X wada

मुख्य समाचार

    Showing १,९५१-१,९६० of २,९६८ items.
  • जन्मदर कम हुँदा २० वर्षमा जनसङ्ख्या वृद्धिदर १.३२ प्रतशितले घट्यो

    सिरहा, माघ १२ गते – केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको संक्षिप्त तथ्याङ्क सार्वजनिक गरेको छ। विभागले जनसङ्ख्या वृद्धिको अनुमान भन्दा करिब १२ लाख बढीले जनसङ्ख्यामा कमी आएको तथ्याङ्क छ। विभागले २०६८ पछि ३८ लाख ८३ हजार ५५३ ले वृद्धि भएर तीन करोड तीन लाख ७८ हजार ५५ जनसङ्ख्या पुग्ने अनुमान गरेको थियो। तर, सार्वजनिक गरिएको तथ्याङ्कमा २६ लाख ९७ हजार ९७६ ले मात्र जनसङ्ख्या वृद्धि भएर हाल नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। सबैभन्दा धेरै जनसङ्ख्या मधेस प्रदेशमा २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५।८१ रहेको छ। बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरेर केन्द्रीय त

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १६३ पटक पढिएको
  • चार लाख ८४ हजार नगदसहित १२ जुवाडे पक्राउ

    सर्लाही, माघ १२ गते – जुवाको खालबाट सर्लाही प्रहरीले नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । मङ्गलबार राती १२ बजे बागमती नगरपालिका– ३, धरहरास्थित ढलक भन्ने सञ्चर घिसिङको घरभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार लाख ८४ हजार ५० रुपियाँ नगदसहित पक्राउ गरेको हो । जुवाको खालबाट पक्राउ पर्नेहरुमा बागमती नगरपालिका– ३, का ३९ वर्षीय गौरीशङ्कर साह, घरधनी ३४ वर्षीय सञ्चर घिसिङ, ३४ वर्षकै जितबहादुर बम्जन, बसबरिया गाउँपालिका– ५, का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन् ।यस्तै, हरिवन नगरपालिका– १०, का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी, ५७ वर्षीय अर्जुन

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १७८ पटक पढिएको
  • चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

    कञ्चनपुर,माघ १२ गते – चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका(२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ ।चितुवामाथि निगरानी राख्नका लागि दुईवटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । ‘चितुवाको बासस्थान र प्रजाती पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेका छौं’, उनले भने, ‘चितुवा कुन ठाउँबाट बस्ती पस्छ, त्यस बारेमासमेत जानकारी हुन्छ, चितुवाको प्रजाति पत्ता लागेपछि विशेषज्ञ बोलाएर नियन्त्रण गर्न सहज हुन्छ ।’ निकुञ्ज कार्यालयबाट अरू क्यामेरासमेत ल्याएर च

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १४० पटक पढिएको
  • स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ, माघ १२ गते –  प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र देशको आर्थिक विकास हुने बताउनुभयो । निजी क्षेत्रबीच सहकार्य गरेर नै देशको विकास गर्नुपर्छ भन्ने मान्यतासाथ सरकारले नीति निर्माण गर्ने गरेको र मल उद्योगका सन्दर्भमा पनि सरकारले प्राथमिकता दिने उहाँ

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १६४ पटक पढिएको
  • मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

    पार्सा,माघ १२ गते – मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका(७ घर भई हाल चितवन भरतपुर महानगरपालिका(१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैतडी घर भएकी १४ वर्षीया बालिका माघ ७ गतेदेखि घरबाट सम्पर्कबिहीन भएको घटनाको अनुसन्धान एवम् खोजतलास गर्ने क्रममा पर्सा वीरगंज महानगरपालिका(१६ स्थित शंकराचार्य गेट हुँदै भारततर्फ लैजान लागेको अवस्थामा बालिकालाई फेला पारी माइती नेपाल संस्थाको समन्वयमा प्रहरीले उद्धार गरेको थियो । साथै ती बालिकाको साथमा रहेका अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकारीले बालिकासँग १ महिना अघ

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १२९ पटक पढिएको
  • सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

    सप्तरी,माघ १२ गते –  सप्तकोसी नगरपालिका(४ बलारदहमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।मंगलबार बिहान पौने ८ बजे फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स१०प ४६३५ नम्बरको मोटरलाइकल ठोक्किँदा मोटरसाइकल चालक सप्तकोसी नगरपालिका– १० का २८ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो । ट्रक र मोटरसाइकललाघ नियन्त्रणमा दिई यसबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १५० पटक पढिएको
  • मेयर सवार गाडीमा जनमतको आक्रमण, मेयर र उपमेयरलाई चोट

    सिरहा,माघ १२ गते – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडीमा आक्रमण गरी क्षती पुर्‍याएका छन्। आक्रमणबाट गाडीको सिसा फुटेको छ भने मेयर गणेश प्रसाईंको कन्चटमा चोट लागेको छ। गाडीमा सवार उपमेयर रेनुका पौडेल जोगिएकी छिन्।जनकपुरधाममा जारी राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न आएका उनीहरु सवार गाडीमा राउतका कार्यकर्ताहरुले जनकपुरधाम–४ मा आक्रमण गरेको प्रहरीले जनाएको छ। फट्टा र ढुंगाले गाडीमा प्रहार गरेको जनाइएको छ।जनकपुरधाममा जारी राष्ट्रिय सभा निर्वाचन बिथोल्न सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनलाई उग्र बनाएका छन्। प्रदर

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ३२० पटक पढिएको
  • कुन– कुन गाउँ– नगरमा सबैभन्दा धेरै र थोरै छ जनसंख्या :

    काठमाडौं,माघ १२ गते –  राष्ट्रिय जनगणना २०७८ले बाँकेको बैजनाथपुर गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङको नार्पा भूमी, मुस्ताङ्गको लो(घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङ्सियाङ र नासोँ गाउँपालिका छन् । सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ३२३ पटक पढिएको
  • सुनको मूल्य बढ्यो : चाँदीको स्थिर

    सिरहा,माघ १२ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० कायम भएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु एक हजार ३०० कायम भएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आ

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १४७ पटक पढिएको
  • राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज

    सिरहा,माघ १२ गते – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो ।प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उहाँले बताउनुभयो ।विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १५२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२