X wada

मुख्य समाचार

    Showing १,९३१-१,९४० of २,९६८ items.
  • निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालन

    सिरहा, माघ १४ गते –  धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामी सहजरुपमा उपचार पाउन थालेका छन् । युएनडिपी र नगरपालिकाको सहयोगमा सिआईसी जनकपुरले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेका हुन् । २०७७ मङ्सिर महिनाबाट सञ्चालनमा आएको सो सर्पदंश उपचार केन्द्र झण्डै दुई करोड रुपियाँको लागतमा निर्माण भएको छ । युएनडिपीको एक करोड १९ लाख रुपियाँ सहयोग र नगरपालिकाको ९६ लाख रुपियाँको लगानीमा २० शैय्याको अस्पताल निर्माण गरिएको सिआईसी जनकपुरका अध्यक्ष सञ्जय साहले बताउनुभयो । यस्तै नियमितरुपमा अस्पताल सञ्चालनका लागि क्षीरेश्वर

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १९२ पटक पढिएको
  • बीरगञ्जबाट तेस्रो मुलुकमा हुने निर्यातमा १८६ प्रतिशतले वृद्धि

    वीरगञ्ज, माघ १४ गते– देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ।आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो। त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात् ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १७४ पटक पढिएको
  • सामूहिक बलात्कारमा संलग्न आरोपमा तीनजना पक्राउ

    मोरङ्ग,माघ १४ गते – सुन्दरहरैचा नगरपालिका– ४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिलालाई बलात्कार गरेको घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उक्त होटलका सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका– ३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । गत शुक्रबार ती महिलालाई ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्‍याइदिन्छु भनी गाडीमा चढाएर उक्त होटलमा लगी बलात्कार गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल सं

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ११२ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबट पक्राउ

    कञ्चनपुर,माघ १४ गते –  दोधारा चाँदनी नगरपालिका– ७ डम्बर चौराह नजिक सडकबाट ४ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बस्ने २४ वर्षीय बिबेक रानामगर, २० वर्षीय रोक्की भन्ने राहुन रानामगर र सोही नगरपालिका– ६ शान्ति टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् । दोधारा चाँदनी नगरपालिका– ७ डम्बर चौराह बस्ने प्रेम बहादुर बडुवालको म।२ प ५०८१ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले उनीहरुलाई सडकमा बसिरहेको अवस्थामा फेला

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १४५ पटक पढिएको
  • सुनको मुल्यमा गिराबट

    सिरहा,माघ १४ गते –  सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १५८ पटक पढिएको
  • रेल्वे कार्यालयमा तालाबन्दी

    सिरहा,माघ १४ गते –  नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरंजन झाले मनोमानी तरिकाले पुराना तालिमप्राप्त कर्मचारीहरुसंग अन्याय गरेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाम स्थित कार्यालयमा तालाबन्दी गरेको छ ।करिब दुई सातदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र ,तालिम स्थलमा विरोध प्रदर्शनको कार्यक्रम गर्दै आएका पुराना कर्मचारीहरुले विहीबारदेखि दोश्रो चरणको आन्दोलन सुरु गरेका छन् । समिति आवद्ध दिलिप साहले विगत १५ दिन देखि धर्ना प्रदर्शन गर्दै आए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारीले जिएम

    • प्रकाशित मितिः माघ १४, २०७८
    • २१८ पटक पढिएको
  • लमजुङ्गमा भूकम्पको धक्का महसुस

    लमजुङ्ग,माघ १४ गते –  लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०:३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए। भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्। जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो। त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • २२२ पटक पढिएको
  • ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते

    सिरहा,माघ १४ गते –  सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ ।भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किएको थियो । प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ 

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १३० पटक पढिएको
  • किर्ते गरी लाखौं ठगी गर्ने युवक पक्राउ

    सिरहा,माघ १४ गते –  सरकारी कार्यालय किर्ते कागजात तयार पारी लाखौंको ठगी गरेका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।धनौजी गाउँपालिका–१का सतार मियाँको २५ वर्षीय छोरा शहादत राईनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राइनले सोही ठाउँका १९ वर्षीय बब्लु पासमान , २० वर्षीय पारस कुमार पासवान र दिपेश कुमार पासमानको नाउँको सडक डिभिजन कार्यालयको सुपरभाईजर पदको नियुक्ती पत्र,मासिक तलब र सो पद सम्बन्धी उम्मेदवारको समझौता पत्र सडक डिभिजन जनकपुर प्रदेश–२ को लेटर प्याड तयार गरी सो प्याडमा सरकारी दस्तखत छाप किर्ते गरी तीनै जना संग २ लाखको दरले रकम ठगी गरेको प्रहरीको अनुसन्धानमा ख

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १५४ पटक पढिएको
  • छोराले आफ्नै बुबाको हत्या गरे

    विराटनगर,माघ १३ गते –  प्रहरीले आफ्नै बुबाको हत्या अभियोगमा छोरालाई पक्राउ गरेको छ । बेलबारी नपरगालिका – ९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले ८० वर्षीय बुबा दल बहादुरको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयलाई लिएर विवाद हुँदा आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीले बुबाको हत्या गर्ने छोरा जय बहादुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १५० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२