X wada

मुख्य समाचार

    Showing २,००१-२,०१० of २,९६८ items.
  • जिरोमाईल दुर्घटनामा एक घाईते

    सुरेश कुमार कर्ण/सिरहा,माघ ४ गते – सिरहाको धनगढीमाई नपा १० जिरोमाईलमा पिकप मोटरसाईकल एक आपसमा ठोकिदा एक जना घाईत भएको छ । घाइते हुनेमा  मोटरसाईकल चालक वरियापट्टी गपा ५ हरिपुरका  १९ बर्षको राम गणेश यादब रहेको छ । यादबको खुटामा चोट लागेको छ भने  यादबको प्रथमीक उपाचर जिरोमाईको स्थानिय क्लिनिकमा  उपचार भइरहेको छ ।प्र.२–०३–००१ च ४८४९  पिकप भ्यान उत्तर देखी दक्ष्णि तिर गईरहेको र प्रदेश २– ०१–००१ प ०१५९ दक्षिण देखी उत्तर जादैगरेको मोटरसाइकल एकआपसमा थियो । पिकप र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २६२ पटक पढिएको
  • बस पल्टिदा १७ जना घाइते

    सिरहा,माघ ४ गते – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।जिल्लाको हरिवनमा आज दिउँसो यात्रुबस पल्टिँदा १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएका छन् । पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक बस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बस राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ ।बसमा घाइते भएका १७ जनामध्ये एकजना गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाईतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाईतेहरुको संख्या था अवस्थाबारे एकिन व

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २६६ पटक पढिएको
  • विदेशबाट फर्किएका व्यक्तिलाई बन्धक बनाएको आरोपमा ३ पक्राउ

    काठमाडौं,माघ ४ गते – वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरे छन् । महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले ८ असोज २०७८ मा दुबईबाट नेपाल आएका सिरहाका ३० वर्षीय रामेश्वकर रामलाई बन्धक बनाएका थिए ।‘उनी बसेको होटलबाट लिएर गएर ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएर कुटपिट गरेर ज्यान मार्ने धम्की दिँदै झोला र मोबा

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २०६ पटक पढिएको
  • १५ औं बलिदानी दिवसको उपहार ‘मधेस प्रदेश’

    सिरहा, माघ ४ गते – प्रत्येक वर्ष माघ ५ गते लहानको रमेश महतो शहिद पार्कमा मनाउने बलिदानी दिवसको दुई दिन अघि प्रदेश २ को नामाकरण मधेस प्रदेश गरेकोमा मधेस आन्दोलनको त्रक्रममा लहानमा ज्यान उत्सर्ग गर्ने पाँच शहिद परिवारमा खुसी छाएको छ । उत्साहित भएर लहानस्थित शहिद पार्कलाई जनता समाजवादी पार्टीका नेता रङगरोङगन र सरसफाई गरेका छन् ।माघ ३ गते नै प्रदेश –२ को नामाकरण मधेस प्रदेश घोषणा हुने बित्तिकै जसपाका नेताले शहिद पार्कमा दिपावली गरेका थिए भने माघ ५ गते पार्टी अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय नेताहरुले माल्यार्पण गर्ने कार्यक्रम तय भएको जसपा लहान नगर समितिका अध्यक्ष दिनेश महतोले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २४५ पटक पढिएको
  • अवैध लागूऔषध सहित पक्राउ

    बाँके,माघ ४ गते – कोहलपुर नगरपालिका– ११ बस्ने बिरेन्द्र थारुको घरबाट ५ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका– ३ बस्ने ६४ वर्षीय रामचरण थारु, २५ वर्षीय सुरज थारु, २७ वर्षीय ध्रुव कुमार थारु र ३६ वर्षीय सुन्दर राम थारु रहेका छन् । बिरेन्द्र थारुको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ११९ पटक पढिएको
  • सुनको भाउ बढ्यो

    सिरहा,माघ ४ गते – मंगलबार नेपाली बजारमा सुन प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १८३ पटक पढिएको
  • स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमति

    काठमाडौं, माघ ४ गते – सरकार सञ्चालनका लागि गठित पाँच दलीय समन्वय समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन संविधानमा व्यवस्था भएबमोजिम वैशाखमा नै सम्पन्न हुनुपर्नेमा सहमति जुटेको छ ।मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उच्चस्तरीय समन्वय समितिका संयोजक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको उक्त बैेठकमा दलहरुबीच सो सहमति जुटेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।यससँगै आजको बैठकमा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको जीत कसरी सुनिश्चित गराउने भन्नेबारे छलफल भएको उहाँ बताउनुहुन

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १८३ पटक पढिएको
  • तेस्रो लिङ्गी भन्छन् – हामी पनि महिला पुरुष सरह हौं

    विर्तामोड,माघ ४ गते – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय तेस्रोलिङ्गीका अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनकरूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारको ध्यानकर्षण गराएका छन् ।बिर्तामोडमा सोमबार संवाद समूहले संयोजन गरेको छलफलमा सहभागी उनीहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका समस्या सम्बोधनमा तीनै तहका सरकार र राजनीतिक दल उदासिन भएको गुनासो गरेका हुन् । अधिकारकर्मी नुमा लिम्बू चञ्चलाले आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको बताउनुभयो । उहाँले महिला, पुरुषसरह तेस्रोलिङ्गीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै हरेक क्षेत्रमा आरक्षणको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २३९ पटक पढिएको
  • बसबाट खसेर एक यात्रुको मृत्यु

    उदयपुर,माघ ४ गते –  उदयपुरको उदयपुरगढी गाउँपालिका( ५ मा मंगलबार बिहान गुडिरहेको बसबाट खस्दा एक यात्रुको मृत्यु भएको छ।वर्रेबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना.३ ख।७९४४ नम्बरको बसबाट अकास्मात झर्दा वडा– ५ भोगटेनीका ५० वर्षीय कृष्ण राईको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार स्थानीय चौकमा गाडी रोक्नेक्रममा अकस्मात बसबाट झर्दा पछाडिको टायरले किचेर राईको मृत्यु भएको हो। घटनालगत्तै प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरीको टोलीले चालक र बसलाई नियन्त्रणमा लिएको उनले बताए।घटनाको थप अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले जानकारी दिए।स्थानीय ढकबहादुर राउतका अनुसार र

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १६३ पटक पढिएको
  • मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

    जनकपुर, माघ ४ गते – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताउनुभयो ।“मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो”, अध्यक्ष यादवले भन्नुभयो, “त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।” मधेश प्रदेशको घोषणाले पहिचानको प्

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १७१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२