रौतहट,पुष ७ गते – आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरक्षेत्रभित्र आगलागी हुँदा जलेर २ बालबालिकाको ज्यान गएको हो । । मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन्।बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा मंगलबार दिउँसो २ बजे अचानक भएको आगलागीबाट जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका ५ बर्षिय बालक रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको ईलाका प्रहरी
वीरगञ्ज,पुष ७ गते – झुठो विवरण पेश गरेर भारतीय नगरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ ।भारतको बिहार आदापुर इनरवा–४ काला सिर सिया पञ्चायतका महादेव साह सोनारका सन्तानहरुले झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएको खुलासा भएको हो । महादेव साह सोनारका छोरा शम्भु साह, दिगम्बर साह, असर्फी साह, रामनाथ साह,बच्चा साह, भन्ने (रामनरेश साह सोनार) समेतले झुठो विवरण पेशगरी पर्सा जिल्लाको साबिकको गाउं विकास समिति– ३ हाल वीरगञ्ज महानगरपालिका–२८ बाट नेपाली नागरिकता लिएका हुन् । गैरकानूनी रुपमा नागरिकता लिन सफल भएका सोनार परिवारले नेपालमा चरेश,गांजा तथा सुनको तस्करी लगायत विभिन्न किसिमका अपराधिक क्रियाकलाप
विराटनगर,पुष ७ गते – भारतको जोगवनीदेखि तस्करी गरेर ल्याइएको बाथरुममा प्रयोग हुने सामान सशस्त्र प्रहरीले बुधबार बिहान विराटनगरबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानीको टोलीले ५ लाख ७५ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले धाराका टुटीलगायत बाथरुममा प्रयोग हुने सामान बरामद गरेको हो। बरामद सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए । उनका अनुसार जोगवनीबाट अवैध रूपमा ल्याएर विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकस्थित एउटा घरनजिक थोपरेर राखिएको अवस्थामा सामान बरामद गरिएको हो । बरामद गरिएको
धनगढी,पुष ७ गते – कैलालीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ का २७ वर्षीय दिपक विक र २१ वर्षीय राजेन्द्र कामी रहेका छन् । गएराति धनगढी उप– महानगरपालका – ३ स्थित ट्राफिक चोकबाट अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले १ वटा ट्यावलेट नाइट्राभेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
सिरहा,पुष ७ गते – ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ खैरेनी बस्ने ३२ वर्षीय राकेश अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई उनकै घरभित्र कोही नभएको अवस्थामा अधिकारीले सोमबार जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका– ५ बुदेवा टोल बस्ने २० वर्षीय मो।अफजललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका– ११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफ
चितवन,पुष ७ गते – चितवनको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको हो ।रामनगरबाट ठिमुरा जाने सडक नजिक रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा चितुवा मृत देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए । चितुवा एक साताअघि नै रुखको कापमा च्यापिएको हुनसक्ने अनुमान वन कार्यालयको छ । बाघ वा अन्य कुनै चिजलाई देखेपछि भाग्न खोज्दा चितुवा रुखको कापोमा परेको र त्यहाँबाट उम्किन नसक्दा मृत्यु भएको हुनसक्ने सूचना अधिकारी खनालले बताए
विराटनगर,पुष ७ गते – मोरङको लेटाङमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–३ कमलपुरमा दुर्घटना हुँदा २७ वर्षीय जीवन लिम्बूको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार लिम्बू प्रदेश १–०२–०४४ प ६०१८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । लेटाङ–कानेपोखरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल खाल्डोमा परेर अनियन्त्रित हुँदा मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक
सिरहा,पुष ७ गते – व्यापारिक मार्गका रुपमा रहेका जटहीदेखि जनकपुर हुँदै ढल्केबरसम्मको सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।सो सडकमा अहिले झण्डै डेढ किलोमिटर मात्रै निर्माण बाँकी रहेकामा अबको केही महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सक्रियतामा सडक निर्माण द्रुतगतिमा अघि बढेको छ । डेडिकेडेट छ लेनमा सडकको निर्माण भइरहेको छ । सडकसँगै यहाँका निर्माणाधीन पुल पनि चैतसम्ममा सम्पन्न हुने बताइएको छ । जनकपुरको मुजेलियाबाट जिरो माइलसम्मको सडक मात्रै कालोपत्र बाँकी रहेको छ । झण्डै ४० किमी लम्बाईको सडक भारतीय सीमाबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्
सिरहा,पुस ६ गते । गाउँपालिकाले पूर्ण अनुदानमा वितरण गर्न ल्याएको गहुँ वितरणमा ढिलाइ गरेपछि किसानले आफैँ लगेका छन्। गत मंसिर २९ मा खरिद गरी किसानलाई वितरण गर्न प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको गहुँको बिउ किसानले लगेका हुन्। पनि ढिलाइ गरेपछि किसानले गहुँको बिउ गोदाममा प्रवेश गरेर लगेका हुन्। पटकपटक आएर घन्टाैँ लाइन लागे पनि किसानले बिउ पाएका थिएनन्। किसानहरू बिहानैदेखि लाइन बसे पनि कर्मचारीहरूले वितरण गर्न ढिलाइ गरेपछि बाध्य भएर लुटेर लगेको जनमत पार्टीका स्थानीय नेता दीपेन्द्र यादवले बताएका छन्।‘गहुँको बिउ वितरणमा लापरबाही र आनकानी गरेपछि किसान बाध्य भएर लुटेर लगेका छन
अनुभक्त चौधरीसिरहा,पुस ६ गते । निर्वाचितहरुबाटै आफूहरु असुरक्षित भएको भन्दै सिरहास्थित बरियारपट्टि गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले भोलिदेखि कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेखा कुमारी यादव र उनको श्रीमान पवन यादवले राजश्व बाँडफाँड शिर्षकको एघार लाख रकम निकासाको दवाव दिएपछि कर्मचारीहरु कार्यालय बन्द गर्ने निर्णय गरेको हो । कार्यालयका प्रमुख शम्भु प्रसाद चौधरीले कामै नगरी जबरजस्ती कानुन विपरित रकम निकासा दिन आफूलाई दवाव दिंदा रकम निकासा गर्न नमानेपछि गाली बेइज्जती गर्दै कुटपिट गर्नेसम्मको धम्की दिएपछि वाध्य भएर कार्यालय बन्द गर्ने निर्णय गरि
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.