X wada

मुख्य समाचार

    Showing २,०७१-२,०८० of २,९६८ items.
  • सुनको मूल्यमा गिराबट

    सिरहा,पुष २६ गते –  सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । गत शुक्रबारदेखि प्रति तोला ९१ हजार ६ सय रुपैयाँमास्थिर रहेको छापावाल सुनको मूल्य सोमबार ९१ हजार तीन सय रुपैयाँमा झरेको छ ।यस्तै सोमबारका लागि तेजावी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय २० रुपैयाँ तोकिएको छ 

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १५५ पटक पढिएको
  • चौतीस जिल्लामा एमालेको नेतृत्व चयन

    सिरहा,पुष  २६ गते –  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को यही पुस २३ गते ६३ जिल्लामा एकैसाथ सुरु भएको अधिवेशनले ३१ जिल्लामा अध्यक्षसहितको नेतृत्व चयन गरेको छ । आइतबार साँझसम्म ३४ जिल्ला र दुईवटा विशेष जिल्ला कमिटीले नयाँ नेतृत्व निर्वाचित गरेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।एमाले झापाको अध्यक्षमा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा निर्वाचित हुनुभएको छ । सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँके किस्मतबहादुर कक्षपति तथा धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित हुनुभएको सो पार्टी

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १२० पटक पढिएको
  • प्रधानमन्त्री कप टी– २० प्रतियोगिता आजदेखि, यस्ता छन् सहभागी १० टिम

    सिरहा,पुष २६ गते – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ ।यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी– २० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी– २० फर्म्याटमा खेलाइँदैछ ।त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । यसअघि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिमको लागि क्याम्पमा ३० खेलाडी बोलाएर प्रशिक्षण सुरु गरिसकेका छन् । ती खेलाडीले पनि प्रधानमन्त्री कप खेल्नेछन् र र

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १८३ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबाट पक्राउ

    मोरङ, धनपालथान गाउँपालिका– २ बरियाती टोलबाट करिब ३ किलो १ सय ५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय वसन्त पासवानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका– १६ बस्ने ३६ वर्षीय रबिन राईलाई नगद २० हजार ५ सय रुपैयाँ र सोही ठाउँ बस्ने २९ वर्षीय वचन राईलाई प्रदेश नम्बर १-०२०-०४५ प. २६९९ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।    मेचीनगर नगरपालिका– १

    • प्रकाशित मितिः पुस २६, २०७८
    • ११० पटक पढिएको
  • कटुवा पेस्तोल सहित पक्राउ

    बाँके,पुष २६ गते –  नेपालगंज उपमहानगरपालिका– २० मनिकापुरबाट १ थान कटुवा पेस्तोल सहित सोही उपमहानगरपालिका– १३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १२१ पटक पढिएको
  • सुरुङ मार्गप्रति आकर्षण बढ्दो

    काठमाडौँ, पुष  २६ गते – काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सडक विभागले ती सुरुङ मार्गको स

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १३७ पटक पढिएको
  • मल कारखानामा लगानीकर्ताको चासो

    काठमाडौँ, पुष २६ गते –  नेपालले रासायनिक मलको आफ्नै कारखाना खोल्ने निर्णय गरेसँगै लगानीकर्ताले चासो देखाउन थालेका छन् । स्वदेशी तथा विदेशी लगानीकर्ता सम्पर्कमा आएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । “सरकारले मल कारखाना खोल्न अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डमा पठाइसकेको छ, बोर्डले अध्ययन गर्दै होला । यता धेरै लगानीकर्ताले चासो देखाएका छन्,” उहाँले भन्नुभयो । मल कारखानामा लगानी गर्न जर्मनी र भारतका लगानीकर्ता सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो । सरकारले आव २०७८र७९ को बजेटमा रासायनिक मल कारखाना निर्माण गर्ने कार्यक्रम उल्लेख भएपछि यसप्रति धेरैको आकर्

    • प्रकाशित मितिः पुस २६, २०७८
    • ९४ पटक पढिएको
  • वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीमा दुर्घटना, ९ जना घाइते

    दाङ्ग,पुष २६ गते –  पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् ।वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा नौ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।बस दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १०८ पटक पढिएको
  • दश महिनादेखि पोषण भत्ता नपाए

    रौतहट,पुष २६ गते –  जिल्लाको राजदेवी नगरपालिकाका लक्षित समुदायका बाल बालिकाहरु विगत १० महिनादेखि बाल पोषण भत्ताबाट वञ्चित बनेका छन् । प्रत्येक चौमासिकमा ५ वर्ष मुनिका बाल बालिकाहरुले पाउनु पर्ने रकम विगत २ चौमासिक देखि पाउन नसकेको गुनासो गरिएको छ । नगरपालिकाको ९ वटा वडामा ४ हजार १ सय लक्षित वर्ग तथा दलित बालबालिका रहेको सामाजिक सुरक्षा फांट प्रमुख विभा यादवले जानकारी दिइन् । २०७७ साल चैत महिनादेखि राजदेवी नगरपालिकामा बाल पोषणको भत्ता वितरण हुन् नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध साहले स्वीकारेका छन् । उनले नेपाल सरकारले बैंकिंग प्रणाली मार्फत भत्ता वितरण गर्न दिएको निर्देशन अनुस

    • प्रकाशित मितिः पुस २६, २०७८
    • २०४ पटक पढिएको
  • साढे चौदह लाख सहित भारतीय नागरिक पक्राउ

    गौर,पुष २६ गते –  रौतहट जिल्लाको इशनाथ नगरपालिका–२ औरैयाको नेपाल भारत सीमानामा रहेको मनमोहन द्वार नजिकबाट सशस्त्र प्रहरीको टोलीले साढे १४ लाख नेपाली रुपैयां सहित एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहट र २ नम्बर बाहिनीबाट खटेको टोलीले भारतबाट नेपालमा अवैध रुपमा लुकाएर ल्याउंदै गरेको स्रोत नखुलेको रकम सहित उनलाई पक्राउ गरिएको हो । बी आर ०५ एजी ८०५६ नम्बरको अपाची मोटर साइकलको गाडी तथा शरीरमा लुकाएर ल्याउंदै गरेको अवस्थामा भारत बिहार पूर्वी चम्पारण जिल्लाको तेल्हारा कला– ७ का ३९ वर्षीय संजय कुमार जयसवाललाई १४ लाख ५० हजार नेपाली नोट सहि

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १७० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२