X wada

मुख्य समाचार

    Showing २,२८१-२,२९० of २,९६८ items.
  • ५० करोडको लागतमा अत्याधुनिक गौतम होटल निर्माण हुँदै

    बर्दिबास,पुष ६ गते – चार दशकदेखि ग्राहकलाई सेवा दिँदै आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल निर्माण थालेको छ। युवा उद्यमी तथा व्यवसायी हिरा गौतमले झन्डै ५० करोडको लागतमा होटल निर्माण थालेका हुन्। समय सापेक्ष बद्लिदो सोच, गौतम होटलको नविनतम अठोटु भन्ने भावका साथ सुविधासम्पन्न आधुनिक होटल निर्माण थालिएको हो।करिब एक बिघा जग्गामा सुन्दर हरियाली एवं प्राकृतिक रमणीय वातावरणयुक्त होटलमा १२० देखि १५० जनासम्म बसोबास गर्न मिल्ने आरामदायी कोठाहरु निर्माण भइरहेका छन्। होटलमा सभा सम्मेलन, गोष्ठीका लागि विभिन्न कक्षहरु हुनेछन्। जसमा भित्र र बाहिर गरी लगभग दुई हजार जनाक

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १४८ पटक पढिएको
  • कलेजको होस्टलमा बस्ने विद्यार्थी मृत भेटिए

    काठमाडौं,पुष ६ गते – बागबजारको काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।बाथरुममा १८ वर्षीय शुशील शहनी मृत अवस्थामा भेटिएपछि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार, मृतकको परिवारलाई काठमाडौं बोलाइएको छ । ‘परिवारले जाहेरी दिएपछि पोष्टमार्टमका लागि शव पठाउँछौं’ उनले अनलाइनखबरसँग भने । शहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको भनिएको छ । उनी कक्षा ११ मा अध्ययरत थिए 

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १३० पटक पढिएको
  • कुटपिटबाट १ जनाको मृत्यु, अभियुक्त पक्राउ

    संखुवासभा,पुष ६ गते –  खादबारी नगरपालिका(११ गैरीखेत बस्ने ३० वर्षीय चन्द्र बहादुर दर्जी र सोही ठाउँ बस्ने ३० वर्षीय जीवन दर्जीवीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुरको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा जिवन दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुबीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चन्दनपुरबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १०९ पटक पढिएको
  • लागुऔषधसहित तीन पक्राउ

    कञ्चनपुर, पुष ६ गते – पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ । बरामद लागुऔषध, नगद रकम,

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १०१ पटक पढिएको
  • हराएको महिलाको शव पोखरीमा भेटियो

    जलेश्वर,पुष ६ गते – महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडानं। ३ मा तीन दिनदेखि हराएकी एक महिलाको शव पोखरीमा भेटिएको छ । मटिहानी नगरपालिका वडानं।३ बरदाहा बस्ने फजेल राइनकी श्रीमती वर्ष २२ की रुकसाना खातुनको शव घर नजिकैको पोखरीमा तीन दिनपछि भेटिएको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले पुष २ गतेदेखि रुकसाना हराएको सूचना प्राप्त भएको र खोजतलासकै क्रममा उनको शव सोमबार साँझ घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेको बताउनुभयो ।मानसिक अवस्था राम्रो नभएको रुकसाना बेला बेलामा घरबाट हराउने, भाग्ने गरेको हुँदा उनको मृत्यु डुबेर भएको प्रारम्भिक अनुसन्धानले देखिएको ब

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १२८ पटक पढिएको
  • सुनको मुल्यमा गिराबट

    सिरहा,पुष ६ गते – मंगलबार सुनको भाउ एकैदिन ८०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको मूल्यमा ८०० रुपैयाँले घट्दै आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो ।गत सोमबार बजारमा छापा वाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत ८०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १४० पटक पढिएको
  • सामुदायिक बाल अस्पताल चार वर्षदेखि बन्द

    दाङ्ग,पुष ६ गते–  २०६६ सालमा घोराही–१६ स्थित सर्रामा सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए ।तर स्थानीयको त्यो खुशी लामो समय टिकेन । बाल अस्पताल सेवा सुरु गरेको वर्षदिन नपुग्दै बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले भवनलाई आवासको रुपमा प्रयोग गर्यो । अस्पतालको भवनमा प्रहरी झण्डै छ वर्ष बस्यो ।२०७३ सालमा प्रहरीले भवन खाली गरेपछि १० शय्या, एक्सरे मेशिन र ल्याबसहितको सेवा राखेर अस्पताल पुनः सञ्चालनमा ल्याइयो । तर छ महिना पनि राम्रोसँग चल्न नपाउँदै अस्पताल फेरि बन्द भयो । अहिले चार वर्ष

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १७६ पटक पढिएको
  • एमसीसी अगाडि बढाउनु सरकारको दायित्व स् खाँण, दुई उम्मेदवार भए चुनावबाट प्रदेश २ को नेतृत्व

    सिरहा,पुष ६ गते –  गृहमन्त्री बाल कृष्ण खाँणल एमसीसी नेपालको विकासमा रहेकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु नेपाल सरकारको दायित्व रहेकोे जनाएको छ । जनकपुरधाममा नेपाली कांग्रेसका चर्चित नेता स्व। राम नारायण मिश्रको ५४ औं पुण्यतिथिमा सहभागी भएका गृहमन्त्री खाँडले पत्रकारहरुसंग कुराकानी गर्दै देशको विकासमा रहेको एमसीसी अगाडी बढाउनु गलत नभएको बताए ।त्यतिकै आवयश्क छ भने सरकारले एमसीसी संसदमा किन लान नसकेको रु भन्ने प्रश्नमा खाँणले प्रस्ताव अगाडि बढने वा पारित हुने स्थिती बिना रणनितिक रुपमा अगाडि बढाउदा समस्या हुने भएकाले सहमतीको प्रयास गरिएको बताएका छन् । गृहमन्त्री खाँणले प्रदेश २ मा लोकतान्त

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १४७ पटक पढिएको
  • जनकपुर चुरोट कारखाना २२ वर्षपछि फेरि सञ्चालन गर्ने तयारी

    सिरहा,पुष ६ गते – सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुनः संचालनमा ल्याइने भएको छ ।२२ वर्षदेखि बन्द कम्पनी पुनः सञ्चालनका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ । उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो । अर्थमन्त्रालय सकारात्मक भएकाले कम्पनी पनि पुनः ब्युँताउन लागिएको उहाँले बताउनुभयो । उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ । समितिले तत्काल संचा

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १५५ पटक पढिएको
  • ईलाका प्रहरी कार्यालय माथि ढुंगामुढा प्रहार

    गरुडा,पुष ६ गते – टिपरको ठक्करबाट एक जना स्थानीय नेताको मृत्यु भएको विषयलाई लिएर रौतहटको इलाका प्रहरी कार्यालय फतुवा विजयपुरमाथि ढुङ्गामुढा प्रहार गरिएको छ ।प्रहरीले दोषीलाई जोगाउन खोजेको भन्दै स्थानीयवासीहरुले विजयपुरमा रहेको कार्यालयमाथि ढुङामुढा प्रहार गरेका हुन् । आइतबार राती जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ हिमालीवासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक नेकपा एमालेका नेता खेदु चौधरीको मृत्यु भएको थियो । नेता चौधरीलाई ठक्कर दिने टिपर चालक एवम् सवारी धनीलाई कारवाही गर्नुको सट्टा इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले दोषीलाई जोगाउन खोजेको आरोप लगाउँदै पीडित परवार

    • प्रकाशित मितिः पुस ६, २०७८
    • ८४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२