X wada

मुख्य समाचार

    Showing २,०११-२,०२० of २,९६८ items.
  • स्रोत नखुलेको नगद सहित पक्राउ

    रौतहट,माघ ४ गते –  बौधीमाई नगरपालिका– ७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँ सहित भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  ।नेपालतर्फ आउदै गरेको बी.आर. ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १८६ पटक पढिएको
  • नक्कली नोट बनाउने कागज सहित दुइ पक्राउ

    जलेश्वर,माघ ४ गते –  नक्कली नोट बनाउने कागजपत्र सहित महोत्तरी प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।आइतबार अबेर राती भारतबाट नेपाल तर्फ आउंदै गरेको अवस्थामा भिठ्ठामोडबाट सवारी साधन चेकजाँचको क्रममा प्रहरीले शंकास्पद कागजपत्र तथा नोटहरु सहित धनुषाको लक्ष्मिनियां गाउंपालिका–१ का २३ वर्षीय असरफ मोहम्द र जनकपुर उप–महानगरपालिका–६ का २६ वर्षीय मोजाहिद रेजालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउंदै गरेको बा।२१च ६७६१ नं।को रातो रंगको कारलाई शंकास्पद अबस्थामा चेकजाँच गर्ने क्रममा सो कारको डिक्की भित्र रहेको कालो रंगको झोलाबाट नेपाली रुपियाँ एक हजार दरको नोट र पछाडी पट्टी नेपाली १ हजारको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २१३ पटक पढिएको
  • सुनको भाउ बढ्यो

    सिरहा,माघ ३ गते – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • १५४ पटक पढिएको
  • प्रदेशका लागि चारवटा नाम र राजधानीका लागि तीन स्थान प्रस्ताव

    जनकपुर, माघ ३ गते – प्रदेश २ प्रदेशसभाको आइतबार बसेको आठौ अधिवेशनको छैठौ बैठकमा प्रदेशको नामकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले प्रतिवेदन पेस गरेको छ ।समितिका सदस्य प्रदेश सभा सदस्य परमेश्वर साहले सभामा सो प्रतिवेदन पेस गर्नुभएको हो । उहाँले प्रदेशको नामाकरण र राजधानीमा समितिले साझा नाममा टुङ्गो लगाउन नसकेको बताउनुभयो । प्रदेशको प्रस्तावित छ वटा नाममध्ये समितिको विभिन्न बैठक, छलफल र संवादबाट चारवटामा परिमार्जन गरेको जानकारी दिदै उहाँले राजधानीको लागि तीन वटा प्रस्ताव रहेको सभामा पेस गर्नुभयो ।समितिले प्रदेशको नामाकरणको लागि मधेस, जानकी, मध्य मधेस र मिथिला भोजपुरा र राजध

    • प्रकाशित मितिः माघ ३, २०७८
    • २३० पटक पढिएको
  • स्रोत नखुलेको रकम सहित पक्राउ

    महोत्तरी,माघ ३ गते –  मटिहानी नगरपालिका– ८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका– ३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम सहित फेला पारी  उनलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • १५२ पटक पढिएको
  • चुरोट पिउनु बढी खतरनाक कि प्रदूषित हावामा सास फेर्नु ?

    सिरहा,माघ ३ गते – वायु प्रदुषणले विश्वभर मानिसको आयु औसत करिब तीन वर्ष घटेको वैज्ञानिकहरूको दावी छ। फोक्सोको रोग, क्यान्सर, हृदयाघात र स्ट्रोक वायु प्रदूषणको कारण हुन्छ।  त्यसैले वायु प्रदूषणलाई अहिले नयाँ धुम्रपान पनि भनिन्छ। वैज्ञानिक टोलीका अनुसार बाहिरी वायु प्रदूषणका कारण तीन वर्ष ९२।९ वर्ष० को औसत आयु घटेको छ। यो धुम्रपान सुर्तीजन्य पदार्थको असरभन्दा पनि बढी हो। जर्नल अफ कार्डियोभास्कुलर रिसर्चमा प्रकाशित अध्ययनले मानव जीवनको औसत आयुमा १० गुणाभन्दा बढी हिंसा ९युद्ध सहित०ले प्रभाव पारेको दाबी गरेको छ। अन्वेषकहरूले धुम्रपानबाट हुनेभन्दा वायु प्रदुषणका कारण मृत्यु हुनेको संख्या बढ

    • प्रकाशित मितिः माघ ३, २०७८
    • १७१ पटक पढिएको
  • नब्बे लाख खोप मौज्दात

    काठमाडौं, माघ ३ गते – नेपालमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका अनुसार १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ तर खोप सुरु भएपछि आइतबारसम्मको तथ्याङ्कअनुसार देशभरि दुई करोड ७९ लाख ६५ हजार पाँच सय मात्रा खोप लगाइएको जनाइएको छ ।मन्त्रालयका अनुसार लक्षित नागर

    • प्रकाशित मितिः माघ ३, २०७८
    • १४४ पटक पढिएको
  • शितलहरले दलित बस्तिको जनजीवन प्रभावित

    सिरहा ३ माघ –  सिरहाको गोलबजार नगरपालिका वडा नं। १० धोवियाधारमा रहेका  ४० घरपरिवारको मुसहर बस्तिको जनजीवन जाडोले प्रभावित भएको छ । पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट करिव ५ किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको उक्त बस्तिका स्थानीयहरु जाडोले कठ्याङ्ग्रिएको छ । हुस्सु र शितलहरले तराइनै चिसिएको बेला यहाँका विपन्न मुसहरहरुको अवस्था अझै कष्टकर भइरहेको छ । चार छोरारछोरी र श्रीमति सहित छ जनाको परिवार रहेका शिवु सदाय खरले बारेको छाप्रोमा वस्छन् । मुस्किले चिसो शिरेटो छेक्ने छाप्रोभित्र उनीहरुको ओछ्यान चिसो भुईमा पराल र ओड्ने पातला कपडाले मात्र रात बिताउनु पर्ने बाध्यता छन्  । छोरा छोरीप

    • प्रकाशित मितिः माघ ३, २०७८
    • १८८ पटक पढिएको
  • गहना सहित एक जना पक्राउ

    कलैया,पुष ३ गते – ईलाका प्रहरी कार्यालय सिमरा ,बाराले लाखौँ मुल्य बराबरको भन्सार छलीको गहना सहित एक जनालाई पक्राउ गरेको छ ।बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–।१ स्थित नेपाल टेलिकम अगाडि गहना सहित एक जनालाई पक्राउ गरेको हो । गहना सहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ढाका बस्ने बर्ष २३ का सुनिल गुप्ता रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । वीरगञ्ज पथलैयातर्फ जाँदैँ गरेको ना ३३ प ८५२६ नम्बरको मोटरसाईकलको तेल ट्याङ्कीको भित्र फल्स बट्न बनाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ११ लाख ३५ हजार ९ सय ७३ रुपैया ब

    • प्रकाशित मितिः माघ ३, २०७८
    • १५८ पटक पढिएको
  • करणी गर्ने दुइ जना पक्राउ

    कलैया,माघ ३ गते –  जिल्ला प्रहरी कार्यालय बाराले एक बालिकालाई जबर्जस्तीकरणी गर्ने घट्नामा संलग्न दुइ जनालाई पक्राउ गरेको छ ।आदर्श कोतवाल गाउंपालिका–।७ कोतवाली टोल बस्ने मोतिलाल साह कानूको छोरी वर्ष ९ की रुपमाला कुमारी साहको जबर्जस्ती करणी गरी हत्या गरेको घट्नामा उनीहरु संलग्न थिए । पक्राउ पर्नेमा आदर्श कोतवाल गाउंपालिका–८ टोल कोतवाली बस्ने बर्ष २० का सन्तोष साह कानु र बर्ष ४० का शान्ति देबी रहेका छन् । कानुले बालिका बाख्रा चराउन गएको बेला तिर्खा लागेर पानी खान जाँदा जबर्जस्तीकरणी गरी हत्या गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । पक्राउ परेकी अर्का अभियुक

    • प्रकाशित मितिः माघ ३, २०७८
    • २४० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२