काठमाडौं,माघ २४ गते – नेपाली कांग्रेसको प्रवक्तामा डा। प्रकाशशरण महतलाई नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्तामा नियुक्त गरेको कांग्रेसका मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।कांग्रेसमा १३ औं महाधिवेशनपछि विश्वप्रकाश शर्मा प्रवक्ताको जिम्मेवारीमा थिए। १४ औं महाधिवेशनबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएपछि महतलाई उक्त जिम्मेवारी दिइएको हो। प्रवक्तामा केन्द्रीय सदस्य महत, रमेश लेखक र एनपी साउदको चर्चा थियो । देउवा निकट रहेका महतले महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिएका थिए।
महोत्तरी, माघ २४ गते – कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ । आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा, पिपरा र महोत्तरी ग
सिन्धुपाल्चोक,माघ २४ गते – बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए
सिरहा,माघ २४ गते । सिरहामा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले आफूलाई प्रहरी निरीक्षक बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङलाई पक्राउ गरिएको जिप्रका सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिए । पक्राउ परेका गुरुंगको साथबाट प्रहरीले लागुऔषध समेत बरामद गरेको छ ।गुरुंगलाई शुक्रबार सिरहा नगरपालिका– ७मा रहेको युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भनी धम्की दिँदै गर्दा पक्राउ गरिएको थियो भने आइतबार उनलाई पत्रकार सम्मेलन
बुटवल,माघ २४ गते – बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। बुटवल–१२ तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि रोकेर राखेको लु.२ख ९७७२ नम्बरको ट्रकमा लु.३च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कारमा पाँच जना सवार थिए। दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन्। दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन्। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा
सिरहा,माघ २४ गते – फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। 'रोज डेु' भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाब दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिन्छन्। 'रोज डेु' मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ। पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाबलाई प्रेमको प्रतीक मानिएको छ। भ्यालेन्टाइन सप्ताहको सुरुवात गुलाफ दिएर हुन्छ। भिक्टोरियन र रोमीहरूले पनि गुलाबले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास गरिन्छ।&
सिरहा,माघ २४ गते – धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवमाथि आइतबार स्थानीय युवाहरूको एक समूहले हातपात गरेका छन् ।प्रदेश २–०२१–झ ००६७८ नम्बरको गाडीमा सवार भएर शहीदनगर नगरपालिकाको कार्यालय तर्फ जाँदै गर्दा स्थानीय केही युवाको एक समूहले प्रमुख प्रशासकीय अधिकृत यादवमाथि हातपात गरेका हुन् । नगरपालिकाको विभिन्न योजनाहरूमा भएको भ्रष्टाचारमा प्रशासकीय अधिकृतको समेत संलग्नता रहेको भन्दै आक्रोशित युवाहरूले यदुकूहा चोकमा उनी सवार गाडीलाई घेरेर हातपात गरेका थिए ।अधिकृत यादव सवार गाडीलाई घेरेर स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी आए लगतै हात
काठमाडौं,माघ २३ गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब इमिरेट्स ९यूएई०को भ्रमणमा जाने भएका छन् । यूएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता मन्त्री श्रेष्ठ यूएई जाने तय भएको उनको सचिवालयले जनाएको छ ।भ्रमणका क्रममा वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल हुनेछ । भ्रमणअघि मन्त्री श्रेष्ठले नेपालका लागि यूएईका राजदून साइद हमदान अल नाकीलाई आइतबार मन्त्रालयमा बोलाएर छलफल गरेका छन्। नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्
पोखरा,माघ २३ गते – एमालेको भातृ संगठन युवा संघले आइतबार मध्यान्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अघि कालो बेलुन उडाएको छ । त्यसक्रममा ३ जना पक्राउ परेका छन् । फोटो पत्रकार सञ्जय शाक्य, हरि अधिकारी र छिरिङ फोन्चुक ठकुरी पक्राउ परेका हुन् । संघको केन्द्रीय सर्कुलरअनुसार कालो बेलुन उडाइएको संघका केन्द्रीय सचिवसमेत रहेको गण्डकी अध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए । युवा संघ गण्डकी, कास्की र केन्द्रका प्रतिनिधिहरुले कालो बेलुन उडाएका थिए । कालो बेलुन उडाएर उनीहरु प्रहरीबाट उम्कन सफल भएपनि फोटो पत्रकार शाक्यसहित ३ जना भने पक्राउ परेका हुन् । कालो बेलुन उडाउँदै युवाहरुले मूल्
सिरहा, माघ २३ गते – सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला ९२ हजार पाँच सय पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार कायम भएको छ । गत शुक्रबार पनि उक्त सुन प्रतितोला ९२ हजार थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि अधिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०७ डलर आसपास कारोबार भइरहेको छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.