर्दै पीडितहरुले पूर्व पश्चिम राजमार्ग खण्ड अन्तर्गत सिरहाको गोलबजारमा भएको चक्का जाम पीडित र स्थानीय प्रशासनको तीन बुँदे सहमती पछि सडक सुचारु भएको छ । घटनाको दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा ल्याउने, घाइतेको उपचारको व्यवस्था गरिने, पीडितलाई कानुनी अनुसारको क्षतिपूर्ति दिलाउने प्रशासनको आश्वासनपछि विहान ६ बजेदेखि पीडितले गरेको चक्काजाम पाँच घण्टापछि खुलेको हो । सडकमै टायर बालेर चक्काजामका कारण सयौं सवारी साधनहरु बीचबाटैमा अलपत्रमा परेका थिए । शनिवार बेलुका बजारबाट तरकारी किनेर गईरहेको बेला स्थानीय केही युवाले घेरेर

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १७८ पटक पढिएको
  • बाह्र सदस्य समिति

    अनुभक्त चौधरी,लहान, पुस ४ गते । सिरहाको लहान नगरपालिका वाडा नं। ३ मा नेपालकम्युनिष्ट पार्टी एकिकृत समाजवादीको वडा कमिटी गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृतका केन्द्रीय सदस्य सत्यनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट १२ सदस्य समिति गठन भएको हो ।नव गठित समितिको अध्यक्षमा ज्ञान कुमार महतो,उपाध्यक्षमा कुसेश्वर साह,सचिवमा राधा चौधरी, सह सचिवमा सुरेन्द्र महतो लगायत रहेका छन् । लहान नगर भित्र अझै केही वाडमा कमिटी गठन गर्न बाँकी रहेकोले अब केही दिनमै नगरका अन्य वडामा पनि कमिटी गठन गरिने नेता यादवले उल्लेख गर्नुभयो । कार्यक्रमको अध्यक्षता  लहान नगर कमिटी सदस्य

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १५४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२