काठमाडौं,पुष २१ गते — प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । एसपी पाण्डेमाथि अनुसन्धान जारी छ, उनले भने, अनुसन्धानलाई सहयोग पुर्याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो । पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ
सिरहा,पुष २१ गते – ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका रमेश उप्रेती पक्राउ परेका छन्। मंगलबार साढे ३ बजे दुबईबाट एयर अरेबियाको फ्लाइटमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ३३ किलो सुन तस्करी मुद्दाका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश लामो समयदेखि फरार थिए।मोरङको उर्लाबारी नगरपालिका–७ का उनी ३३ किलो सुन गायब भएपछि दुबई बस्दै आएका थिए। ‘३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू खोज्ने कार्य सक्रिय रूपमा थालिएको छ,’ प्रहरी स्रोतले भने, ‘३३ किलो सुन गायब भएपछि दुबई बस्दै आएक
महोत्तरी,पुष २१ गते – बैंकले समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध नगराएको भन्दै ज्येष्ठ नागरिकले गौशाला नगरपालिकाको ११ नं. वडा कार्यालयमा तालाबन्दी गरेका छन्। मंगलबार दिउँसो समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध हुनुपर्ने माग गर्दै उनीहरुले कार्यालयको मुलगेटमा तालाबन्दी गरेका हुन्। त्रैमाशिक रुपमा पाउनुपर्ने भत्ता पछिल्लोपटक ६ महिना बित्दासमेत नपाएको ७८ वर्षीय रामनारायण महतोले बताए। भत्ता नपाउँदा चिसोमा न्यानो कपडा किन्न नपाएको महतोले गुनासो गरे। आफ्नो खातामा पैसा नहुँदा बैंकबाट खाली हात फर्किनुपरेको उनले बताए। उनीहरुको पैसा खातामा राख्न प्रक्रियागत रुपमा बैंकलाई कागजात पठाएको तर बैंकल
सिरहा,पुष २१ गते – धनुषाको लक्ष्मिनियां गाउंपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ ।शाखामा कार्यरत कर्मचारी मनोहर यादवको सरुवा गरेको निहुँमा तालाबन्दी गरिएको हो । पालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष तेज कुमार यादवको नातामा पर्ने मनोहर यादवलाई सरुवा गरिएकै निहुँमा तालाबन्दी गरिएको गापा स्रोतले जनाएको छ । वडाअध्यक्ष नातेदार भएपछि मनोमानी तरिकाले पटक–पटक अनुशासनहीन काम गर्दै विवादित बन्दै आएका मनोहरलाई गापाले केही दिन अगाडि स्वास्थ्य चौकी सपहीमा सरुवा गरिएकोमा आपत्ति जनाउंदै वडाअध्यक्षकै नेतृत्वमा मंगलबार तालाबन्दी गरिएको छ । यता वडाअध्यक्ष यादवले स्वास्थ्य चौकीमा भएको आर्थिक क्रियाकलापबारे
दमौली,पुष २१ गते– तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन
काठमाडौं,पुष २१ गते – कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो ।स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो । ती जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि खोप लगाउने तयारी थियो ।बालबालिकाका लागि लगाउने ६ लाख ६४
सिरहा,पुष २१ गते – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ ।आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् ।उनीहरुले सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । आयोगले उनीहरुका लागि खर्चको सीमा निर्धारण गरेको हो । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम ९१० सँग सम्बन्धित अनुसूची–१ मा उल्ल
सिरहा,पुस२१ गते । दलित विपन्न परिवारहरुमा केही दिन यता शीतलहर सँगै बढेको चिसोको कारण सर्वसाधरणको जनजीवन कष्टकर हुन थालेपछि डिभिजन वन कार्यालय लहान, सिरहाले आगो ताप्नका लागि दाउरा वितरण शुरु गरेका छन् ।शीतलहर संगै चिसो हावा सहित जाडो बढेपछि डिभिजन वन कार्यालय लहान, सिरहाले पालिकाको मागको आधारमा दाउरा दिने कार्यको थालनी गरेको छ । हाल सम्म सिरहाका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका र बिष्णुपुर गाउँपालिकामा निःशुल्क रुपमा दाउरा उपलब्ध गराएको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताउनु भयो ।दासका अनुसार हालसम्म लहान नगरपालिकामा ३ गाडी, धनगढीमाई नगरपालिकामा ३ गा
सिरहा,पुष २० गते – आफुलाई लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै विभिन्न नक्कली कागजातहरु देखाई स्थानीय मानिसहरुसंग ठगी गर्ने एक जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौली बस्ने बिमलेश चौधरीको छोरा वर्ष ३२ का सागर कान्त चौधरीलाई धनुषा प्रहरीले गत आईतबार जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडीबाट पक्राउ गरेको हो । चौधरीको साथबाट लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना , नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक
काठमाडौँ,पुष २० गते – सत्तारुढ नेकपा ९माओवादी केन्द्र०ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही आधारमा अ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.