X wada

मुख्य समाचार

    Showing १,९४१-१,९५० of २,९६८ items.
  • राजश्व छलेर भित्र्याइएका १ करोड ६३ लाख मूल्यका सामान ट्रकसहित नियन्त्रणमा

    सिरहा,माघ १३ गते – राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना. ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो  ।सो क्रममा प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालकसहित  ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २११ पटक पढिएको
  • पिकप र विङ्गर ठोकिदा ६ जना घाइते, एकको अवस्था गम्भिर

    सिरहा, माघ १३ गते – पूर्वपश्चिम राजमार्गको सिरहाको नगरहा गापा ३ चोहर्वामा विङ्गर र बोलेर पिकप एक आफसमा ठोकिंदा ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भिर रहको छ । पश्चिमकाबाट पूर्वतर्फ आईरहेको स. १ च १७३८ नम्वरको बोलेरो पिकप र पूर्वबाट पश्चिमतर्फ गईरहेको नम्वर नलेखिएको नयाँ विङ्गर एक आपसमा ठोकिंदा ६ जना घाईते भएका हुन् । घाइतेमध्येय धनुषाको सवैला नगरपालिका टोकीका ३५ वर्षिय रामसोभित धामी गम्भिर घाइते भएको छ । उनलाई स्थानीय स्वास्थ्यसंस्थामा उपचार नहुन सकेपछि थप उपचारको लागि विराटनगर लगिएको छ । घाइतेमध्ये नरहा गापा ३ का मोहम्मद जमाल, औरही गापा २ तुलसीपुरका १४ वर्षिय राधिका यादव र ३५ वर्षिय सरिता

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ३३५ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा छुट्टा छुट्टै स्थानबाट पक्राउ

    झापा,माघ १३ गते –  ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका– २ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका– २ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फतुवा विजयपुर नगरपालिका– ३ मेवा बस्ने ३० वर्षीय चन्दन साह कानुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कानुले ती महिलालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने ख

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १४० पटक पढिएको
  • बुबाको हत्या गरेको अभियोगमा पक्राउ

    मोरङ,माघ १३ गते – आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका– ९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै(झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १०१ पटक पढिएको
  • सुनको मूल्यमा गिराबट

    सिरहा,माघ १३ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ९०० थियो ।त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्र

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २१० पटक पढिएको
  • मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन

    सप्तरी,माघ १३ गते –  । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र पठाइएको छ ।मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् । यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्रीको अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रकृया अगाडि

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १७५ पटक पढिएको
  • बस दुर्घटनामा घाईते आठ जनालाई घाईते

    बैतडी, माघ १३ गते । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको पवनदूत यातायातको बस पटन–पञ्चेश्वर सडक खण्डको रौतगउँमा दुर्घटना हुँदा घाईते भएका आठ जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाईएको छ ।बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका वडा–२, को रौतगाउँ नजिकै बिहीबार बिहान ना. ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका– ६, का ४८ वर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ वर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ वर्षीय रामसिंह साउद, मेलौली–२, का २१ वर्षीय मनिष चन्द, कञ्चनपुरको दैजीका २१ वर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ११२ पटक पढिएको
  • यातायात कार्यालयद्वारा २९ करोड राजस्व सङ्कलन

    सिरहा,माघ १३ गते – यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८र७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ् कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ । यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन द

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १६७ पटक पढिएको
  • भारतीय नम्बरको गाडीको ठक्करबाट २ जनाको मृत्यु

    वीरगञ्ज,माघ १३ गते – बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।कलैया(वीरगञ्ज सडक खण्डको कलैया– ५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना. ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो ।नारायणी अ

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १३१ पटक पढिएको
  • डाक्टरको गाडीमा पनि तोडफोड, डाक्टर घाईते

    सिरहा,माघ १२ गते – जनमत पार्टीका कार्यकर्ताहरुले डाक्टरको गाडीमा पनि तोडफोड गरेका छन् ।जलेश्वर अस्पतालका निमित्त प्रमुख डा। सतिश साहको गाडी आन्दोलनकारीले पीडारी चोकमा तोडफोड गरेका हुन् । आन्दोलनकारीले लाठी प्रहार गर्दा डाक्टर साहको टाउँको र मुखमा गम्भीर चोट लागेको छ । उनको मुखमा ८ वटा टाँका लागेको बुझिएको छ ।मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा तोडफोड गरिएको छ । अहिले अहिले पनि जनमतका कार्यकर्ताहरुले आन्दोलन जारी राखेका छन् 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • २२१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२