X wada

मुख्य समाचार

    Showing २,०३१-२,०४० of २,९६८ items.
  • शितलहरबाट बचाउन दलित समुदायका बालबालिकालाई स्वीटर प्रदान

    महोत्तरी,पुष २९ गते –  शितलहरले गर्दा यहाँका जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले दलित समुदायका छात्रछात्राहरुलाई न्यानोकपडा वितरण गरेको छ। विहीबार जिल्लाका औरही नगरपालिका(२स्थित जान्हवी आधारभुत चेवकट र जनता आधारभूत विद्यालय फूलवरीयाका बालविकासतर्फका दलित सुमदायका बालवालिकाहरुलाई समितिले न्यानो स्वरुप स्वीटर वितरण गरिएको हो।  जिल्लास्थित सामुदायिक विद्यालयका दलित समुदायका बालबालिकालाई चिसोबाट बचाउनका लागि विपद् व्यवस्थापन समितिमार्फत उनीहरुलाई स्वीटर वितरण गरिएको हो। संघीय सरकारमार्फत प्राप्त अनुदानअन्र्तगत जिल्लाभरिका विद्यालयमा गई छात्रछात्रालाई स्व

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २११ पटक पढिएको
  • खुट्टामा चरेश बाँधेर महिला पक्राउ

    पर्सा,पुष २९ गते –  खुट्टामा चरेश बाँधेर भारत गइरहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी छन् ।भारतको रक्सौलतर्फ पैदल गइरहेकी उनको साथबाट चरेश बरामद भएपछि वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ति महिलाको साथबाट १० किलो चरेश बरामद भएको छ ।प्रहरीका अनुसार ति महिला चरेशको प्याकेट बनाई आफ्नो ढाड र खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधेर लग्दै थिइन् । शंका लागेर चेकजाँच गर्दा चरेश भेटिएको र त्यसपछि उनलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको प्रहरीले जना

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २२१ पटक पढिएको
  • अस्पतालमा कोरोना संक्रमितको चाप बढ्यो

    काठमाडौं,पुष २९ गते –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनाएको छ। मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरलाई  रेड जोनुमा राखेको छ। ५ सय बढी सक्रिय संक्रमित रहेको जिल्लाई मन्त्रालयले रेड जोनमा राख्ने गरेको छ। देशभरि कोरोनाको कूल १६।९ संक्रमणदरमध्ये काठमाडौंमा उच्च रहेको मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ। पछिल्लो तथ्यांकअनुसार देशभरि दैनिक तीन हजार बढी संक्रमित भेटिन थालेका छन्। तीमध्ये आधाजति काठमाडौं उपत्यकाकै हुने गरेका छन्। बुधबार संक्रमित ३ हजार ७५ मध्ये १४९८ काठमाडौं उपत्यकाका रहेका थिए। यी तथ्यांक हेर

    • प्रकाशित मितिः पुस २९, २०७८
    • १९५ पटक पढिएको
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

    काठमाडौं,पुष २९ गते –  इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर बेलका नगरपालिका– ६ ठेगाना भएका ४० वर्षीय  गोबिन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको छ ।प्रतिवादी गोबिन्द मगर भएको कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारवाही गर्नेरगराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।  मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भई ईलाका प्रहरी कार्यालय

    • प्रकाशित मितिः पुस २९, २०७८
    • १५६ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबट पक्राउ

    सिरहा,पुष  २९ गते –  वीरगंज महानगरपालिका– १६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेश सहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।   गजुरी गाउँपालिका– २ मलेखुबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर तामाङ र चितवन भण्डारा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलाम

    • प्रकाशित मितिः पुस २९, २०७८
    • १४८ पटक पढिएको
  • कटुवा पेस्तोल र गोली सहित पक्राउ

    सुनसरी,पुष २९ गते –  ईनरुवा नगरपालिका– ३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित हरिनगरा गाउँपालिका(७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।ज. २ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः पुस २९, २०७८
    • १९३ पटक पढिएको
  • नि : सन्तान समस्या किन बढ्दैछ ? समाधान के हो ?

    सिरहा,पुष २९ गते – एक टेलिभिजनकी चर्चित समाचार वाचिकाको बिहे भएको ६ वर्ष भयो । सन्तानको चाहना गर्दागर्दै पनि उनको गर्भ रहन सकेको छैन । बाहिरबाट हेर्दा जीवनशैली लोभलाग्दो छ, तर जब एक्लै हुन्छिन् उनी असाध्यै दुःखी छन् । सन्तान नहुँदा पतिकै माया कम हुने हो कि रु घरमा सासू ससुराले हेला गर्ने हुन् कि भन्ने चिन्ताले सताइरहन्छ । आफन्त साथीभाइले खुसीको खबर कहिले सुनाउने हो रु भनेर हाँसो मजाक गरिरहँदा उनलाई भक्कानो फुटेर आउँछ । यो पिडाले उनको हरेक खुसीहरू ओझेलमा परेका छन् । सन्तानका प्राप्तिको भएको हरेक प्रयास खेर गइरहँदा उनी दिक्क छिन् ।  अर्को एक ग्यारेज व्यवसायी सञ्जिव ९नाम परिवर्तन० छन्,

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २५५ पटक पढिएको
  • सुत्केरी तथा गर्भवतीहरु लाभान्वित

    कलैया,पुष २९ गते – बाराको निजगढ नगरपालिकाले सञ्चालन गरेको ‘हेलो आमा’ कार्यक्रमबाट नगर क्षेत्र भित्रका सुत्केरी तथा गर्भवती आमाहरू लाभान्वित भएकी छिन् ।नगरपालिकाले घरमै पुगेर गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिको व्यवस्था मिलाए पछि उनीहरु लाभान्वित बनेका हुन् । कछडिया गाउंकी २३ वर्षीया करुणा कुँवरले स्वास्थ्यकर्मीको टोलीले घरमै आएर स्वास्थ्य परीक्षण गर्दा आफ्नो र बच्चाको स्वास्थ्य अवस्थालाई लिएर ढुक्क भएको बताइन् । दुइ साताकी सुत्केरी कविता स्वास्थ्यकर्मीले आफ्नो र बच्चाको स्वास्थ्यबारे सोधपुछ गर्ने र आवश्यक औषधि, भिटामिन घर मै ल्याइदिने गरेको भन्दै खुशी व्यक्त

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २१४ पटक पढिएको
  • पैंतालिस वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’

    काठमाडौं,पुष २९ गते –  लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ।गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। सरकारले मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका एक–एक जना सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘औषध नियन्त्रण अधिकारी’ तोक्ने निर्णय गरेको छ। यसअघि मन्त्रालयमा मुख्य औषध नियन्त्रण अधिकारीका रूपमा नीति, योजना, अनुगमन तथा मूल

    • प्रकाशित मितिः पुस २९, २०७८
    • १७६ पटक पढिएको
  • अवैध सामान बरामद

    जनकपुरधाम,पुष २९ गते – धनुषा प्रहरीले भन्सार छली गरी ल्याएको ८० हजारको अवैध सामान नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी जिरोमाईलबाट खटेको टोलीले जनकपुर उप– महानगरपालिका– ७ स्थित माछाबजारबाट भारतबाट भन्सार छली ल्याएका ४१ हजार ३ सय बराबरको ५९ थान ज्याकेट नियन्त्रणमा लिएको हो । बरमाद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ । त्यसैगरी बुधबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटि गएको प्रहरी अधिकृत सहितको टोलीले जिल्ला धनुषा जनकपुर उप– महानगरपालिका– ४ स्थित भैरव चोकबाट भारतबाट भन्सार छली ल्याएका लुगा धुने साबुन, बिस्कुट, राकेश लेखिएको मसाला, नुहाउने साबुन

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २०० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२