X wada

मुख्य समाचार

    Showing १,९९१-२,००० of २,९६८ items.
  • कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश

    सिरहा, माघ ५ गते । धनगढीमाई नगरपालिका वडा नं. ५ मोथियाहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र एमाले परित्याग गरी दर्जनौ नेता कार्यकर्ता पुनः माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस अघि नेपाली कांग्रेसबाटै धनगढीमाई नगरपालिका वडा नं. २ स्थित भवानीपुरका नेपाली कांग्रेसबाट निर्वाचित पूर्व गा.वि.स.अध्यक्ष गहुमलाल चौधरीको नेतृत्वमा सयौं नेता कार्यकर्ता प्रवेश भएका थिए । नेकपा माओवादी केन्द्र धनगढीमाई नगरपालिका ५ नं. वडा कमिटीद्वारा आयोजित कार्यक्रममा नव प्रवेशीहरुलाई फुलमाला र अबिर लगाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगरप्रम्ुख हरिनारायण चौधरीले स

    • प्रकाशित मितिः माघ ५, २०७८
    • ९५० पटक पढिएको
  • रुघाखोकीका बिरामी बढ्दै

    महोत्तरी, माघ ५ गते –  घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।सत्तरी वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृतकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो । “बिरामी भएपछि पीसीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मृतक र अन्य मृतकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै कोरोनाकै कारण भन्ने मानियो”, सो बस्तीका सा

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २४७ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छूट्टै पक्राउ

    सिरहा,माघ ५ गते – कञ्चनपुर, बेलौरी नगरपालिका– ६ बुटाबारीबाट करिब ७ ग्राम ५८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित  कैलाली धनगढी उपमहानगरपालिका– २ बस्ने ३३ वर्षीय  राजेश स्वारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । से.५ प ८७४८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । सितगंगा नगरपालिका– ८ सातमाराबाट करिब १ किलो ४ सय ३० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिक

    • प्रकाशित मितिः माघ ५, २०७८
    • १११ पटक पढिएको
  • लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

    सिरहा,माघ ५ गते – धनुषाको बटेश्वर गाउँपालिका– ४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपालिका– ७ गोराना बस्ने अमित कुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका– ४ बस्ने २७ वर्षीय जिवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कम्लेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेश रवि दास रहेका छन् । जिवन लगायत ४र५ जना व्यक्तिहरुले भारतबाट काम गरी घरतर्फ जाँदै गरेका अमित कुमारको साथबाट उक्त धनमाल लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वरबाट खटिएको

    • प्रकाशित मितिः माघ ५, २०७८
    • १७५ पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङगा प्रहार गर्ने पक्राउ

    पर्सा,माघ ५ गते –  वीरगञ्ज महानगरपालिका– १३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा  सोही महानगरपालिका– १ ठेगाना भएका २६ वर्षीय सुमन पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका– ८ घण्टाघरबाट प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्ने क्रममा र्‍यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेर क्षति भएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई तत्काल पक्राउ गरी

    • प्रकाशित मितिः माघ ५, २०७८
    • १६७ पटक पढिएको
  • आज ९९ जना उड्दै, दोस्रो चरणमा १६२ जना लगिने

    काठमाडौं, माघ ५ गते – रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बुधबार राति ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने जानकारी दिनुभयो ।उहाँले यो पहिलो उडान रहेको बताउनुभयो । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने उहाँले जानकारी दिनुभयो । ‘पहिलो पटक १२५ जना नेपाली कामदारको उडानको तयारी गरेका थियौं ।,’ उहाँले भन्नुभयो, ‘तर २६ जना कामदारमा कोरोना पोजेटिभ देखिएका कारण सङ्ख्या घट्यो ।  अहिले १२५ मध्ये ९९ जना आज राति ११ बजे इजरायल उड्नुहुन्छ ।’ यसैगरी दोस्रो चरणमा

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २०१ पटक पढिएको
  • पत्रकारहरुद्वारा मास्क वितरण

    मलंगवा,माघ ५ गते – कोरोनाको तेस्रो लहर पनि सूरु भइसकेको छ । प्रत्येक दिन कोरोनाका संक्रमितहरु थपिने क्रम बढेको छ। तर पनि सरोकारवाला निकायहरुको ध्यानाकर्षण हुन सकेको छैन । उनीहरु अहिले पनि कानमा तेल हालेर सुतिरहेको देखिएका छन् । सरोकारवालाहरुले जनतालाई वेवास्ता गरेपनि सर्लाहीका पत्रकार हरुले भने उनीहरूलाई चुनौती दिँदै आम सर्वसाधारण नागरिकहरुको समस्यालाई आफ्नै समस्या झैं उनीहरूलाई केही थोरै भएपनि राहत महसुस गराउन विभिन्न राहत सामाग्रीहरु वितरण गर्न सुरु गरेको छ।यसै क्रममा रिपोर्टस क्लब नेपाल सर्लाही शाखा र जिल्लाको सदरमुकाम मलंगवाबाट प्रकाशित हुने राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाले मलंगवा नगरपा

    • प्रकाशित मितिः माघ ५, २०७८
    • १७३ पटक पढिएको
  • विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न सकिने

    काठमाडौं माघ ५ गते –  विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको गत २० पुसको ८९२ औँ बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्यु

    • प्रकाशित मितिः माघ ५, २०७८
    • १६५ पटक पढिएको
  • एरोथाईको टोली माघ १० गते आउने, व्यबसायिक उडानको अन्तिम तयारी

    काठमाडौं,माघ ५ गते – राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक परीक्षण ९क्वालिब्रेसन फ्लाइट० का लागि एरोनटिकल रेडियो अफ थाइल्याण्ड ९एरोथाई०को टोली माघ १० गते नेपाल आउने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार एरोथाईको टोली क्क्यालिब्रेसन फ्लाइटको स्थलगत अध्ययनका लागि माघ १० गते नेपाल आउने बताउनुभएको छ । टोलीले अर्र्को दिनबाट नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा अध्ययन गर्ने उहाँले बताउनुभयो । टोलीको अध्यनका आधारमा क्यालीब्रेसन फ्लाइट गरीने ठाकुरले बताउनुभयो ।टोलीको अध्यननले अनुमति दिए माघ २७ गते क्यालीब्रेसन फ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २१० पटक पढिएको
  • खेसरीलालले भने– दोषी आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ

    विराटनगर,माघ ५ गते – तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले बताएका छन् ।यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्कोरपियो गाडीमा आगजनी गरे । घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै उनले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।पत्रकारहरुसँग कुरा गर्दै यादवले तोडफोड र आगजनीबाट आफ्नो डेढ करोडको क्षति भएको दाबी गरेका छन् । गाड

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २७२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२