X wada

मुख्य समाचार

    Showing २,१०१-२,११० of २,९६८ items.
  • सुख्खा मौसममा पनि बलान नदीले खेतियोग्य जमिन काटदै

    सिरहा, पुष २३ गते –  सिरहा र सप्तरीको सीमाना रहेको बलान नदीले सुखा मौषममा पनि लाहान–२३ कडरिया तिलेबोनाका किसानहरुको खेतियोग्य जमिन काटिरहेको छ । पश्चिमतिरबाट थालेको कटान नियन्त्रण नभए यसवर्ष वर्षाको समयमा ठूलो क्षति हुने भयले स्थानीय किसानहरु चिन्तित भएका छन् ।सयौं बिघा जमिन काटेर कति स्थानीय किसानहरुलाई सुकम्बासी बनाइ दिएको बलान नदीले गरिरहेको कटान नियणत्रण गर्न नगरपालिकासँग गुहार मागेपछि नगरपालिकाको सीमित बजेटबाट क्रेटिङग गर्न नसकिने स्थानीय अशेश्वर यादवले बताउनुभयो । उहाँको अनुसार दश विस लाख बजेटले भए लहान नगरपालिका नियन्त्रण गरिदिन्थ्यो । तर क्रेटिङगको लागि करोडौं रकम लाग्ने देखिएकाले

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १५९ पटक पढिएको
  • बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    सिरहा,पुष २३ गते –  सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गएराति दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । कोसी लोकमार्ग अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०– २००– १० ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञ

    • प्रकाशित मितिः पुस २३, २०७८
    • ११० पटक पढिएको
  • सुनको मूल्यमा गिराबट

    सिरहा,पुष २३ गते – शुक्रबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार तीन सय र तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ तोकिएको छ

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १४३ पटक पढिएको
  • होटलमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ

    सिरहा, पुष २३ गते  २३ –  गते धनगढीमाई नगरपालिका– १० बस्ने ३० वर्षीय गुंजेश्वर साहले सोही नगरपालिका– ११ छप्रारीमा संचालन गरेको खुश्वु होटल एण्ड लजमा आगो लगाएको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका– १२ बस्ने २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका– २ बस्ने १९ वर्षीय धिरज कुमार यादव रहेका छन् । लेनदेनको बिषयलाई लिएर उनीहरुले उक्त होटलमा पेट्रोल छर्की आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै  उक्त घटनामा संलग्न उनीहरुला

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १४१ पटक पढिएको
  • वीरगञ्जमा भारतीय नागरिकको शव भेटियो

    वीरगञ्ज,पुष २३ गते – वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ । भारत कलकत्ता घर भई वीरगञ्ज–३ बस्ने ४८ वर्षीय मुख्तार मियाको शव फेला परेको हो । मियाले चार महिनादेखि वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका थिए । नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज–२३ इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह मियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार कुलोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले पहिचान गर्न नसकेपछि प्रहरीले घटनास्थलको निरीक्षण गरी मुचुल्का गरेर पोष्टमार्टमका ल

    • प्रकाशित मितिः पुस २३, २०७८
    • ९९ पटक पढिएको
  • बौद्धमा युवती र युवक मृत फेला

    काठमाडौं, पुष २३ गते – काठमाडौंको बौद्धमा युवक–युवतीको शव भेटिएको छ । महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका– ६ बौद्धको एक घरमा दुई जनाको शव भेटिएको हो । राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनीहरुको शव भेटिएको हो ।बिहीबार राति पौने १ बजे महानगरीय प्रहरी परिसर काठमाडौं घटनाबारे खबर प्राप्त भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला पर्नुभएको हो । धारिलो हतियार प्रयोग गरि दुवै जनाको हत्या गरिएको देखिएको एसपी मैनालीले बताउनुभयो ।म

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १२७ पटक पढिएको
  • शितलहरमा दुई सय परिवारलाई कम्बल वितरण

    सिरहा,पुष २३ गते –  लहान नगरपालिकाका ४ वटा वडाको विपन्न बस्तीमा कम्मल वितरण गरिएको छ। वडा नम्बर १२, १५, २२ र २४ का मानिक दह, बेलीजटियाही, ढोढना लगायत विपन्न बस्तीका २०० परिवारलाई कांग्रेस सिरहा क्षेत्र १ का सभापति महेश चौधरीले कम्बल वितरण गरेका हुन्। उनी हरेक महिना २२ गते पत्नीको सम्झनामा गरिब विपन्न वस्तीमा राहत वितरण गर्दै आएका छन्। सोही अभियान स्वरुप कम्बल वितरण गरेको छ।  कोरोना कहर सुरुभएदेखि नै लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई घर घरमै पुगेर चौधरी र उनको पत्नी संगिता कर्माचार्यले राहत वितरण गर्दै आएका थिए। सोही क्रममा संगिता आफैँ कोरोना संक्रमित भइन् र उपचारको क्रम

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १७७ पटक पढिएको
  • प्रदेश नं २ मा धान उत्पादन घट्यो

    सिरहा,पुष २३ गते –  प्रदेश नं। २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो ।प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३।५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८०६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश नं। २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिनुभयो । गत आव २०७७र७८ मा तीन लाख ४५ हजार ६०३ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३।६५ मेट्रिक टनका दरले १२ लाख ६२ हजार २

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १३१ पटक पढिएको
  • बाघको आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान

    नेपालगञ्ज,पुष २३ गते – बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ ।बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ । बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १०३ पटक पढिएको
  • अक्सिजन प्लान्ट सञ्चालनमा

    सिरहा,पुष  २३ गते – कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ ।प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीबारदेखि अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो । जनकपुरधाम–१४ मुजेलियामा रहेको मणिपाल मेडिकल कलेजको भवनमा संचालनमा रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट सुरु गरिएको छ । उक्त अक्सिजन प्लान्टकालागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयले सामानहरु उपलब्ध गराएको थियो । प्रतिष्ठान अन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरका अनुसार उक्त अक्सिजन प्लान्टबाट तत्काल दैनिक २५ देखि ३० सिलिण्डर सम्म

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १३९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२