X wada

मुख्य समाचार

    Showing २,२०१-२,२१० of २,९६८ items.
  • आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा

    सिरहा,पष १५ गते – आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १०३ पटक पढिएको
  • पूर्वसांसद तामाङ थुनामा

    काठमाडौँ, पुष १५ गते – निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पूर्वसांसद एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ । तामाङसँगै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा तामाङ र श्रेष्ठलाई थुनामा राख्नुपर्ने अदालतले ठहर गरेको हो ।तामाङ र श्रेष्ठले थुनछेक आदेशउपर चित्त नबुझाए माथिल्लो अदालतमा आदेश बदरको मागसहित निवेदन दिन भने पाउनुहुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार थुनछेक आदेशमा चित्त नबुझेमा एक तह माथिल्लो अदालतमा निवेदन दिन

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १३४ पटक पढिएको
  • सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

    बैतडी,पुष १५ गते – बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो ।भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार ४।६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ । भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ 

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १०० पटक पढिएको
  • समानता रणनितिको मस्यौदा सम्वन्धि छलफल सम्पन्न

    सिरहा,पुष १४ गते । सिरहाको लहानमा लैंगिक समानता रणनितिको मस्यौदा सम्वन्धि छलफल भएको छ । ओरेक परियोजना कार्यालय सिरहाको आयोजना र लहान नगरपालिकाको सहकार्यमा  लैंगिक समानता रणनिति सम्वन्धि मस्यौदा तयार गर्ने विषयमा छलफल गरेको छ । ओरेककी अध्यक्ष रामबती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साह रहनु भएको थियो । यस्तै बिशिष्ट अतिथि लहान नगरपालिका उपप्रमुख सरियार चौधरी र लहान नगरपालिकाको प्रशासकिय अधिकृत लगायतका उपस्थित रहेका थिए । उक्त कार्यक्रममा लहान नगरपालिकाका २४सै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्यहरुको सहभागितामा ओरेक परियोजना कार्यालय सिर

    • प्रकाशित मितिः पुस १४, २०७८
    • १५५ पटक पढिएको
  • श्रमिकलाई सात लाखको बीमा

    काठमाडौं, पुष १३ गते – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको सात लाख रुपियाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था गर्ने तयारी गरेको हो ।सो बीमा कार्यक्रम गत वर्षदेखि नै लागू गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराइए पनि एक वर्षको मात्रै भनिएकाले यो वर्ष निर्देशिकामै व्यवस्था गरेर कार्यान्वयनमा ल्याउन लागेको श्रम मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुुराज घिमिरेले जानकारी दिनुभयो । मन्त्रालयका

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १२१ पटक पढिएको
  • नेपाली सेनाद्वारा वृक्षरोपण

    सिरहा, पुष १३ गते – नेपाली सेनाले सप्तरीको रुपनी गाउँपालिका ५ स्थित चुरे क्षेत्र अन्तर्गतको दुधैला खोलामा विभिन्न प्रजातिका चार हजार बिरुवा रोपेका छन । भीमदल गणको अभ्यास इलाका रहेको सो क्षेत्रमा डिभिजन बन कार्यालय सप्तरीसँगको सहकार्यमा प्रमुख अतिथि २७ नं। बाहिनीपति सहायक रथी हेमराज केसी र सप्तरीका प्रजिअ जनार्दन गौतमले वृक्षरोपण कार्यको शुभारम्भ गरेका हुन् ।चुरे क्षेत्रको संरक्षणको लागि टेवा पु¥याउने उद्देश्यले गरिएको वृक्षरोपणमा तेजपत्ता नौ सय बोट, मगहनी– १२ सय बोट, मसला– एक हजार बोट र खयरको ९ सय बिरुवा गरी जम्मा चार हजार बिरुवा बृक्षरोपण गरिएको भिमदलगणका गणपति प्रमुख सेनानी निरज भण्डारीले बत

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १७९ पटक पढिएको
  • सिरहाका प्रहरी प्रमुखलाई जनकारबाही गर्ने धम्की

    सिरहा,पुष  १३ गते – जनमत पार्टीका प्रमुख सीके राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत  सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई  जनकारबाही गर्ने धम्की दिइएको हो ।मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ । यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्प

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १९५ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबाट पक्राउ

    काठमाडौं, पुष १३ गते –  दक्षिणकाली नगरपालिका– ५ फर्पिङबाट नियन्त्रित लागूऔषध ५ सय ८८ एम्पुल डाईजेपाम, ५ सय ८४ एम्पुल नुर्फिन र ५ सय ८५ एम्पुल फेनारगन सहित काठमाडौं कलंकी बस्ने बारा कोल्हबी नगरपालिका– ५ बधुबन घर भएका ५१ वर्षीय टेक बहादुर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रौतहट चपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३९३६ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्न क्रममा सुमोमा सवार उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ । उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १०२ पटक पढिएको
  • लागुऔषधसहित एक जना पक्राउ

    वीरगन्ज, पुष १३ गते – भारतबाट ठूलो परिणाममा लागुऔषध लिएर आउँदै गरेका एक किशोरलाइ प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका(१५ बाइपास सडकबाट मंगलबार बिहान प्रहरीले वीरगन्ज(१३ मुर्लीका १९ वर्षिय विक्रम सर्राफलाइ लागुऔषधसहित पक्रेको हो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रक्सौलबाट पैदल आउँदै गरेका सर्राफलाइ रोकेर उनीसंग रहेको झोला चेकजाँच गरेको थियो । त्यस क्रममा झोलाबाट लागुऔषध नुफ्रिन ३ सय ५० एम्पुल, डाइजीपाम ३ सय ५० एम्पुल र फेनारगन ३ सय ५० एम्पुल गरी १ हजार ५० एम्पुल लागुऔषध बरामद भएको हो । लागुऔषधसहित पक्राउ परेका सर्राफलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा र

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १४८ पटक पढिएको
  • हातहतियार सहित दुई जना पक्राउ

    सुनसरी,पुष १३ गते –  कोशी गाउँपालिका– १ लौकहीस्थित बिएस होटलबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली,  २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत अररिया पञ्चायत बासमटिया–६ बिहार बस्ने ३५ वर्षीय  विधानन्द  राम र पञ्चायत बासमटिया– २ बस्ने ३१ वर्षीय हासिम अंसारी रहेका छन् । ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त हातहतियार र उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १०० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२